NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Скачать адденда Melbet получите и распишитесь iOS веб-обозрение маневренною версии БК Мелбет в видах Айфон मङ्लबार माघ ६ , २०८२
Футбольная народная бундеслига обзоры вдобавок результаты матчей, турнирные таблицы, плана, трансляции मङ्लबार माघ ६ , २०८२
Получите и распишитесь вплоть до 2000 рублей от «Мелбет»: лучший вознаграждение за вклад मङ्लबार माघ ६ , २०८२
MelBet Partners Партнерская аська вплоть до сорок% RevShare मङ्लबार माघ ६ , २०८२
Зеркало Мелбет для России и прочих стран где найти मङ्लबार माघ ६ , २०८२
Next
Prev

समाचार

स्वर्णलक्ष्मीको १ अर्ब ११ करोड अपचलन, रविसँग बयान

सोमवार मंसिर ३ , २०८१
Reading Time: 1 min read
A A
स्वर्णिम, मनिषसहितका नेताविरुद्ध सर्वाेच्चमा रिट, तोकियो पेसी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३ मंसिर,काठमाण्डौ ।

आइतबार काठमाडौं जिल्ला अदालतले हिरासतमा रहेका रवि लामिछाने र छविलाल जोशीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनीहरु पनि बयानका लागि काठमाडौं लैजाने तयारी गरिएको छ। सहकारी ठगी प्रकरणमा जोडिएका कुमार रम्तेललाई काठमाडौं लगिएको छ।

जिल्ला प्रहरी प्रहरी भद्रकाली काठमाडौंले बयानका लागि रम्तेललाई गत शनिबार पोखराबाट काठमाडौं ल्याएको हो । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीविरुद्ध पनि पक्राउ पूर्जी जारी भएपछि अनुसन्धानका लागि रम्तेललाई काठमाडौं झिकाइएको हो ।

परिसर स्रोतका अनुसार उनको बयान अन्तिम चरणमा पुगेकाले आज÷भोलि नै पोखरा फिर्ता गराउने तयारी गरिएको छ । रम्तेल गत २५ भदौमा पक्राउ परेका थिए । पोखराको सूर्यदर्शन सहकारी संस्थाका उनी कोषाध्यक्ष समेत हुन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी पुर्पक्षका लागि कारागार चलान समेत भएका थिए । रम्तेलपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई पनि काठमाडौं ल्याउने तयारी प्रहरीले गरेको छ ।

रम्तेलको बयान सकिएपछि रवि र छविलाई काठमाडौं झिकाएर बयान गराइने प्रहरीको तयारी छ । आइतबार काठमाडौं जिल्ला अदालतका शिशिरराज ढकालले रवि र छवीविरुद्ध पक्राउ पूर्जी जारी गरेका थिए ।

सहकारी ठगी मुद्दामा रास्वपा सभापति रवि लामिछानेसहित २२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंबाट पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

पुर्जी जारी हुने २२ मध्ये रविसँगै पूर्वडीआईजी छविलाल बन्जाडे जोशी पनि छन् । काठमाडौं महानगरपालिका– १४ मा सञ्चालित स्वर्णलक्ष्मी सहकारीबाट बचतकर्ताको अर्बौं रकम हिनामिना भएपछि छानबिनका क्रममा लामिछाने, जोशी संलग्न गोर्खा मिडिया प्रालिमा रकम प्रवाह भएको पाइएको सहकारी छानविन प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौं महानगरपालिकाको छानबिन प्रतिवेदनका आधारमा उक्त घोटाला प्रकरणमा रवि र छविको संलग्नता देखिएको भनिएको छ । सोही घोटालामा संलग्न काठमाडौं महानगरपालिका–६ घर भएका कमल लामा र वडा नम्बर ३१ की सुनिता नेवालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

