आगलागीको प्रदूषणले विश्वभर हरेक वर्ष १५ लाखको मृत्यु

१३ मंसिर , काठमाण्डौ ।

आगलागीपछि फैलिने वायु प्रदूषण हरेक वर्ष विश्वभरमा १५ लाख मानिसहरुको मृत्युको कारण बनेको छ । मेडिकल जर्नल लान्सेटमा छापीएको एक स्टडीले यसको खुलासा गरेको हो । आश्चार्यजनक के छ भने यस प्रकारका मामिलामा सबैभन्दा धेरै विकासशील देशहरु नै परेका छन् ।

स्टडीका अनुसार, जलवायु परिवर्तनसंगै जसैजसै जंगलहरुमा आगलागी हुने घटनाहरु पटक पटक बढ्दै जाने र भीषण हुँदै जान्छन्, उति नै मृत्युको संख्या पनि बढ्ने खतरा उत्पन्न हुनेछ । अहिलेको डाटाका आधारमा रिसर्चर्सको अन्तर्राष्ट्रिय टीमले यसमा स्टडी गरेका छन् ।

यसमा सन २००० देखि २०१९ का बीच हरेक वर्ष आगलागी पछि फैलिएको प्रदूषण ठूलोे स्तरमा मुटुको विरामीको कारण बनेको छ । र यसमा ४ लाख ५० हजार जनाको मृत्यु हुने गरेको पाइएको छ । यसको अलावा हरेक वर्ष यही आगलागीबाट उत्पन्न भएको प्रदूषण मानिसहरुमा स्वासको समस्याको पनि कारण बन्ने गरेको छ ।

र यसबाट २ लाख २० हजारको मृत्युको कारण बनेको पनि पाइएको छ । आगलागीबाट उत्पन्न भएको प्रदूषण र यसले शरीरमा पर्दा हुने अलग–अलग प्रभावहरुका कारण विश्वभरमा हरेक वर्ष १५.३ लाख मृत्यु हुने गरेको छ ।

स्टडीमा भनिएको छ कि यस प्रकारको ९० प्रतिशत मृत्युहरु निम्न वा मध्यम आय भएका देशहरुमा हुने गरेको छ । यसमा ४० प्रतिशत त सहारा मरभूमि नजिक रहेको अफ्रीकी देशहरुमा हुने गरेको छ ।

आगलागी पछि फैलिने प्रदूषणले जुन देशहरुमा मृत्युहरुको रेकर्ड सबैभन्दा धेरै छ, त्यसमा एक नाम भारतको पनि छ । यसको अलावा चीन, डेमोक्रेटिक रिपब्लिक अफ कंगो, इंडोनेशिया र नाइजेरियामा पनि यसका कारण सबैभन्दा धेरै मृत्यु हुने गरेको पाइएको छ ।

रिपोर्टमा भनिएको छ कि भारतको उत्तरी क्षेत्रमा हरेक वर्ष खेतहरुमा अवैध तरीका आगो लगाउने घटना अगाडी आएको छ, जुन विषालु धुँवाको कारण बनेको छ र हालैमा यसले दिल्लीको वायु गुणवत्ता पनि निकै खराब र गंभीरको श्रेणीमा पुर्याएको छ ।

लान्सेटको स्टडीमा यो स्थितिबाट निस्कनका लागि र मृत्युहरुको बढ्दो आंकडालाई रोक्नका लागि तुरुन्त कदम उठाउन पनि माग गरिएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top