विराटनगर,असोज १०
विराटनगर महानगरपालिका वडा नम्बर १७ को वडा कार्यालय भवनको शिलन्यास गरिएको छ । मंगलबार कार्यवाहक मेयर इन्दिरा कार्कीले भवन निर्माणको शिलान्यास गरेकी हुन् ।
डेढ विगाहा क्षेत्रफलमा ५ कोठाको सुविद्या सम्पन्न भवन निर्माण गरिन लागिएको उनले जानकारी दिईन् । फोहर प्रशोधनको लागि राखिएको जमिन खाली भएपछि सोही जग्गामा वडा कार्यालयको भवन निर्माण गर्न लागिएको हो ।
करिव ३४ लाखको लागतमा निर्माण हुन लागेको भवन सुविद्या सम्पन्न हुनेछ । कार्कीले नगरबासीको सुविद्याको लागि नयाँ भवन निर्माण गर्न लागिएको बताईन् ।
महानगरका अनुसार हाल भाडामा संचालनमा रहेका वडा कार्यालयहरूमा ५,८,९,१४ छन् । भाडाका यी सवै वडा कार्यालयलाई आगामी दुई बर्षभित्रमै भवन निर्माण गरेर आफ्नै भवनमा स्थान्तरण गरिने महानगरका प्रशासकीय अधिकृत कुमारप्रसाद दाहालले बताए ।
साँघुरो भएर जेनतेन संचालनमा ल्याइएको वडा न २,४,१६ का भवनको समेत स्तरउन्नती गरिने दाहालले जानकारी दिए । वडा भवनको स्तरउन्नीको लागी महानगरले चालु आर्थिक वर्षमा २ करोड रूपैया विनियोजन गरेको छ ।