×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

पूर्वमन्त्रीको ‘ग्राण्डी सिटी हस्पिटल’ नै अवैध,बालेनले घोक्रेठ्याक लगाए

४ मंसिर २०८१

४ कार्तिक , काठमाण्डौ।

काठमाडौँमा रहेको ‘ग्राण्डी सिटी हस्पिटल’ खाली गराउन गएको काठमाडौं महानगरको टोलीलाई अस्पताल संचालकले अवरोध गरेका छन् । २०७७ सालमै अवैध रुपमा संचालन गरिएको भन्दै उजुरी परेको अस्पताल खाली गराउन पछिल्लो समय सर्वाेच्च अदालतले समेत आदेश दिएपछि अस्पताल खाली गराउन गएको महानगरको टोलीलाई अस्पतालका अध्यक्ष समेत रहेका पूर्व अर्थसहायक मन्त्री डा. रुप ज्योतिले अवरोध गरेका छन् ।

Advertisement
Advertisement

सर्वाेच्चको आदेशपछि महानगरपालिकाले असोज १३ गते कार्तिक ६ सम्म खाली गर्न र नगरेमा ७ गते डोजर पठाउने पत्राचार गरेको थियो । सोही बमोजिम कार्तिक ७ गते काठमाडौं महानगरपालिकाको तर्फबाट सबन्धित नगरप्रहरीहरु गई सो घर÷फ्ल्याट खाली गराउन भनेका थिए ।

तर रुप ज्योति समूहले भने अस्पताल सार्ने विषय अन्य पसल सारे जस्तो नहुने भन्दै थप समय माग गरेका थिए । तर महानगरको टोलीले पटक पटक समय दिँदा समेत अस्पताल खाली नगरेको भन्दै सोमबार विहानै महानगरको टोलीले अस्पताल खाली गराउन पुगेको थियो ।

तर महानगर प्रहरी र कर्मचारीसहितको टोलीलाई रुप ज्योतिले नै अवरोध गरेका थिए । महानगर सर्वाेच्चको आदेश अनुशार अस्पताल खाली गराउन गएको भन्दै कानून वमोजिम अस्पताल खाली गराउनुको कुनै विकल्प नरहेको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताएका छन् ।

उनले अस्पताल प्रशासनलाई छलफलमा लागि आज महानगरको कानूनी शाखामा बोलाइएको भन्दै कुनै पनि हालतमा अस्पताल खाली गराइने नेपाल टाइम्सलाई जानकारी दिएका छन् ।ज्योति भवन कान्तिपथमा रहेको ग्राण्डी सिटी हस्पिटल सन् २०१३ मा धापासीमा रहेको ग्राण्डी इन्टरनेशनल हस्पिटलको शाखाको रूपमा सञ्चालन भएको थियो।

सञ्चालकबीचको मतभेदले कान्तिपथमा रहेको शाखा अस्पताल ‘ग्राण्डी सिटी हस्पिटल’ नामले मात्र सञ्चालन हुन थाल्यो । ग्राण्डी सिटी हस्पिटल कुनै निकायमा दर्ता नभएको भनेर २०७७ सालमा नै उजुरी परेको थियो। ज्योति भवनमा रहेको ग्राण्डी सिटी हस्पिटल अवैध रूपमा सञ्चालनमा रहेको उक्त भवनका मालिक तथा उद्योगपति पद्मज्योतीले नै पुष्टि गरेका थिए ।

ज्योतिले सार्वजनिक सूचनामा भाइ डा. रूपज्योती र मिला सायमी मिलेर खोलेको उक्त अस्पतालले आफ्नो स्वामित्वको भवन समेत प्रयोग गरेपनि हालसम्म भाडा नदिएको उल्लेख गरेका थिए । ज्योति समूहका दाजुभाइ पद्म ज्योति र डा रुप ज्योतिबीच आन्तरिक विवाद सार्वजनिक मञ्च हुँदै अदालती लडाईंसम्मै पुगेको थियो ।

पद्म ज्योतिले आफ्नो भवनमा रहेको अस्पताल हटाउन बारम्बार ताकेता गरिरहेका छन्। पद्म ज्योति समूहले एक विज्ञप्ति सार्वजनिक गर्दै अस्पताललाई सात दिन भित्र खाली गर्न भनेर नभनी विगत सात वर्षदेखि नै भन्दै आइरहेको प्रष्ट पारेको छ।

