×

NEPAL TIMES UPDATES

Playing
काठमाडौं–दिल्ली कुटनीतिक वा*रः विदेश सचिवको नेपाल भ्रमण स्थगित|| Nepal Times
May 09, 2026
Playing
हान्टा भाइ*रसको त्रास: तीन जनाको मृ*त्युपछि विश्वभर त्रा*स|| Nepal Times
May 09, 2026
Playing
नेपाली मूलका उम्मेदवारको उल्लेख्य सफलता, केही पराजित|| Nepal Times
May 09, 2026
Playing
सुकुम्बासीमा डोजर लगाउन सर्वाेच्चले रोक्यो|| Nepal Times
May 08, 2026
Playing
आशाको केन्द्र मानिएका गगन मौनताको ओडारमा || Nepal Times
May 08, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-25-2083 || Nepal Times
May 08, 2026
Playing
प्रधानन्यायाधीश सिफारिस किन विवादमा पर्याे ? नोट अफ डिसेन्टमा के छ ? || Nepal Times
May 08, 2026
Playing
के कोरोना जस्तै हो हान्टा भाइरस ?८ केस भेटियो,१४९ यात्रु क्रुजमै फसे || Nepal Times
May 08, 2026
Playing
के क्यानडालाई ट्रम्पले टुक्र्याउन लागेका हुन् ? जनमतसंग्रह हुँदै|| Nepal Times
May 08, 2026
Playing
World News:होर्मुजमा जहाजको जाम,२० हजार मानिस फसे,क्यानडा टुक्रिन सक्ने|| Nepal Times
May 08, 2026

रवि–निकिताको तीन वर्षको खाता विवरण माग

१० मंसिर २०८१

१० मंसिर, काठमाण्डौ।
आइतबार कास्की जिल्ला अदालतले थप १५ दिन हिरासतमा राख्न अनुमति दिएपछि कास्की प्रहरीले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलको बैंक खाता विवरण पठाइदिन राष्ट्र बैंकसँग आग्रह गरेको छ ।

अनुसन्धानका क्रममा आवश्यक परेको भन्दै उनीहरूको तीन वर्षको खाता विवरण पठाइदिन आग्रह गरिएको हो । कास्की प्रहरीका अतिरिक्त केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अधिकारीहरूसमेत संलग्न रहेकाले बैंक खाताको विवरण माग गरिएको बताइएको छ ।

Advertisement
Advertisement

‘अनुसन्धानका क्रममा बैंक खाता विवरण आवश्यक परेकाले राष्ट्र बैंकमार्फत माग गरिएको छ,’ सिआइबीका एक उच्च अधिकारीले भने, ‘रविजी आफैंले पनि चुनावका बेला कतिपय रकम आएको स्वीकार गर्नुभएको छ ।’

पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा र वीरगन्जको सानो पाइला सहकारीको रकम हिनामिना भएको सन्दर्भमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ ।

सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति एवं पूर्वउपप्रधानमन्त्री लामिछानेलगायतको सम्पत्ति बेचबिखन र स्वामित्व हस्तान्तरणमा रोक लगाउन यसअघि सरोकारवाला सबै निकायलाई पत्राचार गरिसकिएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलगायतलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको कास्की प्रहरीले उनीहरूको सबै सम्पत्ति रोक्का राख्न सम्बद्ध निकायहरूलाई पत्राचार गरेको हो ।

लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुँदैछ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परी बयान चलिरहेको अवस्थामा उनीमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान सुरु भएको हो ।

‘गत वर्ष नै अनुसन्धान सुरु भएको थियो । सरकार फेरिएर उहाँ सरकारमा सहभागी भएपछि त्यो रोकिएको थियो । बैंकहरूबाट विवरण माग्ने काम गत वर्ष नै भएको हो । त्यसकै आधारमा अनुसन्धान हुनेछ,’ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका एक अधिकृतले भने, ‘सरकारमा गएपछि अनुसन्धान रोकिए पनि पक्राउ परेपछि उहाँमाथि अनुसन्धान गर्न सहज हुने भएको छ।’

गत वर्ष नै प्रधानमन्त्री कार्यालयमातहतको सम्पत्ति शुद्धीकरण विभागले लामिछानेको सम्पत्ति खोजबिन सुरु गरेको थियो । त्यसलाई आधार मानेर अहिले विभागले थप अनुसन्धान गरिरहेको छ ।

ग्यालेक्सी टेलिभिजनको सेयर किनबेचका क्रममा आर्थिक कारोबार नभएको भन्दै उनले पत्रकार सम्मेलन गरेकै दिन २०८० माघ ८ गते विभागले २० वटा बैंकलाई पत्र लेखेर खाता विवरण तथा कागजात उपलब्ध गराउन भनेको थियो ।

