×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026

भारतले पाकिस्तानमा च्याम्पियन ट्रफी नखेल्ने

१३ मंसिर २०८१

१३ मंसिर ,एजेन्सी ।

भारतले आयोजक राष्ट्र पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले च्याम्पियन ट्रफीका बारेमा थप निर्णयमा पुग्नु पर्ने भएको छ । जसका कारण सन २०२५ को च्याम्पियन्स ट्रफीको भाग्य निर्धारण गर्न आईसीसी यस हप्ता बैठक बस्नेछ ।

Advertisement

यस महिनाको सुरूवातमा भारतले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई ८ टोलीको प्रतिस्पर्धाका लागि पाकिस्तान भ्रमण नगर्ने बताएको थियो, जसले गर्दा प्रतियोगिताको भविश्य संकटमा परेको छ ।

दुबईमा रहेको आईसीसीका प्रवक्ताले थप विवरणहरू उपलब्ध नगराइकन आगामी शुक्रबार आईसीसीको बैठकमा यो मुद्दा एजेन्डामा हुने पुष्टि गरेका छन् । पीसीबीले पहिले नै भारतलाई तटस्थ तेस्रो देशमा खेल्न अनुमति दिने प्रस्तावलाई अस्वीकार गरिसकेको छ ।

आगामी फेब्रुअरी १९ देखि मार्च ९ सम्मको पूर्ण तालिका उनीहरूको मैदानमा हुनु पर्ने भनिरहेको छ । तर, भारतको क्रिकेट बोर्डले प्रतियोगिताबारे कुनै प्रतिक्रिया दिएको छैन । बिग्रिएको राजनैतिक सम्बन्धको अर्थ कटु प्रतिद्वन्द्वी भारत र पाकिस्तानले एक दशकभन्दा बढी समयदेखि द्विपक्षीय क्रिकेट शृंखला खेलेका छैनन् ।

सन् २००९ मा लाहोरमा श्रीलंकाली टोलीको बसमा भएको आक्रमणपछि टोलीले भ्रमण गर्न अस्वीकार गरेपछि पाकिस्तानले घरेलु मैदानमा वर्षौंसम्म खेलेको छैन । गत वर्ष पनि एसिया कप पाकिस्तानले आयोजना गर्दा भारतका खेलहरू देशबाहिर खेलिएका थिए ।

तर पाकिस्तानी क्रिकेट प्रमुखहरूले अष्ट्रेलिया, इङ्ल्यान्ड र दक्षिण अफ्रिका लगायतका शीर्ष टोलीहरूको भर्खरै सफल आयोजना गरेको भन्दै च्याम्पियन्स ट्रफीको सुरक्षाको डरलाई अस्वीकार गरेका छन् ।
एकातिर पीसीबीले यो प्रतियोगिता एसिया कप जस्तैगरी हाइब्रिड मोडलमा आयोजना नगर्ने भनिसकेको छ । आयोजक राष्ट्र पाकिस्तान प्रतियोगिता आफ्नै देशमा आयोजना गर्न चाहन्छ र भारत सहभागी हुन नचाहे पनि निर्णय परिवर्तन नगर्ने उसको अडान छ ।

पीसीबीका पूर्व अध्यक्ष नजम सेठीले यस अवस्थामा अब आईसीसीसँग तीनवटा मात्र विकल्प रहेको बताएका छन् । तीन विकल्पहरूमा पहिलो विकल्प भारत पाकिस्तानमा आउने, दोस्रो विकल्प हाइब्रिड मोडल र तेस्रो विकल्प भनेको पूरै प्रतियोगिता नै पाकिस्तानबाट बाहिर गर्ने उनको भनाइ छ ।

पाकिस्तानको एक निजी न्यूज च्यानलसँग कुरा गर्दै उनले भनेका छन्, ‘भारतले यस विषयमा कडा अडान लिएको छ । भारतीय टोली आउनेवाला छैन, उनीहरूले कबड्डी टोली र नेत्रहीन क्रिकेट टोली पनि पठाएका थिएनन् । यसअघि टेनिस खेलाडी पनि डेभिस कप खेल्न आउने गर्थे तर, अहिले आउँदैनन् ।’

