अब आणविक युद्ध नटर्ने, रुसविरुद्ध नेटोका हतियार प्रयोग गर्न अनुमति

११ मंसिर , एजेन्सी ।

नेटो देशहरूले रुस–युक्रेन युद्धको आगोमा इन्धन थप्दैछन्। पुटिनको आणविक चेतावनीलाई बेवास्ता गर्दै, एकपछि अर्को ३ नेटो सदस्य देशहरूले युक्रेनमा लामो दूरीको मिसाइल प्रयोग गर्न स्वीकृति दिएका छन्। पुटिनले पहिले नै भनेका छन् कि यदि नेटो मिसाइलले उनको देशमा प्रहार गरÞ्यो भने उनले पूर्ण नेटो राष्ट्रविरुद्ध आक्रमण गर्ने विचार गर्नेछन्।

रुस–युक्रेन युद्ध सुरु भएदेखि नै युक्रेनलाई सैन्य र आर्थिक सहयोग प्रदान गर्ने नेटो सदस्य राष्ट्रहरू अब यो युद्धलाई भड्काउने भूमिकामा देखिएका छन्। अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पका जेठा छोरा ट्रम्प जुनियरले बाइडेन प्रशासनको निर्णयमाथि प्रश्न उठाउँदै यसलाई तेस्रो विश्वयुद्ध सुरु गर्ने प्रयास भनेका थिए।

Advertisement

संयुक्त राज्य अमेरिकापछि पहिले बेलायत र अब फ्रान्सले पनि युक्रेनलाई रुसविरुद्ध लामो दूरीको ’स्क्याल्प मिसाइल’ प्रयोग गर्न स्वीकृति दिएको छ। फ्रान्सेली विदेश मन्त्री जिन–नोएल बारोटले बीबीसीलाई युक्रेनले “आत्मरक्षाको तर्क“ अन्तर्गत रसियामा फ्रान्सेली लामो दूरीका मिसाइलहरू प्रहार गर्न सक्ने बताएका छन्।

“बारोटले भनेका छन् कि फ्रान्स युक्रेनको समर्थनमा“ “रेड लाइन“ “खिच्न चाहँदैन।“ यद्यपि, उनले स्थल सेना तैनाथ गर्ने सम्भावनालाई अस्वीकार गरेनन्। “हामी कुनै पनि विकल्पलाई अस्वीकार गर्न सक्दैनौँ, जबसम्म यो आवश्यक छ हामी युक्रेनलाई सहयोग गर्न जारी राख्नेछौँ, किनभने यो युद्धमा सुरक्षा जोखिममा छ“, बारोटले भनेका छन् ।

Advertisement

“प्रत्येक पटक जब रुसको सेना एक किलोमिटर वर्गमा सर्छ, खतरा युरोपमा सर्छ“, उनले भनेका छन् । रुसको विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले फ्रान्सको कदम “युक्रेनका लागि सहयोग नभइ युक्रेनका लागि मृत्युको सङ्केत“ भएको सरकारी मिडियालाई बताएकी छन् ।

रुसले यस कदमका लागि पश्चिमी देशहरूलाई निरन्तर चेतावनी दिइरहेको छ। यसअघि, जब अमेरिकाले एटिएसिएमएस मिसाइलको प्रयोगलाई स्वीकृति दियो, पुटिनले रुसको आणविक सिद्धान्तमा ठुलो परिवर्तन गरेर त्यसको प्रतिक्रिया दिएका थिए ।

यो नयाँ आणविक सिद्धान्तअनुसार यदि रुसलाई आणविक शक्तिसम्पन्न देशको सहयोगमा आक्रमण गरियो भने यस्तो अवस्थामा उसले आणविक हतियार प्रयोग गर्नेछ । फ्रान्सेली स्क्याल्प मिसाइलहरू बेलायतको स्टर्म स्याडो मिसाइलहरू जस्तै छन्, लामो दूरीको मिसाइल हावा–देखि–हावा र हावा–देखि–भूमिमा आक्रमणका लागि प्रयोग गरिन्छ।

यसको वजन लगभग १३ सय ग्राम छ। १६ दशलमव ९ फिट लामो यो मिसाइलमा करिब ४५० किलोग्रामको वारहेड राखिएको छ। यो १९ इन्च लामो र २५ इन्च चौडा छ। स्क्याल्प मिसाइलको गति लगभग १२सय किलोमिटर प्रति घण्टा र ५५० किलोमिटरको दायरा छ ।

अमेरिकाले लामो दूरीको एटिएसिएमएस क्षेप्यास्त्र प्रयोग गर्न स्वीकृति दिएपछि बेलायतले युक्रेनलाई पनि स्टर्म स्याडो क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिएको छ । लगभग एक हप्ताअघि स्वीकृति पाएपछि युक्रेनले रसियामाथि ६ वटा एट्याक एमएस र दुईवटा स्टर्म स्याडो मिसाइल प्रहार गरेको थियो ।

तर रुसले यी सबै मिसाइलहरू खसालेको थियो । फ्रान्सको स्वीकृतिमा युक्रेनले रुसविरुद्ध पनि स्क्याल्प मिसाइल प्रयोग गर्न सक्नेछ। अब यो हेर्न बाँकी छ कि रसियाको स्थिति के हुनेछ, किनकि गत हप्ता रुसले युक्रेनलाई अन्तरमहाद्वीपीय मिसाइलले आक्रमण गर्यो ।

यद्यपि अल–जजिराको रिपोर्टअनुसार यो मिसाइलमा वारहेड थिएन । यो मिसाइल आक्रमण युक्रेन र अमेरिकासहित यसका सबै सहयोगीहरूलाई सन्देश पठाउनका लागि गरिएको हो भन्ने विश्वास गरिएको छ ।

रुसविरुद्ध लामो दूरीमा मिसाइलको आक्रमण र नेटो देशको अनुमतिपछि रुसका सीमावर्ती नेटोदेशहरुले युद्धको संभावनालाई पूर्वआकलन गर्दै जनतालाई युद्धबाट बच्न आवश्यक सर्तकतासहितका सन्देश जारी गरिसकेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

सम्बन्धित समाचार

Scroll to Top