NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV मङ्लबार साउन ६ , २०८२
चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास मङ्लबार साउन ६ , २०८२
विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन् मङ्लबार साउन ६ , २०८२
सी र पुटिनपछि ओली ? उनीहरुले जे गरे, ओली पनि त्यही गर्दैछन् ? मङ्लबार साउन ६ , २०८२
Next
Prev

समाचार

रविको भिडियो खिच्न पनि कडाई, बोल्नै नदिने रणनीति

आइतवार मंसिर २ , २०८१
Reading Time: 1 min read
A A
रविको भिडियो खिच्न पनि कडाई, बोल्नै नदिने रणनीति
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२ मंसिर, काठमाण्डौ।

पार्टी सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा प्रहरीले पक्राउ गरेपछि निरन्तर सडक आन्दोलन गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ । आइतबार पार्टी कार्यालय वनस्थलीमा ३ बजे पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले बताएका छन् ।

गत कार्तिक २८ मा गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएसँगै रास्वपाले आज पत्रकार सम्मेलन गर्ने भएको हो। सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पार्टी सभापति लामिछानेमाथि अनुसन्धान जारी छ।

Advertisement

यसबीचमा रास्वपाले लामिछानेलाई राज्यले प्रतिशोधका लागि पक्राउ गरेको भन्दै पक्राउको विरोधमा आन्दोलन गर्दै आइरहेको थियो। उक्त कारबाही सत्तारूढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र रहेको रास्वाको ठम्याइ छ।

त्यसको विरोधमा रास्वपाले दोस्रो चरणको आन्दोलन गर्न लागेको हो। पहिलो पटक स्थानीय तह उपनिर्वाचानमा समेत सहभागिता जनाउन लागिरहेको रास्वपाले चुनावसँगसँगैको आन्दोलन कसरी अगाडि बढाउछ भन्ने विषयमा पार्टीमा समेत वहस हुँदै आएको छ ।

उपनिर्वाचनका लागू भएको छ भने आन्दोलनलाई नै लिएर रास्वपाका उपसभापति स्वर्णिम वाग्लेसहित शीर्ष नेताहरुविरुद्ध अदालतमा अदालतको अपहेलनाको मुद्दा समेत दायर भएको छ। यसअघि रास्वपाले पोखरा, काठमाडौं र रुपन्देही प्रर्दशन गर्दै आएको छ ।

यो उपनिर्वाचनलाई रास्वपाले आफ्नो अग्निपरीक्षाको रुपमा लिएको छ । यसअघि पोखराको प्रर्दशनमा भने दुई पटक प्रहरीले बल प्रयोग गर्दै अश्रुल ग्यास प्रहार गरेको थियो । पछिल्लो पटक रविलाई रुपन्देहीको बयान सकाएर शुक्रवार पोखरा लैजाने क्रममा धक्काधक्की नै भएको छ ।

रविको पक्राउको विरोधमा उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरू विरोध प्रदर्शन गर्न उपस्थित भएका थिए। विरोध प्रदर्शनको भिडियो तथा तस्बिर खिच्न पत्रकारहरू पनि विरोध प्रदर्शनस्थल पुगेका थिए। रविलाई प्रहरी कार्यालयभित्र प्रवेश गराए पनि रास्वपाका कार्यकर्ताहरू विरोध प्रदर्शन गर्न थालेपछि प्रहरीले उनीहरूलाई पक्राउ गर्न थाल्यो।

पत्रकारहरू प्रहरीले पक्राउ गरेको भिडियो खिच्न थाले। त्यही क्रममा केही प्रहरीले भिडियो खिचिरहेका पत्रकारको क्यामरा खोस्ने प्रयास गरेपछि पत्रकारहरूले विरोध गरे। प्रहरी र पत्रकारबिच सुरु भएको विवाद समाधानको प्रयास गर्नुको साटो कास्की प्रहरीका प्रवक्ता समेत रहेका डिएसपी वसन्तकुमार शर्मा उल्टो पत्रकारहरूसँग विवादमा उत्रिए।

प्रहरी पनि बिच सडकमा उभिएको थियो। पत्रकारहरूले बिच सडकमा समातिएका रास्वपाका कार्यकर्ताहरूको भिडियो खिचेका थिए। पक्राउ गरेको भिडियो खिचेकोमा प्रहरी रिसाएका थिए। अनि उनीहरू सडकमा उभिएर किन भिडियो खिचेको भन्ने बहाना गर्दै पत्रकारमाथि उल्टो जाइलागे।

त्यसक्रममा प्रहरी र पत्रकारबीच विवाद भएको थियो । दुवै पक्षको विवादमा प्रहरीले सडकमा उभिएर किन भिडियो खिचेको भनिरहे भने पत्रकारले जहाँ पक्राउ गर्यो त्यहीँ खिच्ने त हो, किन बिच सडकमा समातेको भन्दै प्रतिवाद गरेका थिए ।

विवाद बढ्दै जाँदा भिडियो खिचेर, अनुहार देखाएर केही फरक पर्दैन भन्दै डिएसपी शर्मा रिसाएका थिए । रविले पहिलो पटक दिएको ६ दिनको समयसकिएपछि कास्की अदालतमा उपस्थित हुने क्रममा पत्रकारसँग अभिब्यक्ति दिँदै सरकार र प्रधानमन्त्रीको तिखो आलोचना गरेपछि प्रहरीले रविलाई संचारकर्मीबाट टाढा राख्दै आएको छ ।

कास्की प्रहरीले रविलाई बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा बयानका लागि मंगलबार रुपन्देही पठाएर शुक्रबार पोखरा फिर्ता लगेको थियो। रवि लामिछानेलाई गएको २५ गते थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।

कास्की अदालतका न्यायाधीश नवराज दाहालको एकल इजलासले लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । जिल्ला अदालतले रविमाथि अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई फेरि अदालतमा उपस्थित गराइएको थियो ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई प्रहरीले ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने योजना बनाएको छ । पोखराको सूर्यदर्शन सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ ।

सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिइसकेको छ । लामिछाने कात्तिक २ गते काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए । रविका साझेदार पूर्वडी आईजीसमेत रहेका छविलाल जोशी पनि असोज ६ देखि कास्की प्रहरीको हिरासतमा छन् ।

Tags: #रास्वपाको आन्दोल#सकिएको छैन् रास्वपाको आन्दोलन

लोकप्रीय

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२

विचार

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२

थप समाचार

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने
अन्तर्राष्ट्रिय

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV
अन्तर्राष्ट्रिय

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी
अन्तर्राष्ट्रिय

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा ठूलो वर्षा, बागलुङमा ५८७२ घर जोखिममा

मङ्लबार साउन ६ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२

हालका पोस्टहरू

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.