१३ मंसिर , काठमाण्डौ ।
आगलागीपछि फैलिने वायु प्रदूषण हरेक वर्ष विश्वभरमा १५ लाख मानिसहरुको मृत्युको कारण बनेको छ । मेडिकल जर्नल लान्सेटमा छापीएको एक स्टडीले यसको खुलासा गरेको हो । आश्चार्यजनक के छ भने यस प्रकारका मामिलामा सबैभन्दा धेरै विकासशील देशहरु नै परेका छन् ।
स्टडीका अनुसार, जलवायु परिवर्तनसंगै जसैजसै जंगलहरुमा आगलागी हुने घटनाहरु पटक पटक बढ्दै जाने र भीषण हुँदै जान्छन्, उति नै मृत्युको संख्या पनि बढ्ने खतरा उत्पन्न हुनेछ । अहिलेको डाटाका आधारमा रिसर्चर्सको अन्तर्राष्ट्रिय टीमले यसमा स्टडी गरेका छन् ।
यसमा सन २००० देखि २०१९ का बीच हरेक वर्ष आगलागी पछि फैलिएको प्रदूषण ठूलोे स्तरमा मुटुको विरामीको कारण बनेको छ । र यसमा ४ लाख ५० हजार जनाको मृत्यु हुने गरेको पाइएको छ । यसको अलावा हरेक वर्ष यही आगलागीबाट उत्पन्न भएको प्रदूषण मानिसहरुमा स्वासको समस्याको पनि कारण बन्ने गरेको छ ।
र यसबाट २ लाख २० हजारको मृत्युको कारण बनेको पनि पाइएको छ । आगलागीबाट उत्पन्न भएको प्रदूषण र यसले शरीरमा पर्दा हुने अलग–अलग प्रभावहरुका कारण विश्वभरमा हरेक वर्ष १५.३ लाख मृत्यु हुने गरेको छ ।
स्टडीमा भनिएको छ कि यस प्रकारको ९० प्रतिशत मृत्युहरु निम्न वा मध्यम आय भएका देशहरुमा हुने गरेको छ । यसमा ४० प्रतिशत त सहारा मरभूमि नजिक रहेको अफ्रीकी देशहरुमा हुने गरेको छ ।
आगलागी पछि फैलिने प्रदूषणले जुन देशहरुमा मृत्युहरुको रेकर्ड सबैभन्दा धेरै छ, त्यसमा एक नाम भारतको पनि छ । यसको अलावा चीन, डेमोक्रेटिक रिपब्लिक अफ कंगो, इंडोनेशिया र नाइजेरियामा पनि यसका कारण सबैभन्दा धेरै मृत्यु हुने गरेको पाइएको छ ।
रिपोर्टमा भनिएको छ कि भारतको उत्तरी क्षेत्रमा हरेक वर्ष खेतहरुमा अवैध तरीका आगो लगाउने घटना अगाडी आएको छ, जुन विषालु धुँवाको कारण बनेको छ र हालैमा यसले दिल्लीको वायु गुणवत्ता पनि निकै खराब र गंभीरको श्रेणीमा पुर्याएको छ ।
लान्सेटको स्टडीमा यो स्थितिबाट निस्कनका लागि र मृत्युहरुको बढ्दो आंकडालाई रोक्नका लागि तुरुन्त कदम उठाउन पनि माग गरिएको छ ।