समूहले सात वर्षअघि नै काठमाडौं महानगरपालिकाबाट न्यायीक निरुपण भइसकेकाले सोही अनुसार घर खाली गर्न पटक पटक भनिएको जानकारी दिएको छ। समूहले ग्रण्डी सिटी क्लिनिक अस्पतालले अस्पताल खाली गर्नुपर्छ भन्ने थाहा हुँदाहुँदै धमाधम बिरामीहरु भर्ना लिने र उनै बिरामीहरुको आडमा अरुको घर÷फल्याट अनन्त कालसम्म गैरकानूनी ढंगले कब्जा गर्न खोजिएको आरोप पनि लगाएको छ।

दुई दाजुभाइबीच भएको अंश भागबन्डामा ज्योति भवन आधा–आधा हुँदा दुवैतिर फैलिएको अस्पतालमध्ये आइपीडी सेवा, आइसीयु, एचसीयु र एनआइसियु अप्रेसन थिएटर र इएनटीको उपचार सेवा पद्म ज्योतिको भागमा परेको भवनमा रहेका छन्।

अस्पताल डा रुप ज्योतिले सञ्चालन गरेको हुँदा ती विभाग त्यहाँबाट हटाउन उनका दाइ पद्म ज्योतिले कानुनी लडाइँ नै लडेका हुन्। डा रुप ज्योतिले भने अस्पताल ’ज्योति समूह’कै रहेको बताउँदै पद्म ज्योतिलाई त्यसको भाडा तिर्ने बताउँदै आएका छन्।

अत्याधुनिक उपकरणसहित अन्तराष्ट्रिय मापदण्ड अनुसार ती विभागहरु बनाइएकाले सार्न सहज नहुने भन्दै भाडामा दिन आग्रह गरेका छन् । पद्म ज्योतिले भने भाइ डा रुप ज्योतिको उक्त आग्रह अस्वीकार गर्दै अस्पतालका ती विभाग रहेको घर÷फ्ल्याट खाली गरी बहाल रकम दिलाई–भराई पाउँ भन्दै काठमाडौं महानगरपालिका न्यायिक समिति मुद्दा हालेका थिए।

जसले उनीहरुबीचको विवाद अझ बल्झिएको थियो। महानगरपालिकाको निर्णयविरुद्ध उच्च हुँदै मुद्दा सर्वोच्च पुगेको थियो। दुई दाजु भाईबीच २०३९ सालमै अशंबण्डा भएको थियो। जस अनुसार पद्म ज्योतिको नाममा वडा नम्बर २७ को कित्ता नम्बर २३९० जग्गामा बनेको घर छ।

उक्त घरको पहिलो तल्लामा ५२२५.६८ वर्गफुट र दोस्रो तल्लाको ६९३४ वर्गफुट गरी दुई तल्लामा अस्पताल चलेको छ। पद्म ज्योति समूहका अनुसार उक्त दुई फ्ल्याट प्रयोग गरेबापत मासिक एक लाख असी हजार भाडा दिने मौखिक सहमति अनुसार डा रुप ज्योती सञ्चालक रहेको ग्राण्डी सिटी अस्पतालले २०७१ सालदेखि प्रयोग गरेका हुन्।

पद्म ज्योति समूहले २०७६ सालमा उक्त भवन आफूलाई आवश्यक रहेको भन्दै भाई रुप ज्योतिलाई घर खाली गर्न आग्रह गरे। उनीहरुले लिखित र मौखिक रुपमा नै खाली गर्न आग्रह गरेको बताएका छन्।

दुई वटा फ्ल्याट खाली गराउन भन्दै निवेदन दर्ता गथर्दा सम्म १ करोड ५४ लाख ३२ हजार रुपैयाँ भाड लिन बाँकी रहेको दाबी पद्म ज्योति समूहले गरेको छ। पद्म ज्योति समूहले काठमाडौं महानगरपालिकको न्यायिक समितिमा निवेदन दिएपछि न्यायिक समितिले २०७८ असोज २४ गते फैसला गरेको थियो।

’रुप ज्योति समूहको घरजग्गा सम्पतिमा हक नै नभएको र उनीहरु भाडा नतिरी बसीरहन मिलेन। यसर्थ बाहाल रकम वार्षिक २५ लाख भित्रकै भएको देखिँदा स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ४७ उपदफा (१) को देहाय (ज) बमोजिम प्रतिवादीले वादीलाई तिर्न बुझाउन पर्ने देखिएको बाल रु १,५४,३२,०००÷– (अक्षरेपी एक करोड चौवन्न लाख बत्तिस हजार रुपैया) प्रतिवादीबाट भराई उल्लेखित घर फ्ल्याट खाली गरिदिने ठहर्छ’ भनी फैसला भएको थियो ।

