NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV मङ्लबार साउन ६ , २०८२
चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास मङ्लबार साउन ६ , २०८२
विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन् मङ्लबार साउन ६ , २०८२
सी र पुटिनपछि ओली ? उनीहरुले जे गरे, ओली पनि त्यही गर्दैछन् ? मङ्लबार साउन ६ , २०८२
Next
Prev

समाचार

के उपनिर्वाचनबाट बालेनहरुको उदय होला ?

सोमवार मंसिर ३ , २०८१
Reading Time: 1 min read
A A
विवेकशील साझाविरुद्ध मिलन पाण्डेले दिएको उजुरी निर्वाचन आयोगले गर्‍यो खारेज
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

३ मंसिर,काठमाण्डौ।

यही मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनमा राजनीतिक दल र स्वतन्त्रबाट गरेर ४१० जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार आइतबार साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समयसिमा भित्र विभिन्न राजनीतिक दलबाट २८९ र स्वतन्त्रबाट १२१ गरेर ४१० जनाको उम्मेदवारी दर्ता भएको हो ।

जसमा ६४ जना महिला, ३४१ जना पुरुष र २ जना यौनिक तथा लैंगिक अल्पसंख्यकको उम्मेदवारी दर्ता भएको आयोगका सहसचिव एवम प्रवक्ता निता पोखरेलले बताएकी छन् । आयोगका अनुसार कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा २ जना महिला, ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा १ जना पुरुष उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

यसैगरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखमा रिक्त ८ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । यस्तै गाउँपालिका र नगरपालिकाका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी ३२३ जनाको मनोनयन दर्ता भएको छ ।

उम्मेदवारको मनोनयन पत्र दर्ता भएका मध्ये सबैभन्दा बढी धनुषाको धनुषाधाम नगरपालिका १ को वडा अध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका २ को वडा अध्यक्ष पद र बझांगको सुर्मा गाउँपालिका ४ को वडाध्यक्ष पदमा तीन तीन जनाको मनोनयन दर्ता भएको छ ।

यो उपनिर्वाचनमा सबैभन्दा बढी चासो कीर्तिपुरको प्रमुखमा छ । कीर्तिपुरमा प्रमुख तथा १ र ४ नम्बर वडाको अध्यक्षका लागि चुनाव हुनेछ । कांग्रेसबाट प्रमुखमा विजयी भएका राजकुमार नकर्मीको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

प्रमुखमा २० जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसमध्ये ११ स्वतन्त्र उम्मेदवार छन । स्वतन्त्र उम्मेदवारी दिनेमा नवरथकुमार बानियाँ, राजमान महर्जन, रामकृष्ण महर्जन, मिम महर्जन, प्रेमबहादुर महर्जन, दिनेशकुमार अधिकारी, नरेश श्रेष्ठ, धर्मरत्न मानन्धर, कविकुमार महर्जन, नरेशराज पाण्डे र आनन्द महर्जन छन ।

यहाँ चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने संभावना छ । यो उपनिर्वाचनलाई दलहरुको परीक्षाका रुपमा हेरिएको छ भने स्वतन्त्र उम्मेदवारहरुबाट यसअघिका स्वतन्त्र रुपमा उम्मेदवार बनेर विजयी हुँदै कामकै आधारमा उदाहरणीय बनेका बालेन्द्र शाह, हर्क साम्पाङ, गोपाल हमाल लगायतका जनप्रतिनिधिको अपेक्षा गरिएको छ ।

गएको स्थानीयतहको निर्वाचनमा उनीहरु काठमाडौं, धरान र धनगढीमा विजयी भएका थिए । यस्तै उपनिर्वाचनमा मोरङको ग्रामथान गाउँपालिका अध्यक्षका लागि १६ जनाको उम्मेदवारी परेको छ, जसमध्ये एक स्वतन्त्र उम्मेदवार छन् ।

दैलेखको महाबु गाउँपालिका अध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ  । जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखका लागि ६ जनाको उम्मेदवारी परेको छ । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षका लागि १६ जनाको उम्मेदवारी परेको छ ।

रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष पदमा ७ जनाले मनोनयन दर्ता गराएका छन् । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षका लागि ५ जनाको उम्मेदवारी परेको छ ।

काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा १९ जनाको उम्मेदवारी परेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ को अध्यक्षका लागि १४, कीर्तिपुर–४ को अध्यक्षका लागि १३ र कीर्तिपुर–१ को अध्यक्षका लागि ९ जनाले उम्मेदवारी दिएका छन् ।

नुवाकोटको ककनी गाउँपालिका–२ को अध्यक्षमा ११, सुनसरीको गढी गाउँपालिका–६ को अध्यक्षमा १४, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को अध्यक्षमा २० जना उम्मेदवार छन्  । रौतहटका ईशनाथ नगरपालिका–७ को अध्यक्षका लागि १५, राजपुर नगरपालिका–६ को अध्यक्षका लागि १४ उम्मेदवार छन् ।

रौतहटकै गढिमाई नगरपालिका–८ को अध्यक्षका लागि १६ जनाले मनोनयनपत्र दर्ता गराएका छन् । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ को अध्यक्षका लागि १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को अध्यक्षका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । गुल्मीको मुसीकोट–१ को वडाध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । गोरखा नगरपालिका–५ को वडाध्यक्षमा १० जना उम्मेदवार छन् ।

निर्वाचन आयोगले तय गरेको उपनिर्वाचनको कार्यतालिका अनुशार अब आज मंसिर ३ मा १० देखि ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, मंसिर ४ मा अपराह्न ५ बजेसम्म उजुरीमाथि जाँचबुझ तथा निर्णय गरी ६ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

त्यस्तै, मंसिर ५ मा उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपराह्न ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । मंसिर १६ मा मतदान हुनेछ ।

स्थानीय तह उपनिर्वाचनका लागि आइतबारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । संघीय सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, स्थानीय तह, तीनवटै तहका कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल र सम्बद्ध कार्यकर्ता, उम्मेदवारलगायतका लागि निर्वाचन आचारसंहिता लागू गरिएको हो ।

आयोगले उपनिर्वाचन हुने स्थानीय तहबाहेकमा आचारसंहिताले निषेध गरेका कार्य गर्नु÷गराउनुपरेमा आयोगलाई पूर्वजानकारी दिई निकास भएबमोजिम गर्न सकिने आचारसंहितामा उल्लेख छ ।

Tags: # उपनिर्वाचनमा कति छन् स्वतन्त्र उम्मेदवार ?#उपनिर्वाचनमा

लोकप्रीय

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२

विचार

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२

थप समाचार

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने
अन्तर्राष्ट्रिय

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV
अन्तर्राष्ट्रिय

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी
अन्तर्राष्ट्रिय

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा ठूलो वर्षा, बागलुङमा ५८७२ घर जोखिममा

मङ्लबार साउन ६ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२

हालका पोस्टहरू

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.