×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

२०२६ देखि दुबईको आकाशमा उड्ने ट्याक्सी, सपना साकार हुँदै

४ मंसिर २०८१

४ कार्तिक ,  काठमाण्डौ।

सडकमा गुड्ने चारपाङ्ग्रे ट्याक्सी पनि अब उड्ने छन् । झट्ट सुन्दा अचम्म लाग्न सक्छ । तर यो वास्तविकता हो । अब, ट्याक्सीले सडकमा मात्र होइन, आकाशमा पनि सेवा दिनेछ । कल्पना गरौँ, एउटा ट्याक्सीमा चढेर आकाशबाट शहरको मनमोहक दृश्य अवलोकन गर्दै आफ्नो गन्तव्यतर्फ उडिरहेको अवस्था !

Advertisement
Advertisement

अपत्यारिलो लाग्ने यो कुरालाई दुबईले बास्तविकतामा बदलेको छ । दुबईले आकाशमा उड्ने ट्याक्सीको सुरुवात गरेर भविष्यको यातायात प्रणालीतर्फ एक ठूलो कदम चाल्ने प्रयास गरेको छ । सन् २०२६ को सुरुवातदेखि नै दुबईका आकाशमा विद्युतीय एयर ट्याक्सीहरू उड्नेछन् ।

यसलाई यातायातका क्षेत्रमा एक क्रान्तिकारी परिवर्तनका रुपमा हेरिएको छ । यसरी उड्ने ट्याक्सीहरु तयार भइसकेका छन् । एयर ट्याक्सीहरू जसलाई इलेक्ट्रिक वर्टिकल टेक–अफ एण्ड ल्यान्डिङ (भख्त्इी) भनिन्छ । यिनीहरु विद्युतीय शक्तिबाट चल्छन्।

यी विमान रुपी ट्याक्सीहरू सडकको सट्टा आकाशमार्ग प्रयोग गर्नेछन्। विशेष रूपमा डिजाइन गरिएका भर्टिपोर्टहरूबाट उडान भर्ने र अवतरण गर्नेछन् । सामान्यतः दुईदेखि चार यात्रु राख्न सक्ने क्षमता यसमा रहने छ भने २०० देखि ३०० किमि प्रति घण्टाको गतिमा यिनीहरु उड्ने छन् ।

छोटो दुरीका यात्रालाई ट्राफिक जामविनाको सुविधा दिने यसको लक्ष्य रहेको छ। यद्यपि प्रारम्भमा यो सेवा महँगो हुने र सर्वसाधारणको पहुँचमा नरहन सक्ने सम्भावना रहेको छ । यसको अनुमतिको प्रक्रिया सुरु भइसकेको छ ।

दुबईस्थित पब्लिक ट्रान्सपोर्ट एजेन्सीका प्रमुखकार्यकारी अहमद बहरोजयानका अनुशार सुरुवातमा चार स्थानमा पर्यटकलाई केन्द्रमा राखेर संचालन गरिनेछ । दुबई अन्तर्राष्ट्रिय विमानस्थल, पाम जुमेराह, डाउनटाउन दुबई र दुबई मरीनाबाट सुरुवातमा स्थानीय बासिन्दा र पर्यटकहरूलाई सेवा प्रदान गर्ने योजना रहेको छ।

यात्रुहरूले जोबी एभिएसनको मोबाइल एपमार्फत सजिलै एयर ट्याक्सी बुक गर्न सक्नेछन् । विज्ञहरू भन्छन् कि यसको सुरुवातपछि मानिसहरूले इमिरेट्स पुग्न एयर ट्याक्सी प्रयोग गरेमा ४० प्रतिशत समयको वचत गर्नेछन् ।

एयर ट्याक्सीहरूले सडक यातायातको तुलनामा निकै छिटो यात्रा गर्न सक्नेछन् । विशेषगरी जाम भएको बेला यो निक्कै फाइदाजनक हुने भनिएको छ । यस्तै विद्युतीय शक्तिबाट चल्ने भएकाले यी ट्याक्सीहरूले प्रदूषण कम गर्नेछन् ।

यद्यपि एयर ट्याक्सीहरूको सुरक्षित र भरपर्दो सञ्चालनका लागि अत्याधुनिक प्रविधि र नियन्त्रण प्रणाली आवश्यक पर्ने र खराब मौसमले उडानलाई प्रभाव पार्न सक्ने आशंका गरिएको छ । एयर ट्याक्सी सेवाको लागत अझै स्पष्ट भएको छैन।

यो सेवा महँगो भए सर्वसाधारणको पहुँचभित्र पर्ने कि नपर्ने भन्न समेत प्रश्न उठेको छ । ट्राफिक जाम होस् या वातावरण प्रदूषण नेपालको संघीय राजधानी काठमाडौंले समेत सडकको चाप कम गराउने उपाय खोजी रहेको छ ।

राजनीतिक दलहरुबाट मेट्रो देखि मोनो रेलसम्मका योजना आएपनि तिनीहरु भाषण र योजनामा मात्रै सिमित छन् । सुरु भएको फ्लाइओभर समेत कछुवा गतिमा रहदा दिनानुदिन काठमाडौंको सडकमा चाप बढ्दो छ ।

तर नेपाल जस्ता विकासोन्मुख देशका लागि आकाशा उड्ने ट्याक्सी जस्ता अत्याधुनिक प्रविधिहरू भित्रिन् निक्कै समय लाग्न सक्छ। तर, हामीले पनि यस्ता नवीन प्रविधिहरूको विकास र प्रयोगमा ध्यान दिनुपर्छ।

हाम्रो पहाडी भूगोल र विकट सडक सञ्जालका कारण हवाई यातायातको महत्त्व अझ बढी छ। यस्ता प्रविधिहरूको विकास र प्रयोगले हाम्रो यातायात प्रणालीलाई सुधार गर्न र आर्थिक विकासलाई गति दिन सक्छ।

Advertisement

हामीले अनुसन्धान, विकास र अन्तर्राष्ट्रिय सहयोगलाई प्राथमिकता दिनुपर्छ। आकाशमै गुड्ने ट्याक्सीको सपनाले हामीलाई भविष्यको यातायातको झलक देखाइरहेको छ। यो प्रविधिले हाम्रो जीवनलाई कसरी परिवर्तन गर्नेछ भन्ने प्रश्नको जवाफको लागि चाँही प्रतिक्षा नै गर्नुपर्नेछ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top