NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Empresário compra da Arena e Grêmio avança para gestão total do estádio शुक्रबार पुस ११ , २०८२
Osvojite 20 000.000 RSD i 200 FS शुक्रबार पुस ११ , २०८२
Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar शुक्रबार पुस ११ , २०८२
Jogos E Apostas Online Em Um Só Lugar शुक्रबार पुस ११ , २०८२
10 Daftar Link Slot Gacor Nuke Gaming Cendanabet शुक्रबार पुस ११ , २०८२
Next
Prev

समाचार

ओलीको कम्बोडियामा लगानीको बास्तविकता के हो ?

मङ्लबार मंसिर ४ , २०८१
Reading Time: 1 min read
A A
एमाले अध्यक्ष ओलीद्वारा जनगणनाको पूर्ण सफलताको कामना
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ कार्तिक , काठमाण्डौ।

कम्बोडियामा रहेको टेलिकम एग्जियाटा कम्पनीमा प्रधानमन्त्री ओलीको लगानी रहेको प्रमाण भन्दै सामाजिक संजालमा भिडियो पोष्ट गरेपछि मेकिडकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रधानमन्त्रीको सो कम्पनीमा २३ करोड अमेरिकी डलर लगानी रहेको कागजात रहेकोसमेत प्रसाईले सार्वजनिक गरेका छन् ।

यही प्रमाण भनिएको भिडियोका कारण प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले प्रसाईलाई भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको छ । साइबर अपराध मुद्दामा पक्राउ परेका प्रसाईंका विरुद्ध कागजात कीर्ते र मानहानी मुद्दासमेत चल्ने भएको छ ।

LS Auto

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) का प्रमुख एआइजी दीपक थापाका अनुसार तत्काल साइबर अपराधसम्बन्धी मुद्दामा म्याद थप गरिए पनि अनुसन्धानका क्रममा उनले गरेका अन्य कसुरसमेत आकर्षित हुने छ ।

एक व्यक्तिलाई एकैपटक एकभन्दा बढी मुद्दा चलाउने कानुनी सुविधा नभएका कारण एउटा मुद्दाको अनुसन्धानपछि अर्को मुद्दा चलाइने प्रहरीको तयारी छ । भ्रष्टाचार नसहने र भ्रष्टचारीको मुख समेत नहेर्ने पटक पटक दोहोर्याउने प्रधानमन्त्रीविरुद्ध नै ३२ अर्ब बराबरको लगानी कम्बोडियामा गरेको आरोप लागेको छ ।

तर प्रधानमन्त्री ओलीविरुद्ध यसअघि पनि यस्तै आरोप उनै प्रसाईले लगाएका थिए । त्यसबेला प्रहरीले आरोप पुष्टि गर्न चेतावनी दिएपनि पक्राउ भने गरेको थिएन । सन् २०१९ को मे १४ मा प्रधानमन्त्री हुँदा ओली कम्बोडिया बिजनेश फोरममा सहभागी हुन पुगेका थिए ।

त्यहाँ ओलीले शेयर होल्डरको रुपमा हस्ताक्षर गरेको प्रमाण रहेको प्रसाईको दाबी छ । उनले सार्वजनिक रुपमै सम्बोधन गर्दै भनेका छन्, ’यहाँका नेताहरुको पैसा कम्बोडिया, मंगोलिया, तुर्कमेनिस्तान, साउथ अफ्रिका र केन्या, दुबई र सिंगापुरमा छ । मसँग प्रमाण छ लिखित, सिग्नेचर भएका पेपरहरुको बुझ्नुभो ? मलाई यिनीहरुले मारे भने अर्कै कुरो हो । नभए दुर्गा प्रसाई बित्दैन फेरि । संसारमा दुर्गा प्रसाई मर्छ बित्दैन । किनभने मैले नेपालीहरु, नेपाली चेलीबेटीहरु रोएको देखेको छु ।’

