मानव तस्करी प्रकरणमा लिलाबल्लभलाई उन्मुक्ति

९ मंसिर ८१, सोमबार

१० मंसिर , काठमाण्डौ।

मानव तस्करी प्रकरणमा कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिइएको छ । अधिकारीमाथि अब मुद्दा नचल्ने भएको छ । मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीमाथि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो ।

नेकपा एमालेका प्रदेशसभा सदस्य समेत रहेका अधिकारीमाथि मुद्दा नचल्ने निर्णय भएको हो । अन्य ११ जनाविरुद्ध भने मुद्दा दर्ता हुने भएको छ । सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालका अनुसार सांसद अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको हो ।

अन्य ११ जनाविरूद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको उनले जानकारी दिए । सरकारी वकिल कार्यालय काठमाडौंले जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा, महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई र गोपाल भन्ने योगराज गौतमविरूद्ध मुद्दा दर्ता भएको हो ।

दिवाकरबाबु, विष्णुप्रसाद र गोपाल भने फरार छन् । न्यायाधिवक्ता अर्यालका अनुसार जापानबाट तीन जना प्रतिवादीविरूद्ध पत्र प्राप्त भएको छ । जापानमा हुने इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका अधिकारीसहित चार जना कात्तिक ११ गते गएका थिए ।

उनीसँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो । राई, शेर्पा र देवकोटाविरूद्ध अध्यागमनले ‘एक्सक्लुसन अर्डर’ पठाएको न्यायाधिवक्ता अर्यालले बताए ।

‘उहाँको संलग्नता देखिँदैन । उहाँले नै जापान पुगेर अध्यागमनलाई खबर गरेको देखिन्छ । जापानको ल मिनिस्टरले तीन जनालाई चाहि फिर्ता गरेको देखिन्छ । तीन जनाविरूद्ध एक्सक्लुसन अर्डर भनेर पठाएको छ । र मन्त्री आफैले अनुरोध गरेर फिर्ता आएको देखिन्छ,’ अर्यालले भने ।

त्यस्तै सांसद अधिकारीले जापान पुगेर आफू प्रयोग भएको थापा पाएपछि त्यहाँबाट नेपाल प्रहरीका डिआइजीहरूलाई मेसेज गरेको देखिएको अर्यालले बताए । ‘उहाँले थाहा पाएपछि डिआइजीलाई ह्वाट्सएपमा मेसेज गरेको छ । डिआइजीबाट पनि प्रतिवेदन प्राप्त भएको छ । उनीसँगको स्क्रिनसटहरूबाट पनि त्यही देखिन्छ,’ उनले भने ।

यसपछि डिपोर्ट भएपछि तीन जनामाथि सोधपुछ गरेको आधारमा प्रहरीले महेश पाण्डे, जुगल रिजाल र वीरबहादुर सुनुवारलाई पक्राउ गरेको थियो । महेश पाण्डे यसमा मुख्य भूमिकामा देखिएका थिए ।

‘महेशले सांसदलाई तीन जना अरू पनि आउँदैछन् भनेर ह्वाट्सएपमा मेसेज गरेको देखिन्छ । तर सांसदले उक्त मेसेज खोलेको पनि देखिन्न,’ अर्यालले भने, ‘उहाँका नाममा किर्ते भएर कागजातहरू बनेका थिए । ती कागजातमा भएका हस्ताक्षर पनि उनीसँग मेल नखाएको भन्ने प्रहरीबाट प्राप्त भएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top