एशियन पावर हाउस चीन नेपालद्वारा पराजित

एशियन पावर हाउस चीन नेपालद्वारा पराजित

काठमाडौँ,असोज १०
भारतमा जारी १८ वर्षमूनिको एशियन च्याम्पियन्सीप फुटबलमा नेपालले पहिलो जित हात पारेको छ । मंगलबारको खेलमा नेपालका लागि टीकाराज गुरुङले दुई तथा क्याप्टेन दिनेश हेन्जमको एक गोलको मद्धतले चीनलाई १ का विरुद्ध ३ गोलले पराजित गरेको हो ।

मैदानमा हावी बनेको नेपालले सुरुआतबाटै खेलमा दबाव बनाएको थियो । दक्षिण एशियाको पावर हाउस मानिएको चीनलाई पराजित गर्ने क्रममा नेपालका लागि टिकाराज गुरुङले खेलको सातौं मिनेटमा गोल गरेका थिए ।

अफ्गानिस्तानलाई ९ शुन्यले पराजित गर्न सफल चीनका लागि वाङ झियाङले खेलको ३२ औं मिनेट आकर्षक गोल गर्दै खेल बराबरीमा पुराएका थिए ।

पहिलो हाफसम्म दुवै टोली समान एक गोलको बराबरीमा रहेपनि दोश्रो हाफ नेपाली टोलीको पक्षमा रह्यो । समूह ए मा रहेको नेपालका लागि यो जितसंगै सेमिफाइनलमा पुग्ने संभावना जिवितै रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.