Nepal Times
Nepal Times
3
Shares

जुम्लाको तापक्रम माइनस ४ मा झर्याे, अरु कता बढ्यो चिसो ?

जुम्लाको तापक्रम माइनस ४ मा झर्याे, अरु कता बढ्यो चिसो ?

४ कार्तिक , काठमाण्डौ।

नेपालमा अहिले देशभर पश्चिमी वायुको प्रभाव छ । यस्तै देशका पहाडी भूभागमा स्थानीय वायुकोसमेत सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो हल्का वर्षाको पनि सम्भावना छ ।

आज राति पनि कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा राति हल्का वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ । भोली बुधबार दिउँसो पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

विहीबार दिउँसो कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । विहीबार राति पनि कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यसबीच देशभर क्रमशः तापक्रम घट्दै जाँदा चिसो बढ्दै गएको छ । आज बिहान जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री सेल्सियसमा झरेको थियो । मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ः४५ बजे सार्वजनिक गरेको सूचीअनुसार आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ४ डिग्री सेल्सियस देखिएको हो ।

यसपछि आज बिहान सबैभन्दा कम न्यूनतम तापक्रम डडेल्धुरामा ५.९ डिग्री सेल्सियस रहेको थियो । महाशाखाको विवरणअनुसार तेस्रो नम्बरमा विहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.९ डिग्री सेल्सियस रह्यो ।

यो काठमाडौँका लागि यस वर्षको अहिलेसम्मकै कम तापक्रम हो । यस्तै काठमाण्डौ उपत्यकासहित तराई क्षेत्रमा बाक्लो हुस्सुका कारण विहान भिजिविलिटी कम रहेको थियो । आज दिनभर हिजोको भन्दा धेरै चिसो महशुस हुन सक्ने मौसमविद्को भनाइ छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.