एमालेकै पूर्व केन्द्रीय सदस्य समेत रहेका प्रसाईले भनेका छन्, ‘म मर्न तयार छु यस्ता तस्करसँग झुक्न तयार छैन । मलाई थाहा छैन मैले यो सार्वजनिक गरेपछि मेरो जिन्दगीमाथि खतरा थपिएको छ । मलाई यसैकारण मार्न पनि सक्छन् भन्ने पनि मलाई थाहा छ । तर मर्न त एक दिन मैले मर्नैपर्छ । म मरेता पनि मेरा नेपाली दाजुभाइलाई यी तस्करको यथार्थता देखाउँदै यस्ता फटाहालाई नंगाएर मात्र मर्न तयार छु । दुर्गा प्रसाई मर्न सक्छ दुर्गाको विचार मर्दैन । किनकि दुर्गा भनेको विचार हो । घरघरमा जन्मिसके दुर्गाहरु । यो शुरुआत मात्र हो । यसमा प्रमाणहरु अन्य दलका नेताहरुका लागि पनि आइरहने छन् ।’

यसअघि गतवर्षपनि अन्तर्राष्ट्रिय मिडियाले समेत ओलीको कम्बोडिया भ्रमण र लगानीका बारेमा समाचारसमेत बनाएका थिए । २०७७ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी र स्विस बैंकमा ६६ करोड लुकाएको भन्ने समाचार नै प्रकाशन भएको थियो । फ्रान्सको पेरिसबाट सञ्चालित ग्लोबल वाच एनलाइसीस नामक पत्रिकाले यस्तो दाबी गरेको थियो ।

एसिया, अफ्रिका वा ल्याटिन अमेरिकाका आर्थिकरुपले कमजोर राष्ट्रहरुमा आफ्नो प्रभुत्व जमाउन चीनले ती मूलुकका भ्रष्ट प्रमुखसँग सम्झौता गरिरहेको मात्रै होइन यसले चिनियाँ कम्पनीहरुलाई ती देशमा आफ्नो व्यापार विस्तार गर्न मात्र नभइ गुप्तरुपमा ती देशको राजनीतिमा प्रवेश गरेर दिर्घकालिन प्रभाव पनि सुनिश्चित गरेको चर्चा विश्वव्यापी रुपमा हुन थालेको र चिनियाँ मिसनको उत्कृष्ण उदाहरणको रुपमा नेपाललाई देखाउँदै उसले यस्तो रिपोर्ट सार्वजनिक गरेको थियो ।

लगत्तै तत्कालीन अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार रहेका सुर्य थापाले ‘ग्लोबल वाच एनालिसिस’ को हवाला दिँदै प्रकाशित समाचारहरु झुठ रहेको दाबी गरेका छन् । प्रेस नोट प्रकाशित गर्दै थापाले प्रधानमन्त्रीको नाम जोडेर आएका ति समाचारहरु गैरजिम्मेवारपुर्ण र बदनियतका साथ प्रकाशित भएको उल्लेख गरेका छन् ।

उनले प्रधानमन्त्री ओलीको स्वीस बैँकमा ५.५ मिलियन अमेरिकी डलर रहेको रिपोर्ट शतप्रतिशत गलत कपोकल्पित रहेको बताएका थिए । ‘राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेको प्रष्ट नै छ ।’

उनले लेखेका थिए ‘आम नेपालीहरूलाई म यस्ता कुनै पनि दुष्प्रचारको भ्रममा नपर्न हार्दिक आह्वान गर्न चाहन्छु । र, सम्बन्धित निकायहरूले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न माग समेत गर्दछु ।’

आरोपकै बीच प्रधानमन्त्री ओलीले पनि यसका बारेमा प्रष्टिकरण दिइससकेका छन् ।

गतवर्ष पोखरामा एक कार्यक्रममा सम्बोधन गर्दै ओलीलै कम्बोडियामा तीन हजार करोड लगानी गरेको पत्ता लगाउन चुनौती दिएका थिए । ‘कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने विजनेस दिन्छु,’ ओलीले भनेका थिए, ‘देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस्, धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु।’