‘तीमध्ये सुरूका दुई विकल्प लगभग खारेज जस्तै भइसकेका छन्, यस्तो अवस्थामा तेस्रो विकल्प बाँकी छ, प्रतियोगिता पाकिस्तान बाहिर लैजाने । तर त्यस अवस्थामा पाकिस्तानले प्रतियोगिता बहिष्कार गर्ने निर्णय गर्न सक्छ’, उनले भनेका छन् ।

पाकिस्तानका लागि पनि निकै जटिल अवस्था भएको उल्लेख गर्दै उनले पाकिस्तानले भारतको कुरालाई स्वीकार गरेर हाइब्रिड मोडलमा सञ्चालन गर्न मानेमा देशभित्रै क्रिकेट बोर्डको आलोचना हुने र पाकिस्तान भारतसामू झुकेको ट्याग लाग्ने उनको भनाइ थियो ।

आईसीसीले सधैं बीसीसीआईको पक्ष लिने गरेको र यसपटक पनि यो प्रतियोगिता बाहिर सरेर पाकिस्तानले यसमा खेलेन भने आईसीसीसँगै भारत र पाकिस्तानलाई पनि घाटा हुने उनको टिप्पणी छ ।

‘बीसीसीआईलाई भने असर गर्दैन किनभने ऊ धेरै धनी छ तर यसले पाकिस्तानलाई भने ठूलो फरक पार्छ’ उनले अगाडि थपे, ‘यदि पाकिस्तानले आफूलाई आईसीसीबाट निकाल्ने निर्णय लिन्छ भने ऊसँग दुईपक्षीय प्रतियोगिता मात्र बाँकी रहन्छ जसको आम्दानी पनि एकदमै कम हुन्छ । त्यसकारण पाकिस्तानले बहिष्कार गर्नुचाहिं तर्कपूर्ण हुँदैन ।’

भारतका लागि पूर्व पाकिस्तानी उच्चायुक्त अब्दुल बासितका अनुसार भारत वा पाकिस्तान वा दुवैले यस प्रतियोगितामा सहभागिता नजनाउने हो भने दुई अर्ब डलरसम्मको नोक्सानी हुन सक्छ। अर्कोतर्फ पाकिस्तानले यस प्रतियोगिताको तयारीमा धेरै पैसा खर्च गरेकोमा उनले चिन्ता पनि व्यक्त गरेका छन् ।

पाकिस्तानले तीन मुख्य रङ्गशालाहरू नेशनल स्टेडियम कराँची, गद्दाफी स्टेडियम लाहोर र रावलपिंडी स्टेडियमको मर्मत र अन्य तयारीमा १५ देखि १६ अर्ब भारतीय रुपैयाँ खर्च गरेको छ । आईसीसीले च्याम्पियन्स ट्रफीका लागि करिब ६५ मिलियन डलरको बजेट तय गरेको छ ।

बासित भन्छन्, ‘यदि आईसीसीले भारतको सहजतामा निर्णय ग¥यो भने यो प्रतियोगिता नै बाहिर सर्छ, त्यसो भएमा यूएई र दक्षिण अफ्रिकामा गर्ने बारेमा विचार भइरहेको छ । तर भारतले आफ्नै देशमा यो प्रतियोगिता आयोजना गर्ने प्रयास गर्न सक्ने अर्को चर्चा पनि कतैकतै छ ।’
यदि प्रतियोगिता पाकिस्तान बाहिर सारिएमा पाकिस्तानले बहिष्कार गर्नुपर्ने बासितको तर्क छ । पछिल्लोपटक सन् २०१७ मा भएको च्याम्पियन्स ट्रफीको उपाधि पाकिस्तानले जितेको थियो । फाइनलमा भारतमाथि १८० रनको फराकिलो जित निकाल्दै पाकिस्तानले पहिलोपटक उपाधि जितेको थियो ।

पाकिस्तानले आफ्नो भूमिमा करिब ३० वर्षपछि आईसीसीको मुख्य प्रतियोगिता आयोजना गर्न लागेको हो । पछिल्लोपटक पाकिस्तानले सन् १९९६ को एकदिवसीय विश्वकप क्रिकेट आयोजना गरेको थियो ।

Advertisement

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top