तर त्यसपछि लामिछाने स्वयं सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रूपमा सहभागी भएपछि उनीमाथिको अनुसन्धान रोकिएको थियो । अहिले उनी पक्राउ परेपछि भने विभागलाई पनि अनुसन्धान गर्न सहज भएको हो ।

संगठित अपराध, ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न अदालतबाट म्याद थपिएपछि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

कात्तिक २ गते काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई हिरासतमा राख्न पटक–पटक म्याद थपका क्रममा गत आइतबार पनि १५ दिनको म्याद थप गरिएको हो ।

सूर्यदर्शन सहकारी संस्थाको एक अर्ब ५० करोड ९० लाख ३० हजार पाँच सय रूपैयाँ अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तर लामिछानेको हस्ताक्षरसहितको चेक बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन सहकारी संस्थालाई बुझाएको अनुसन्धानका क्रममा भेटिएको प्रहरीको दाबी छ ।

रविले समेत आफ्नो चेक दूरुपयोग भएको बयान दिएको भनिएको छ । यो विषयमा प्रहरीले औपचारिक रूपमा सार्वजनिक गर्न चाहेको छैन । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०७२ सालदेखि नै उक्त सहकारीको रकम अपचलन हुँदै आएको थियो ।

उक्त सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जिबी राई) सँग मिलेर सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध सञ्चालक लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा परेको थियो ।

सूर्यदर्शनलगायत सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा लगिएको ६५ करोड रूपैयाँमध्ये धेरैजसो लामिछानेको हस्ताक्षरबाट खर्च गरिएको अनुसन्धानबाट देखिएको छ ।

यस्तै लामिछानेले चेक काटेर सहकारीलाई ब्याज तिरेको प्रमाण भेटिएको छ । सहकारी बचत अपचलन छानबिन गर्न गठित संसदीय विशेष समितिले औंल्याएभन्दा बढी प्रमाण प्रहरीले फेला पारेपछि अदालतले समेत लामिछानेलाई थुनामा राख्ने म्याद थप्दै लगेको छ ।

प्रहरीले अहिलेसम्म प्राप्त गरेका प्रमाणअनुसार गोर्खा मिडिया नेटवर्कले पाँच सहकारीबाट ६७ करोड ७६ लाख लिएको थियो, त्यसको ब्याज भुक्तान गर्न १ करोड ५५ लाख ८६ हजार ३ सय ४ रुपैयाँ लामिछाने आफैंले चेक काटेर भुक्तान गरेका थिए ।

यसका लागि उनले विभिन्न मितिमा काटेका करिब तीन दर्जन चेक प्रहरीले बरामद गरेको छ । ‘स्वर्णलक्ष्मी सहकारीलाई ब्याजबापत ९३ लाख ६ हजार ६ सय ६० रुपैयाँ भुक्तान गर्न लामिछानेले गोर्खा मिडिया नेटवर्कको नाममा १५ थान चेक काटेको भेटिएको छ ।

त्यस्तै पोखराको सूर्यदर्शन सहकारीलाई ब्याजबापत २२ लाख ३७ हजार ६ सय ४४ रुपैयाँ भुक्तान गर्न लामिछानेले ग्लोबल आईएमई बैंकमा रहेको खाताबाट १५ थान चेक काटेको भेटिएको छ ।

त्यस्तै रूपन्देहीको सुप्रिम सहकारीलाई ४० लाख ४२ हजार रुपैयाँ भुक्तान गर्न पनि लामिछानेले नै चेक काटेको पनि प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन ।

गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सञ्चालक छविलाल जोशी र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेमध्ये कुनै एक जनाको हस्ताक्षर चल्ने गरी ग्लोबल आईएमई बैंकमा सञ्चालन गरिएको खाताको विवरण संसदीय समितिले नै प्राप्त गरेको थियो ।

समितिले खाता सञ्चालकका रूपमा लामिछानेसहितले भरेको केवाईसी फारामसमेत फेला पारेको थियो । सोही खाताबाट लामिछानेले सहकारीलाई ब्याज पनि भुक्तान गरेको प्रमाण प्रहरीले संकलन गरेको हो ।

Advertisement

लामिछानेसँगै सूर्यदर्शनलगायत सहकारीको रकम ठगी प्रकरणमा मुछिएका गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी पनि अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा छन् । सहकारी ठगीका मुख्य आरोपी राई भने फरार छन् ।

Advertisement

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top