इरानी परमाणु केन्द्रमा इजरेली आक्रमण

४ कार्तिक ,एजेन्सी ।

तेल तथा परमाणु साइटहरुमा आक्रमण नगर्न दबाब बढिरहेकै बेला इजरायलले इरानमा एकपछि अर्को हमला गरेको छ । इजरायलले फेरि इरानका कयौँ आणविक स्थलमा आक्रमण गरेको छ । यो आक्रमणबाट इरान स्तब्ध भएको छ ।

यसै सन्दर्भमा इजरायलले अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेको छ । आफूले ट्रम्पसँग कुरा गरेको र दुवै देश इरानको खतराप्रति चिन्तित रहेको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन् ।

अमेरिकासँग मिलेर हामी इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने प्रयास गरिरहेका छौँ उनले भनेका छन् । यसअघि अक्टोबर २६ मा भएको आक्रमणले इरानको आणविक कार्यक्रमलाई ठुलो धक्का दिएको पनि उनले बताए ।

अमेरिकामा हालका राष्ट्रपति जो बाइडेनले नेतन्याहुलाई इरानी संवदेनशील क्षेत्रमा आक्रमण नगर्न सचेत गराएका थिए । तर अर्को महिनादेखि अमेरिकी सरकारको नेतृत्व गर्ने ट्रम्पले भने इरानको यस्ता अति संवेदनशील क्षेत्रमै आक्रमण गरेर उसको ढाड भाँच्न नेतान्याहुलाई हौसाएको विभिन्न रिपोर्टहरुमा उल्लेख छ।

यद्यपि अझैपनि बाइडेनको नेतृत्वमा रहेको अमेरिका गाजालाई लिएर भने नेतान्याहुको मनोमानीसँग बेखुस देखिएको छ । इजरायलले हालै गाजामा सर्वसाधारणमाथि गरेको कारबाहीप्रति आफू चिन्तित रहेको अमेरिका भनेको छ ।

वेस्ट ब्यांकमा सञ्चालित छवटा शिविरहरूलाई उसले प्रतिबन्ध लगाएको छ । गाजामा इजरायली आक्रमणले सर्वसाधारणको सम्पत्तिमा पनि ठुलो क्षति पुगेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले इजरायलले यस क्षेत्रको शान्तिमा खलल पु¥याउनेमाथि कडा कारबाही गर्नुपर्ने बताएका थिए ।

हालै, आईएईए प्रमुख राफेल मारियानो ग्रोसीले मध्यपूर्वमा युद्ध जारी रहेकाले र राष्ट्रपति चुनाव जितेर डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्किँदै गर्दा इरानको बढ्दो आणविक कार्यक्रमबारे वार्ता र कूटनीतिको दायरा घट्दै गएको चेतावनी दिएका थिए ।

ग्रोसीले हालै तेहरानको भ्रमण गरेका थिए । उनले यो भ्रमण इरानको आणविक कार्यक्रमसम्म आफ्ना निरीक्षकहरूको पहुँच पुनर्स्थापित गर्न गरेका थिए । यसअघिका भ्रमणहरूमा उनले यस मामिलामा सीमित सफलता पाएका थिए ।

इजरायली प्रधानमन्त्रीले एक कार्यक्रममा अक्टोबर २६ मा भएको आक्रमणमा इरानको आणविक अखडामा ठुलो क्षति पुगेको बताए । उनले आणविक हतियार सम्पन्न इरान हाम्रो अस्तित्वका लागि खतरा भएको पनि बताए ।

‘हामी हाम्रा छिमेकी देशहरूसँग शान्ति सम्झौता चाहन्छौँ, ताकि विश्व शान्ति पनि स्थापना होस् ।’ उनले भनेका थिए । तर, अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको आणविक स्थल र तेलको कुवालाई लक्षित नगर्न अपिल गरेका थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top