Nepal Times
Nepal Times
3
Shares

रविको उदयको श्रेय खोज्दै ओली,जबलेस थिए १० लाखको प्रोग्राम दिए

रविको उदयको श्रेय खोज्दै ओली,जबलेस थिए १० लाखको प्रोग्राम दिए

३० कार्तिक , काठमाण्डौ।

सहकारीको वचत रकम अपचनलको अभियोगमा ४ साताभन्दा लामो समयदेखि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साधिरहेको आरोप लागिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा रविमाथि आफुले लगाएको गुण स्मरण गराएका छन् ।

रविले समेत प्रधानमन्त्री ओलीलाई ब्यक्तिगत रुपमा नेपालकै सबैभन्दा ठूलो भ्रमष्टचारी रहेको भन्दै घरघरबाट ओलीसरकार ढाल्नका लागि उत्रिन आह्वान गरिसकेको अवस्थमा ओलीले लामिछाने बेरोजगार भएका बेला आफूले सरकारी स्वामित्वको नेपाल टेलिभिजन (एनटीभी) मा कार्यक्रम मिलाइदिएको बताएका छन्।

कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित कान्तिपुर कन्क्लेभ–२०२४ को दोस्रो दिन बिहीबार ‘प्रधानमन्त्रीसँग परिसंवाद’ सत्रमा उनले आफू पहिलो पटक प्रधानमन्त्री भएका बेला रवि काम माग्न आएपछि ‘सिधाकुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम चलाउने व्यवस्था मिलाइदिएको बताए हुन्।

उनले भनेका छन्, एउटा रवि बाबु जबलेस भएर हिँडिरहेका बेला मकहाँ आउनुभयो र (भन्नुभयो) ‘मलाई कुनै जब दिनुप¥यो। अफ्ठ्यारामा छु।’ मैले भनेँ– के जानेको छ? ‘अलि बोल्ने कला छ।’ मैले पनि कला होला भन्ठानेँ। ‘र म पत्रकारिता गर्न सक्छु।’ त्यसो भए म बाबुकै लागि एउटा प्रोग्राम राख्छु, सिधाकुरा प्रधानमन्त्रीसँग। त्यसको पैसा पनि एनटीभीलाई तिर्नुपर्दैन, त्यो मेरो प्रोग्राम हो। विज्ञापन उठाएर जीविका चलाऊ भनेपछि दुईचार लाख, पाँच दस लाख उठाएर जीविका चलाउने बाटो त्यहाँ बन्यो। उहाँले अलि कराउन सिकेको त्यहीँ हो। त्यसपछि म हटेपछि प्रचण्डजीले निकालिदिनुभयो। न्युज ट्वान्टी फोर कि के भन्नेमा जानुभयो। त्यहाँ बसेर नबोल्ने, उभिएर मच्चीमच्ची कराउने सिक्नुभयो। त्यो डेभलप गर्नुभयो। यसबीचमा केके केके केस लागे, त्यो मेरो रुचिको विषय होइन। मैले राम्रै गरिदिन खोजेको हो। त्यसपछि पार्टी खोल्छु भन्नुभयो। खोल बाबु (भनेँ)। हाहु गर्नुभयो, मैले साथै दिएँ। मैले साँच्चै के भने रविले यत्रो सहकारीमा केके गरेको छ भन्ने विश्वास त के, आशंका पनि थिएन, साँच्चै। यत्रो पूरै वासिङ मेसिनमा पनि तीनपल्ट धोएजस्तो कुरा गर्छन्। कसरी ठान्ने मैले, मैले ठानिनँ। छानबिन समिति बनाउनुपर्छ भनेर पार्लियामेन्टमा कुरा उठ्दा पनि ‘यसरी समिति बनाउनुहुँदैन, यो अनुमानका भरमा केही कुरा उठ्यो भन्दैमा एकजना व्यक्तिको रूपमा उठाउनुहुन्न’ भनेँ। पछि रवि आफैले के भन्नुभयो भने ‘केही छैन मलाई, समिति बनाऔँ।’ सर्वदलीय बैठकमै पनि बोल्नुभयो– छानबिन समिति बनाइयोस्। उहाँ चम्किनुभयो। प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्थ्यो र ‘उहाँले नै भन्नुभएको छ भने बनाऊँ’ भन्नुभयो। म त समहत छैन तर तपाईँहरू भन्नुहुन्छ भने समिति बनाऊँ मानिदिन्छु। समिति बनाएको त तोकेर भन्यो। जहाँ उहाँको पार्टीको र अरु पार्टीको पनि सदस्य हुनुन्छ। माओवादी पार्टीको पनि हुनुहुन्छ। नाम तोकेर ‘कारबाही गर्नू’ भनेर सिफारिस भयो। त्यो प्रहरीमा पुग्यो। सभामुखलाई दिएपछि त्यो सरकारलाई, गृहमन्त्रीलाई पठाउनुभयो होला। त्यो त मेरो हातमा पर्ने कुरा पनि भएन। त्यो त अब ब्युरोक्रेसीको हातमा गयो। प्रहरीमा गयो कि गृह मन्त्रालय गयो कि? छानबिन अध्ययनको क्रम सुरु भयो। छानबिन अध्ययनको क्रम सुरु भएपछि उहाँलाई गिरफ्तार गरेर कारबाही गर्ने अवस्था सम्मानित अदालतले देख्यो। उहाँलाई इन्क्वायरी (अनुसन्धान)का लागि त्यहाँ राखेको छ। निर्दोष हुनुहुन्छ भने सफाइ पाउनुहुन्छ। मैले गरेर सफाइ पाएको होइन है त्यो, सफाइ पाउनुभयो भने। पर्नुभयो भने मैले गरेर परेको होइन है, उहाँका कर्मले प¥या हो। यो सहकर्मी भन्ने कुरा त बाटोमा थुप्रै भेटिन्छन्। रविभने ओलीसँग सबैभन्दा रुष्ट छन् ।

हिरासतमा जानु अघि उनले भिडियो सन्देशमार्फत समेत सरकार नरहेको र आफूहरुलाई जुठो परेको अभिब्यक्ति दिएका थिए ।रवि हिरासतपरेपछि उनको दल रास्वपाले पनि आफ्ना सभापतिविरुद्ध प्रतिशोध साधिएको भन्दै लगातार सरकारविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्रीसहित गृहमन्त्रीको राजीनामा समेत माग गर्दै आएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.