आफू र एमालेलाई बदनाम बनाउन विदेशमा पैसा लगानी गरेको छ भन्नेजस्ता आरोप लगाइने गरिएको ओलीको भनाइ थियो पहिले स्वीस बैंकमा र अहिले कम्बोडियामा पैसा राखेको भनेर हल्ला चलाइएको उनले बताए।

गतवर्षपनि मेडिकल व्यवसायी प्रसाइले नै ओलीले कम्बोडियाको टेलिकममा ३० अर्ब लगानी गरेको बताएका थिए। यस्ता आरोप लगाउनेलाई ओलीले ‘भुस्याहा कुकुर’को संज्ञा दिएका थिए ।पेट र मुख छ भनेर जे पनि खान्छ भन्ने नभएको भन्दै उनले राज्यको ढुकुटीबाट एक पैसा पनि खल्तीमा हाल्छ भने त्यो अपराध भएको बताएका थिए ।

आफू र श्रीमतीका नाममा भएका सबै सम्पत्ति दान गरिसकेको भन्दै ओलीले अर्काका लागि भ्रष्टाचार नगर्ने बताएका थिए । ‘मैले र श्रीमतीले सबै सम्पत्ति दान गरिसकेका छौं, कसका लागि सम्पत्ति राख्ने,’ उनले भने, ‘मैले भ्रष्टाचार गर्ने, अरुलाई दिने मुर्खता केपी ओलीले गर्दैन।’ स्मार्ट एक्सियाटा कम्पनी लिमिटेड जसलाई सामान्यतः स्मार्ट भनिन्छ ।

यो कम्बोडियाको सबैभन्दा ठूलो र प्रमुख मोबाइल टेलिकम्युनिकेशन सेवा प्रदायकमध्ये एक हो। यो कम्पनी मलेसियाको एक्सियाटा ग्रुप बर्हाद ( को सहायक कम्पनीको रूपमा सञ्चालनमा छ । एक्सियाटा ग्रुपले कम्पनीमा लगभग ७२.४८ प्रतिशत स्वामित्व राखेको छ ।

बाँकी स्वामित्व स्थानीय साझेदार र अन्य रणनीतिक लगानीकर्ताहरूमार्फत बाँडिएको छ । यसले ८० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। साथै यसले कम्बोडियाको राष्ट्रिय जिडीपीमा लगभग १ दशमलव ७ प्रतिशत योगदान पुर्याएको छ।

कम्बोडियामा टेलिकम्युनिकेशन क्षेत्रमा विदेशी लगानीका सम्भावना र प्रतिबन्धहरू छन् । तर यो क्षेत्रसँग सम्बन्धित लगानीका नियमहरू सरकारको नीति र कानूनी संरचनामा निर्भर हुन्छ। टेलिकम क्षेत्रमा विशेष गरी टावर निर्माण, इन्टरनेट सेवा र प्रविधि आपूर्ति जस्ता क्षेत्रहरूमा विदेशी लगानी सम्भव छ ।

कम्बोडिया इनभेस्टमेन्ट बोर्ड र मिनिस्ट्री अफ पोस्ट्स एन्ड टेलिकम्युनिकेशनले विदेशी लगानीको अनुमति दिन्छ। त्याहा लगानी गर्दा केही क्षेत्रमा स्थानीय साझेदारको अनिवार्य आवश्यकता पर्दछ ।

Tags: #ओलीको कम्बोडियामा लगानी

लोकप्रीय

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२

विचार

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२

थप समाचार

Arena Total Apostas

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२
MaxBet

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२
EstrelaBet

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२
Esporte Net

Jogos E Apostas Online Em Um Só Lugar

शुक्रबार पुस ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.