यसका साथै उक्त फैसलाको पुनरावेदन नपरेमा वादीलाई बुझाउनु पर्ने बाहाल रकम एक करोड चौवन्न लाख बत्तिस हजार रुपैयाँ बुझाई प्रतिवादीलाई घर फ्ल्याट खाली गर्नु भनी जनाउ दिनु पनि भनिएको थियो। म्याद भित्र खाली नगरे यसै कार्यालयबाट डोर खटी आवश्यक परे नेपाल प्रहरीको समेत सहयोग लिई खाली गर्नु भनी फैसलामा उल्लेख गरिएको छ।

उक्त फैसला बिरुद्ध ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पीटल प्रालिले काठमाडौं जिल्ला अदालतमा पुनरावेदन गरेको थियो। काठमाडौं जिल्ला अदालतबाट २०७९ फागुन २९ गते काठमाडौं महानगरपालिका न्यायिक समितिले गरेको फैसला सदर गर्योे।

त्यसपछि पद्म ज्योति समूहले फैसला अनुसार घर फ्ल्याट खाली गराई निवेदन दर्ता गर्दाको मितिसम्म विपक्षीबाट पाउनु पर्ने बहाल रकम एक करोड सन्तानब्बे लाख बाउन्न हजार रुपैयाँ र घर खाली गर्दासम्म हुन आउने थप बहाल रकम समेत दिलाई उक्त फैसला कार्यान्वयन गरी पाउँ भनी काठमाडौं महानगरपालिकामा पुनः निवेदन दिएको थियो।

महानगरपालिकाले २०८० फागुन २४ गते पत्राचार गर्दै दश दिनको म्याद दिएको विषय पद्म ज्योति समूहले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। विवरण अनुसार उक्त दश दिनको म्यादको पत्र रुप ज्यति आफैंले बुझेका थिए।

त्यसपछि उक्त पत्रको विरुद्धमा ग्राण्डी सिटी अस्पतालले पुनः अन्तरिम आदेश सहित निषेधाज्ञाको आदेश जारी गरी पाउँ भनी उच्च अदालत पाटनमा निवेदन दिएको थियो। उच्च अदालतको एकल इजलासबाट २०८० चैत ६ गते अस्पतालको पक्षमा अन्तरिम आदेश जारी भयो। त्यसपछि पद्म ज्योति समूह सर्वोच्च पुगे।

सर्वोच्चले चैत २४ गते उच्च अदालतको आदेश बदर गर्दै पद्म ज्योति समूहकै पक्षमा आदेश दियो। त्यसपछि २०८१ असार १९ गते उच्च अदालत पाटनबाट निषेधाज्ञाको मुद्दा खारेज गर्ने गरी फैसला भएको पद्म ज्योति समूहको विवरणमा लेखिएको छ।

उक्त फैसलापछि पद्म ज्योति समूहले घर खाली गर्न महानगरसँग अनुरोध गर्यो । महानगरले उक्त घर÷फ्ल्याट खाली गराउने क्रममा स्थलगत निरीक्षण गरी दुबै पक्षलाई राखी छलफल गराएको थियो।

खाली गराउने सम्बन्धमा ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पीटल प्रालि सँग दुबै पक्षलाई मन्जुर हुने गरी घर÷फ्ल्याट खाली गराउन उचित समयसिमा सहितको कार्ययोजना माग गरिएको थियो। सो क्रममा अस्पतालले दुई वर्षको समय माग गरेको छ।

अस्पतालले दुई वर्षको समय मागेपछि पद्म ज्योति समूहले त्यसलाई नमान्दै अदालतको फैसला अनुसार घर खाली गराउने प्रक्रिया अगाडि बढायो। महानगरपालिकाले असोज १३ गते कार्तिक ६ सम्म खाली गर्न र नगरेमा ७ गते डोजर पठाउने पत्राचार गरेको थियो ।

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा अर्थ सहायक मन्त्री बनेका उद्योगपति डा. रूप ज्योती उक्त अस्पतालका अध्यक्ष हुन् । विगतमा यो अस्पताल भाडाको कोखमा बच्चा उत्पादन गर्ने (सरोगेसी) थलोको रूपमा पनि ठूलै विवादमा आएको थियो ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top