×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-16-2026 || Nepal Times
Mar 16, 2026
Playing
Drone आ क्र मणले दुबई एयरपोर्ट बन्द, कुवेतका नेपालीले साउदी हुँदै फर्किनु पर्ने || Nepal Times
Mar 16, 2026
Playing
‘होर्मुज स्ट्रेट’मा यु*द्धपोत पठाउन ट्रम्पको अपिलमा Chinaले के भन्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
जेनजी आन्दो लनको बुझाइः मूल कारण, वास्तविकताको प्रतिवेदन सार्वजनिक|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ताबारे आजआदेश आउने|| Nepal Times
Mar 16, 2026
Playing
पेट्रोल–डिजेलमा भारी मूल्य वृद्धि, प्रतिलिटर कति पुग्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
प्रधानमन्त्री सुशीलाले जेजे मागिन् त्यही पुग्यो, नपुग्दो केही छैन्|| Nepal Times
Mar 16, 2026
Playing
रास्वपाको एक सिट थपिने संभावना तत्काललाई टर्याे|| Nepal Times
Mar 15, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-01-2082 || Nepal Times
Mar 15, 2026
Playing
रविमाथिको मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा|| Nepal Times
Mar 15, 2026
Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026
Playing
रूस पुगे मोज्तबा खामेनी, Putinले गरे उद्यार, नेतन्याहुको ज्या नलाई ख तरा || Nepal Times
Mar 15, 2026
Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026
Playing
Iranले खार्गको बदला लिने, मोज्तावाको सूचना दिनेलाई १ करोड डलर पुरस्कार|| Nepal Times
Mar 15, 2026
Playing
मोज्ताबा जिवित कि मृत ?अमेरिकालाई स्विट्जरल्यान्डले हवाईक्षेत्र नदिने || Nepal Times
Mar 15, 2026
Playing
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल टाइम्सकी पत्रकार संचिताश्रेष्ठ सम्मानित, मन्त्री दिए प्रशंसापत्र
Mar 15, 2026
Playing
Top 15 Afternoon News || Mar-15-2026 || Nepal Times
Mar 15, 2026
Playing
रास्वपाका समानुपातिक सांसद आज फाइनल, मन्त्री बालेनले रोज्ने ? || Nepal Times
Mar 15, 2026
Playing
भारतका दुई जहाज होर्मुज स्ट्रेट पार गर्न सफल || Nepal Times
Mar 15, 2026
Playing
यु द्धको अन्त्य अब Tehranको हातमाः राख्यो २ सर्त || Nepal Times
Mar 15, 2026
Playing
एमाले नेतृत्वले कारबाही गर्ने आधार छैन्, अब रिसेट गर्नैपर्ने || Nepal Times
Mar 15, 2026

हिज्बुल्लाहको डरले नेतन्याहुको सात्तो गयो, अदालत पनि गएनन्

२६ कार्तिक २०८१

२६ कार्तिक, एजेन्सी ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कानूनी टोलीले यरूशलेम जिल्ला अदालतमा चलिरहेका भ्रष्टाचार मामिलाहरूमा अदालतसँग बयान दिनुपर्ने मितिलाई पछि सार्न अनुरोध गरेको छ। नेतन्याहूको कानूनी टोलीले अपील गर्दै तर्क प्रस्तुत गरेको छ कि युद्धको कारणले नेतन्याहूले बयानको तयारी गर्न सकेका छैनन् ।

Advertisement

त्यसैले उनको पेशीको मिति कम्तिमा दुई महिना पछि सार्न अनुरोध गरिएको छ। अपीलमा विभिन्न सुरक्षा मुद्दाहरूको उल्लेख गर्दै भनिएको छ कि प्रधानमन्त्रीलाई बयानका लागि तयार गर्ने समयलाई तत्काल सुरक्षा वा कूटनीतिक आवश्यकताहरूका कारण रद्द गर्नु परेको छ ।

साथै, थोरै ढिलाइ गर्दा सार्वजनिक हितमा कुनै हानि नहुने पनि दाबी गरिएको छ। नेतन्याहूको तर्फबाट यस्तो अपील आउने अपेक्षा पहिले नै गरिएको थियो, किनभने प्रधानमन्त्री नेतन्याहू हिज्बुल्लाहका हमलाहरूको डरले प्रधानमन्त्री कार्यालयको बेसमेन्टबाट बाहिर निस्केका छैनन् र बंकरबाटै काम गरिरहेका छन्।

यसै कारण, नेतन्याहू अदालतमा मुद्दाका लागि उपस्थित हुन सक्दैनन्, किनकि अदालतमा बंकर वा बम सेल्टर छैन। आइतबार आएको समाचार अनुसार, सुरक्षा चिन्ताका कारण बेंजामिन नेतन्याहूले प्रधानमन्त्री कार्यालयमा रहेको आफ्नो कोठाको सट्टा बेसमेन्टमा रहेको शेल्टरबाट काम गरिरहेका छन्।

