रास्वपा नेताले रविका लागि फेरि प्रधानमन्त्री भेट्दै, बुटवलमा नाराबाजी

२८ कात्तिक ८१, बिहीबार

२९ कार्तिक , काठमाण्डौ।

आफ्ना सभापति रवि लामिछाने पक्राउ परेपछि राजनीतिक प्रतिशोधको आरोप लगाउदै सडक प्रर्दशन गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरुले आजपनि प्रर्दशनलाई निरन्तरता दिएका छन् । रास्वपाका नेताहरुविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको रिट दर्ता हुँदा पनि रास्वपाले प्रदर्शन जारी राखेको छ ।

पूर्वगृहमन्त्री तथा पार्टी सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा अनुसन्धान चलिरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च अदालतमा अवहेलनाको रिट दर्ता हुँदा पनि रास्वपाले प्रदर्शन रोकेको छैन ।

Advertisement

अधिवक्ता अनुपम भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी मुद्दा सर्वोच्चमा दर्ता गराएका छन् । यो मुद्दामा मङ्सिर ३ गतेको लागि पेसी तोकिएको छ ।

अवहेलना निवेदनमा रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले, कार्यवाहक प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त मर्हजन, तोषिमा कार्की, सोबिता गौतमलगायतलाई विपक्षी बनाइएको छ। अदालतमा अवहेलनाको रिट दर्ता हुँदा पनि रास्वपाले बिहीबार रुपन्देहीमा प्रदर्शन जारी राखेको छ ।

Advertisement

रविलाई रुपन्देही ल्याएपछि मंगलबारदेखि नै रास्वपाले प्रर्दशन गर्दै आएको छ । मंगलबार र बुधबार प्रर्दशन गरेको रास्वपाले आज भने बुटवलबाट मोटरसाइकल ¥याली निकालेर प्रदर्शन गरेको छ । बुटवलको सुप्रिम सहकारीको बचत ठगी गरेको आरोपमा रविलाई मंगलबार कास्कीबाट रुपन्देही ल्याएदेखि रास्वपाले प्रदर्शन गरिरहेको छ ।

सरकारी वकिलको कार्यालयमा आज तेस्रो दिन पनि रविको बयान लिइएको छ । उनलाई आजै बयान सकिएपछि कास्की लैजाने तयारी गरिएको छ । यता बुटवलमा प्रर्दशन जारी रहँदा काठमाडौंमा रास्वपाको संसदीय समितिको बैठक बसेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने तयारी बारे छलफल भएको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा भेला भएका नेताहरूले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने समयबारे छलफल गरेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताएका छन् ।

रविमाथि सरकारले गरिरहेको क्रियाकलापलाई लिएर ज्ञापनपत्र बुझाउन लागिएको झाले जानकारी दिएका छन् ।रास्वपाले रविविरुद्ध राजनीतिक प्रतिशोध साधिएको आरोप लगाउदै आएको छ भने सरकारले भने सहकारी छानविन समितिको प्रतिवेदन कार्यान्वयन मात्रै गरिएको बताउदै आएको छ ।

रास्वपाले रविलाई हिरासतमुक्त गरेर छानविन गर्न माग गरिरहेको छ । तर रविलाई भने सहकारीको वचत रकम अपचलनका विषयमा कास्की, रुपन्देहीपछि काठमाडौंमा समेत ल्याएर अनुसन्धान गर्ने तयारी गरेको छ । सूर्यदर्शन सहकारीका विषयमा कास्कीमा बयान सकिएको छ भने रुपन्देहीमा सुप्रिम सहकारीका विषयमा बयान लिइएको छ ।

उनलाई रुपन्देहीबाट कास्की लगिने र त्याहाबाट काठमाडौं ल्याउने तयारी रहेको प्रहरीस्रोतले बताएको छ । कास्की प्रहरीको हिरासतबाट भैरहवा ल्याइएका कुमार रम्तेल र शिवबहादुर गुरुङको बयान सकिएपछि मंगलबार काठमाडौं पठाइएको छ ।

लामिछानेलाई पनि भैरहवामा बयान सकिएपछि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा अनुसन्धान गर्न राजधानी लैजाने तयारी रहेको हो । स्वर्णलक्ष्मी सहकारीमा राखेको करिब १ अर्ब रुपैयाँ अनियमितता गरेको भन्दै प्रहरीमा ५ सय २८ जनाले २०८१ को वैशाखमा जाहेरी दिएका थिए ।

जीबी राई अध्यक्ष रहेको उक्त सहकारीमा रास्वपा सभापति रविलामिछानेसहितले रकम अपचलन गरेको प्रहरीले भौचरसमेत फेला पारेको छ । स्वर्णलक्ष्मीबाट जीबी र रविले दुई पटक ऋण लिएको तर फिर्ता नगरेको भेटिएको हो ।

२०७८ भदौ ४ मा उनीहरुले ‘फोर ह्विलर लोन’ र २०७८ कात्तिक १ मा ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न भनेर ऋण निकासा गराएको भेटिएको छ । ‘फोर ह्विलर लोन’ बापत ४६ लाख ९८ हजार र ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न ४६ लाख ८८ हजार ऋण लिएका छन् ।

दुई पटक गरी जम्मा ९३ लाख ८६ हजार ऋण लिएका थिए । उनीहरूले ६१ लाख ७३ हजार फिर्ता गरेका छैनन् । गैर कानुनी हिसाबले जीबी र लामिछानेको नाममा प्रवाह भएको ऋणको ३५ थान भौचर प्रहरीले फेला परेको जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

सम्बन्धित समाचार

Scroll to Top