यसअघि प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि त्यहीँबाट अनुसन्धान सुरु भएको थियो । अहिले जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धान अघि बढाएको हो । लामिछाने पक्राउ परेपछि उक्त फाइल परिसर झिकाएर प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ ।

यसअघि यो सहकारी ठगी प्रकरणमा २४ जनाविरुद्ध पक्राउ पूर्जी समेत जारी भएको थियो । यो सहकारीका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई हुन् । यो सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए ।

स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ । कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा रहेका आफ्ना सभापतिलाई हिरासतमुक्त गरेर अनुशन्धान गर्नुपर्ने मागसहित आन्दोलनरत राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

रास्वपाले रविमाथि राजनीतिक प्रतिशोध साधिएको आरोप लगाउदै यही ८ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । प्रधानमन्त्रीलाई बुझाउनकै लागि माग पत्र तयार पारेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले समय नदिएको भन्दै रास्वपाले आन्दोलनपूर्व आफूहरुका माग सम्बोधन भए आन्दोलनका कार्यक्रम फेरबदल हुने समेत बताएको छ ।

रास्वपाले मागपत्रमा राजनीतिक प्रतिशोध बन्द गर्नुपर्ने, फौजदारी कानुन संशोधन गर्नुपर्ने, सहकारी पीडितको बचत रकम फिर्ता गर्नुपर्ने तथा स्वायत्त सहकारी प्राधिकरण बनाउनुपर्ने, भ्रष्टाचार काण्डको न्यायिक छानबिन गर्न स्वतन्त्र न्यायिक आयोग गठन गर्नुपर्ने, गतिशील अर्थतन्त्रका लागि संरचनागत आर्थिक सुधार एक दर्जन ऐनको संशोधन गर्नुपर्ने, प्रवासी र गैरआवासीय नेपालीको मताधिकार सुनिश्चित गर्नुपर्ने, संविधान परिमार्जनका लागि सर्वपक्षीय सम्मेलन आयोजना गर्नुपर्ने पनि आन्दोलनको एजेन्डामा राखेको छ।

Tags: #स्वर्णलक्ष्मीको अपचलन

लोकप्रीय

Скачать адденда Melbet получите и распишитесь iOS веб-обозрение маневренною версии БК Мелбет в видах Айфон

मङ्लबार माघ ६ , २०८२

Футбольная народная бундеслига обзоры вдобавок результаты матчей, турнирные таблицы, плана, трансляции

मङ्लबार माघ ६ , २०८२

Получите и распишитесь вплоть до 2000 рублей от «Мелбет»: лучший вознаграждение за вклад

मङ्लबार माघ ६ , २०८२

विचार

Скачать адденда Melbet получите и распишитесь iOS веб-обозрение маневренною версии БК Мелбет в видах Айфон

मङ्लबार माघ ६ , २०८२

Футбольная народная бундеслига обзоры вдобавок результаты матчей, турнирные таблицы, плана, трансляции

मङ्लबार माघ ६ , २०८२

Получите и распишитесь вплоть до 2000 рублей от «Мелбет»: лучший вознаграждение за вклад

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Скачать адденда Melbet получите и распишитесь iOS веб-обозрение маневренною версии БК Мелбет в видах Айфон

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Футбольная народная бундеслига обзоры вдобавок результаты матчей, турнирные таблицы, плана, трансляции

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Получите и распишитесь вплоть до 2000 рублей от «Мелбет»: лучший вознаграждение за вклад

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

MelBet Partners Партнерская аська вплоть до сорок% RevShare

मङ्लबार माघ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता|| Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता|| Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Скачать адденда Melbet получите и распишитесь iOS веб-обозрение маневренною версии БК Мелбет в видах Айфон

मङ्लबार माघ ६ , २०८२

Футбольная народная бундеслига обзоры вдобавок результаты матчей, турнирные таблицы, плана, трансляции

मङ्लबार माघ ६ , २०८२

Получите и распишитесь вплоть до 2000 рублей от «Мелбет»: лучший вознаграждение за вклад

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.