च्यानल १२ का अनुसार गत महिना उनको घरमा भएको हिज्बुल्लाहको ड्रोन आक्रमणपछि सुरक्षा एजेन्सीहरूले उनलाई संरक्षित बेसमेन्ट तहको कोठा प्रयोग गर्न र सार्वजनिक स्थानमा नजान सल्लाह दिएका छन्।

१९ अक्टोबरमा हिज्बुल्लाहले प्रहार गरेको ड्रोन नेतन्याहूको घरमा त्यति बेला विस्फोट भएको थियो, जब उनी घरमा थिएनन्। यस आक्रमणमा उनको घरको झ्याल फुटेको थियो, तर ड्रोन भित्रसम्म प्रवेश गर्न सकेको थिएन।

पछिल्लो समय अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पको जितले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई निकै उत्साहित बनाएको छ। एक हप्ताभित्र नै नेतन्याहूले ट्रम्पसँग तीन पटक फोनमा कुराकानी गरेका छन्।

नेतन्याहूका अनुसार, ट्रम्पसँगको कुराकानीमा उनीहरू ईरानको खतरा सम्बन्धमा एकमत छन्, साथै दुबै देशले आपसी साझेदारीलाई अझ बलियो बनाउन चाहेका छन्। अर्कोतर्फ, साउदी अरेबियाको राजधानी रियादमा अरब र मुस्लिम राष्ट्रहरू प्यालेस्टाइनको समर्थनमा आवाज उठाउन भेला भइरहेका छन्।

गाजा र लेबनानमा इजरायली आक्रमणलाई लिएर सोमबार रियादमा अरब–इस्लामिक शिखर सम्मेलनको आयोजना हुँदैछ। प्यालेस्टाइन राष्ट्रपति महमुद अब्बाससहित विश्वभरका इस्लामिक देशका नेताहरू साउदी पुगेका छन्।

मुस्लिम राष्ट्रहरूले इजरायललाई घेर्ने रणनीति बनाएका छन् । यस शिखर सम्मेलनमा इजरायली आक्रमणको निन्दा गर्नुका साथै अन्तर्राष्ट्रिय समुदायलाई युद्ध रोक्न हस्तक्षेप गर्न र प्रभावित क्षेत्रमा मानवीय सहायता पु¥याउन आग्रह गर्ने निर्णय हुने आंकलन गरिएको छ ।

यो सम्मेलनको उद्देश्य प्यालेस्टाइन र लेबनानलाई आर्थिक–कूटनीतिक सहयोग प्रदान गर्ने र उत्तर गाजामा इजरायली घेराबन्दीको विरुद्ध प्रस्ताव पारित गर्न विश्वभरका देशहरूलाई दबाब दिनु हो।

वास्तवमा, आफ्नो पहिलो कार्यकालमा ट्रम्पले इजरायललाई दृढ समर्थन दिएका थिए। उनले अन्तर्राष्ट्रिय समुदायको विचारको विरोध गर्दै जेरुशलेमलाई इजरायलको राजधानीको मान्यता दिएका थिए र अमेरिकी दूतावासलाई जेरुशलेममा सारेका थिए ।

ट्रम्पले इजरायलले कब्जा गरेको पश्चिम किनारामा यहूदी बस्तीहरू निर्माणको पनि समर्थन गरेका थिए, जुन अन्तर्राष्ट्रिय कानुनअनुसार अवैध मानिन्छ। ट्रम्पले आफ्नो पहिलो कार्यकालमा यूएई, बहराइन, मोरक्को र सुडानसँग इजरायलको सम्झौता गराएका थिए, जसलाई अब्राहम सम्झौता भनिन्छ।

यस सम्झौतामार्फत यी अरब देशहरूले इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए, यद्यपि साउदी अरेबिया त्यस समयमा यो सम्झौतामा सामेल भएको थिएन। तर, अमेरिका लगातार सुरक्षा र आर्थिक लाभको बदलामा इजरायल र साउदीबीच सम्झौता गराउने प्रयास गरिरहेको छ।

सम्मेलनबाट ट्रम्पलाई सन्देश दिन प्रयास केही दिनअघि मात्र साउदी अरेबियाले अमेरिकी मध्यस्थतामा इजरायलसँगको सम्झौताबाट टाढा रहने घोषणा गरेको थियो। साउदीले स्पष्ट रूपमा भनेको छ कि स्वतन्त्र प्यालेस्टाइनको स्थापना बिना इजरायलसँग कूटनीतिक सम्बन्ध राख्ने छैन।

भर्खरको समाचार

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

सम्बन्धित खबरहरु

Scroll to Top