NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Melbet промокод 2025: BCVIP Мелбет бонус: 520$ मङ्लबार माघ ६ , २०८२
Мелбет ЦУПИС: веб-журнал, авиамагистраль, коэффициенты, платежи मङ्लबार माघ ६ , २०८२
Мелбет казино вдобавок БК Вход нате должностной сайт Melbet मङ्लबार माघ ६ , २०८२
Мелбет официальный сайт скачать мобильную: сплошной веб-обозрение 2025 возраста मङ्लबार माघ ६ , २०८२
Мелбет офіційний сайт букмекерської контори огляд БК Melbet, ставки на спорт, бонуси मङ्लबार माघ ६ , २०८२
Next
Prev

समाचार

रवि–निकिताको तीन वर्षको खाता विवरण माग

सोमवार मंसिर १० , २०८१
Reading Time: 1 min read
A A
रवि–निकिताको तीन वर्षको खाता विवरण माग
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१० मंसिर, काठमाण्डौ।
आइतबार कास्की जिल्ला अदालतले थप १५ दिन हिरासतमा राख्न अनुमति दिएपछि कास्की प्रहरीले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलको बैंक खाता विवरण पठाइदिन राष्ट्र बैंकसँग आग्रह गरेको छ ।

अनुसन्धानका क्रममा आवश्यक परेको भन्दै उनीहरूको तीन वर्षको खाता विवरण पठाइदिन आग्रह गरिएको हो । कास्की प्रहरीका अतिरिक्त केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अधिकारीहरूसमेत संलग्न रहेकाले बैंक खाताको विवरण माग गरिएको बताइएको छ ।

‘अनुसन्धानका क्रममा बैंक खाता विवरण आवश्यक परेकाले राष्ट्र बैंकमार्फत माग गरिएको छ,’ सिआइबीका एक उच्च अधिकारीले भने, ‘रविजी आफैंले पनि चुनावका बेला कतिपय रकम आएको स्वीकार गर्नुभएको छ ।’

पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा र वीरगन्जको सानो पाइला सहकारीको रकम हिनामिना भएको सन्दर्भमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ ।

सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति एवं पूर्वउपप्रधानमन्त्री लामिछानेलगायतको सम्पत्ति बेचबिखन र स्वामित्व हस्तान्तरणमा रोक लगाउन यसअघि सरोकारवाला सबै निकायलाई पत्राचार गरिसकिएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलगायतलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको कास्की प्रहरीले उनीहरूको सबै सम्पत्ति रोक्का राख्न सम्बद्ध निकायहरूलाई पत्राचार गरेको हो ।

लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुँदैछ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परी बयान चलिरहेको अवस्थामा उनीमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान सुरु भएको हो ।

‘गत वर्ष नै अनुसन्धान सुरु भएको थियो । सरकार फेरिएर उहाँ सरकारमा सहभागी भएपछि त्यो रोकिएको थियो । बैंकहरूबाट विवरण माग्ने काम गत वर्ष नै भएको हो । त्यसकै आधारमा अनुसन्धान हुनेछ,’ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका एक अधिकृतले भने, ‘सरकारमा गएपछि अनुसन्धान रोकिए पनि पक्राउ परेपछि उहाँमाथि अनुसन्धान गर्न सहज हुने भएको छ।’

गत वर्ष नै प्रधानमन्त्री कार्यालयमातहतको सम्पत्ति शुद्धीकरण विभागले लामिछानेको सम्पत्ति खोजबिन सुरु गरेको थियो । त्यसलाई आधार मानेर अहिले विभागले थप अनुसन्धान गरिरहेको छ ।

ग्यालेक्सी टेलिभिजनको सेयर किनबेचका क्रममा आर्थिक कारोबार नभएको भन्दै उनले पत्रकार सम्मेलन गरेकै दिन २०८० माघ ८ गते विभागले २० वटा बैंकलाई पत्र लेखेर खाता विवरण तथा कागजात उपलब्ध गराउन भनेको थियो ।

तर त्यसपछि लामिछाने स्वयं सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रूपमा सहभागी भएपछि उनीमाथिको अनुसन्धान रोकिएको थियो । अहिले उनी पक्राउ परेपछि भने विभागलाई पनि अनुसन्धान गर्न सहज भएको हो ।

संगठित अपराध, ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न अदालतबाट म्याद थपिएपछि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

कात्तिक २ गते काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई हिरासतमा राख्न पटक–पटक म्याद थपका क्रममा गत आइतबार पनि १५ दिनको म्याद थप गरिएको हो ।

सूर्यदर्शन सहकारी संस्थाको एक अर्ब ५० करोड ९० लाख ३० हजार पाँच सय रूपैयाँ अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तर लामिछानेको हस्ताक्षरसहितको चेक बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन सहकारी संस्थालाई बुझाएको अनुसन्धानका क्रममा भेटिएको प्रहरीको दाबी छ ।

