९ मंसिर , एजेन्सी ।
चीन र ताइवानबीच बढीरहेको तनावलाई लिएर हालै अमेरिकी कांग्रेस समिति र थिंक ट्यांकद्वारा युद्ध सिमुलेशनको आयोजना गरे । सो कार्यक्रमले यदि चीनले ताइवानमा हमला गर्छ भने त्योबेला ताइवानले स्वयंलाई बचाउनका लागि कमसे कम एकदुई महिनासम्म एक्लै लड्नु पर्ने निश्कर्ष निकालेको छ ।
त्यसपछि मात्रै अमेरिकाले आफ्नो सेनालाई पठाउन सक्छ । यो सिमुलेशन अमेरिकी हाउस सेलेक्ट कमेटी र सेंटर फर स्ट्राटेजिक एंड इंटरनेशनल स्टडीज (सीएसआईएस) द्वारा गरिएको थियो, जसको उद्देश्य ताइवानमा चिनियाँ हमलाका परिणामहरुको मूल्यांकन गर्नु थियो ।
अमेरिकी युद्ध सेमुलेशनको नेतृत्व कर्ता र सीएसआईएसका रक्षा विशेषज्ञ मार्क क्यानसियनले बढ्दो युद्धको आशंकामा प्रकाश पारे । उनले भने, ताइवानको पहाडी इलाका चिनियाँ सेनाका लागि चुनौतीपूर्ण छ ।
किनभने त्यहाँ दुई संकीर्ण तटीय करिडोर छन्, जसले ताइवानमा कब्जा गर्न कठिन हुनजान्छ । उनले ताइवानको सेना उत्तरमा तैनाथ रहेको, जो एक महत्वपूर्ण औद्योगिक क्षेत्र पनि हो र यसले चीनका लागि एक रणनीतिक समस्या पैदा गर्न सक्ने पनि उनले बताएका छन् ।
चीनको युद्धमा विकल्प उल्लेख गर्दै क्यानसियन भने, चीनसंग दुई विकल्प छन् । पहिलो, उसले उत्तरबाट ताइवानमा हमला गर्न सक्छ तर यसमा कडा प्रतिरोध मिल्नेछ । र दोस्रो उसले दक्षिणबाट हमला गर्नसक्छ, जहां सैनिकहरुलाई उर्तान पनि सहज हुने छ ।
यदी चीनले उत्तरबाट हमला गर्छ भने त, उसलाई ताइपेइमा कब्जा गर्न मुश्किल हुनेछ । यसका साथै क्यानसियनले ताइवानलाई छिटै नै चीनले घेरा हाल्न सक्ने पनि बताए । साथै अमेरिकालाई चीनको सो नाकाबंदी तोड्न मै तीनदेखि चार साता लाग्नेमा पनि जोड दिएका छन् ।
सिमुलेशनमा यदी चीनले दक्षिणबाट हमला गर्यो भने त पीपुल्स लिबरेशन आर्मीले ताइवानको कुनै बंदरगाह वा हवाई अड्डमा छिटै नै कब्जा गर्न आवस्यक रहेको पनि बताइएको छ । किनभने अमेरिका र जापान मिलेर चीनका जहाजहरुलाई निशाना बनाउने छन् ।
यदी ती जहाजहरु नष्ट भए भने चिनियाँ सेनालाई ताइवानमा सैनिकहरु पठाउन मुश्किल पर्नेछ । यद्यपि, क्यानसियनले के पनि भनेका छन् भने, अधिकांश परिदृश्यहरुमा अमेरिकी र जापानी सेनाहरुले जित्ने छ । तर भारी लागतमा ।
यसका साथै क्यानसियनले ताइवानलाई सुदृढ गर्नका लागि अमेरिकी प्रयास पहिला विफल हुन सक्ने पनि बताएका छन् । किनभने ताइवानको चारैतर्फ चीनको कडा नाकाबंदी हुनेछ र ताइवानले युद्धको पहिलो एक वा दुई महिना एक्लै लड्नु पर्नेछ ।
क्यानसियनले ताइवानलाई सहयोगका लागि ५०० हार्पून मिसाइल दिइनु पर्ने पनि बताएका छन् । जसलाई मोबाइल लन्चरमा तैनाथ गर्न सकिन्छ ताकि ताइवान बिना अमेरिकी स्थल सेनाको सहयोगमै चिनियाँ जहाजहरुमा हमला गर्न सक्छ ।