×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

रोड्रीले जिते बालोन डी’ओर, रियल म्याड्रिडले ग¥यो बहिष्कार

१३ कार्तिक २०८१

१३ कार्तिक , एजेन्सी ।

स्पेनिस मिडफिल्डर रोड्रीले विश्व फुटबलको सबैभन्दा ठूलो मानिने अवार्ड बालोन डी’ओर जितेका छन् । फ्रान्सको पेरिसमा रहेको थिएटर डु शाटेलेटमा भएको भब्य समारोहमा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले यो वर्षको पुरुष ब्यालोन डी’ओर अवार्ड जितेका हुन् ।

Advertisement

म्यानचेस्टर सिटीलाई चौथोपल्ट प्रिमियर लिग जिताउन सहयोग गरेका २८ वर्षीय रोड्रीले पहिलो पटक यो अवार्ड जितेका हुन् । रोड्री सन् २०१९ यता इङ्ग्लिस क्लब सिटीमा अनुबन्ध छन् । रोड्रीले स्पेनलाई युरोकप २०२४ जिताउन पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

गत महिना चोट लागेपछि रोड्री मैदान बाहिर छन् । अवार्ड पाएपछि रोड्रीले भने, ‘मेरो लागि अविश्वसनीय रात,’ ‘म सधैँ हरेक खेलमा सुधार गर्ने प्रयास गर्छु।’ रोड्री म्यानचेस्टर सिटीको इतिहासमा बालोन डी’अर जित्ने पहिलो खेलाडी समेत बनेका छन् ।

“यो मेरो लागि, मेरो परिवार र मेरो देशको लागि विशेष दिन हो,” बालन डी’अर समारोहमा विजेता रोड्रीले भनेका छन् । गत महिना एसीएलमा चोट लागेपछि उनले यो सिजन खेल्न आएका छैन। अवार्ड समारोहमा उनी बैसाखी टेकेर पुगेका थिए ।

२८ वर्षीय रोड्री गएको जुलाईमा युरो २०२४ को उपाधि स्पेनले जित्दा टिमका महत्त्वपूर्ण सदस्य थिए । उनले गत वर्ष सिटीबाट प्रिमियर लिग, यूईएफए सुपर कप र क्लब विश्वकपको समेत उपाधि जितेका थिए ।

यता स्पेनिस क्लब रियल मड्रिडले भने अवार्ड कार्यक्रम बहिस्कार गरेको थियो । रियललाई स्पेनीस ला लिगा र युरोपेली च्याम्पियन्स लिग जिताएका भिनिसियस जुनियरलाई अवार्डको प्रमुख दाबेदार मानिएको थियो ।

आफ्नो खेलाडीले उक्त अवार्ड नजित्ने थाहा पाएसँगै रियलले पेरिसमा आयोजित कार्यक्रम केही घण्टा अगाडि बहिष्कार गरेको थियो । भिनिसियस दोस्रो हुँदा आक्रामक मिडफिल्डर जुड बेलिङ्घम तेस्रो र डानी कार्भाजल चौथो स्थानमा रहे ।

यसैबीच महिलातर्फको अवार्ड बार्सिलोनाकी एइताना बोनमतीले जितेकी छिन् । २५ वर्षीया एइतानाले स्पेन र बार्सिलोनाका लागि उत्कृष्ट प्रदर्शन गर्दै यो पुरस्कार जितेकी हुन् । यस्तै स्पेनका लागि महिला विश्वकप–२०२३ जिताउन योगदान गरेकी थिइन ।

फ्रान्सको फुटबल फेडेरेसनले हरेक वर्ष दिने यो अवार्ड सन् २००८ देखि पहिलो पटक लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोबाहेक तेस्रो खेलाडीले पाएका हुन् । यसअघि सन् २०१८ मा लुका मोड्रीच र सन् २०२२ मा करिम बेन्जमाले पाएका थिए ।

यस वर्ष भने मेस्सी र रोनाल्डो दुवै मनोनयनमा परेनन् । गएको वर्ष यो अवार्ड मेसीले जितेका थिए । यस्तै बार्सिलोनाबाट खेल्ने स्पेनिस युवा खेलाडी लामिन यमलले यस वर्षको उत्कृष्ट युवा खेलाडी ’कोपा ट्रफी’ जितेका छन् ।

फ्रान्स फुटबल फेडेरेसनले हरेक वर्ष दिने यो अवार्ड यस वर्ष यमललाई दिइएको छ । युरोकपमा स्पेनलाई विजेता बनाउन खेलेको भूमिका र बार्सिलोनामा उनले गरेको प्रदर्शनका लागि यो अवार्ड दिइएको हो ।

१७ वर्षीय यमलले बार्सिलोनाकै सहकर्मी गाभी र पेड्रीको पदचिन्हलाई पछ्याउँदै यो अवार्ड जितेका छन् । अघिल्लो वर्ष यो अवार्ड इङ्ल्याण्डका जुडे बेलिङघमले जितेका थिए । यमलले टर्कीका आर्दा गुलेरलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।

यस्तै, रियल म्याड्रिड वर्षको उत्कृष्ट क्लब बनेको छ । रियलका प्रशिक्षक कार्लो एन्सेलोट्टी वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भए । इंग्ल्यान्डका कप्तान ह्यारी केन र फ्रान्सका किलियन एमबाप्पेले ‘गर्ड मुलर ट्रफी’ बाँडेका छन् । यो अवार्ड उत्कृष्ट गोलकर्तालाई दिने गरिन्छ ।

गत सिजन यी दुवै खेलाडीले ५२÷५२ गोल गरेका थिए । यस्तै अर्जेन्टिना तथा एस्टोन भिल्लाका गोलकिपर इमिलियानो मार्टिनेजले यासिन ट्रफी जितेका छन् । वर्षको उत्कृष्ट गोलकिपरलाई दिइने यो ट्रफी मार्टिनेजले लगातार दोस्रोपटक जितेका हुन् । उनी लगातार दोस्रोपटक यासिन ट्रफी जित्ने पहिलो गोलकिपर समेत बनेका छन् ।

Advertisement

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top