रविले समेत आफ्नो चेक दूरुपयोग भएको बयान दिएको भनिएको छ । यो विषयमा प्रहरीले औपचारिक रूपमा सार्वजनिक गर्न चाहेको छैन । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०७२ सालदेखि नै उक्त सहकारीको रकम अपचलन हुँदै आएको थियो ।

उक्त सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जिबी राई) सँग मिलेर सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध सञ्चालक लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा परेको थियो ।

सूर्यदर्शनलगायत सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा लगिएको ६५ करोड रूपैयाँमध्ये धेरैजसो लामिछानेको हस्ताक्षरबाट खर्च गरिएको अनुसन्धानबाट देखिएको छ ।

यस्तै लामिछानेले चेक काटेर सहकारीलाई ब्याज तिरेको प्रमाण भेटिएको छ । सहकारी बचत अपचलन छानबिन गर्न गठित संसदीय विशेष समितिले औंल्याएभन्दा बढी प्रमाण प्रहरीले फेला पारेपछि अदालतले समेत लामिछानेलाई थुनामा राख्ने म्याद थप्दै लगेको छ ।

प्रहरीले अहिलेसम्म प्राप्त गरेका प्रमाणअनुसार गोर्खा मिडिया नेटवर्कले पाँच सहकारीबाट ६७ करोड ७६ लाख लिएको थियो, त्यसको ब्याज भुक्तान गर्न १ करोड ५५ लाख ८६ हजार ३ सय ४ रुपैयाँ लामिछाने आफैंले चेक काटेर भुक्तान गरेका थिए ।

यसका लागि उनले विभिन्न मितिमा काटेका करिब तीन दर्जन चेक प्रहरीले बरामद गरेको छ । ‘स्वर्णलक्ष्मी सहकारीलाई ब्याजबापत ९३ लाख ६ हजार ६ सय ६० रुपैयाँ भुक्तान गर्न लामिछानेले गोर्खा मिडिया नेटवर्कको नाममा १५ थान चेक काटेको भेटिएको छ ।

त्यस्तै पोखराको सूर्यदर्शन सहकारीलाई ब्याजबापत २२ लाख ३७ हजार ६ सय ४४ रुपैयाँ भुक्तान गर्न लामिछानेले ग्लोबल आईएमई बैंकमा रहेको खाताबाट १५ थान चेक काटेको भेटिएको छ ।

त्यस्तै रूपन्देहीको सुप्रिम सहकारीलाई ४० लाख ४२ हजार रुपैयाँ भुक्तान गर्न पनि लामिछानेले नै चेक काटेको पनि प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन ।

गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सञ्चालक छविलाल जोशी र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेमध्ये कुनै एक जनाको हस्ताक्षर चल्ने गरी ग्लोबल आईएमई बैंकमा सञ्चालन गरिएको खाताको विवरण संसदीय समितिले नै प्राप्त गरेको थियो ।

समितिले खाता सञ्चालकका रूपमा लामिछानेसहितले भरेको केवाईसी फारामसमेत फेला पारेको थियो । सोही खाताबाट लामिछानेले सहकारीलाई ब्याज पनि भुक्तान गरेको प्रमाण प्रहरीले संकलन गरेको हो ।

लामिछानेसँगै सूर्यदर्शनलगायत सहकारीको रकम ठगी प्रकरणमा मुछिएका गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी पनि अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा छन् । सहकारी ठगीका मुख्य आरोपी राई भने फरार छन् ।

Tags: #रवि–निकिता#सहकारीको ब्याज

लोकप्रीय

Melbet промокод 2025: BCVIP Мелбет бонус: 520$

मङ्लबार माघ ६ , २०८२

Мелбет ЦУПИС: веб-журнал, авиамагистраль, коэффициенты, платежи

मङ्लबार माघ ६ , २०८२

Мелбет казино вдобавок БК Вход нате должностной сайт Melbet

मङ्लबार माघ ६ , २०८२

विचार

Melbet промокод 2025: BCVIP Мелбет бонус: 520$

मङ्लबार माघ ६ , २०८२

Мелбет ЦУПИС: веб-журнал, авиамагистраль, коэффициенты, платежи

मङ्लबार माघ ६ , २०८२

Мелбет казино вдобавок БК Вход нате должностной сайт Melbet

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Melbet промокод 2025: BCVIP Мелбет бонус: 520$

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет ЦУПИС: веб-журнал, авиамагистраль, коэффициенты, платежи

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет казино вдобавок БК Вход нате должностной сайт Melbet

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет официальный сайт скачать мобильную: сплошной веб-обозрение 2025 возраста

मङ्लबार माघ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Melbet промокод 2025: BCVIP Мелбет бонус: 520$

मङ्लबार माघ ६ , २०८२

Мелбет ЦУПИС: веб-журнал, авиамагистраль, коэффициенты, платежи

मङ्लबार माघ ६ , २०८२

Мелбет казино вдобавок БК Вход нате должностной сайт Melbet

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.