×

NEPAL TIMES UPDATES

Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026

एसिया कपमा भारत र अफगानिस्तानको खेल ‘टाई’ ,सहजादको शानदार सतक

१० आश्विन २०७५

एजेन्सी,असोज १०
एसिया कप क्रिकेट अन्तर्गत मंगलबार राती भएको सुपर फोरको पाँचौ खेलमा भारत र अफगानिस्तानबीचको खेल बराबरीमा सकिएको छ । अफगानिस्तानले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभर ५ बलमा अल आउट हुँदै मात्र २ सय ५२ रन बनाउन सक्यो ।

भारतका लागि ओपनर आम्बाटि रायुडू र के।एल राहुलले पहिलो विकेटका लागि ११० रनको साझेदारी गर्दै सहज जित तर्फ अघि बढेका थिए । तर १७ ओभर १ बलमा मोहमम्द नाबीको बलमा नजीबुल्ला जद्रानले रायुडुलाई क्याच आउट गराएपछि भारतको विकेट पतन सुरु भएको थियो । रायूडुले ४९ बलमा समान ४ चौका र छक्का प्रहार गर्दै ५७ रन बनाए ।

Advertisement
Advertisement

त्यस्तै दोस्रो विकेटको रुपमा राहुललाई रसिद खानले एलबि डब्लुको शिकार बनाउदै ६० रनमा पेभिलिएन फर्काएपछि भारत अझ दवावमा आएको थियो । राहुलले ६६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ६० रनमा आउट भए । भारतको विकेट पतन निरन्तर जारी रह्यो । कुनै समय १७.१ ओभरमा ११०–१ स्थितिमा रहेको भारत ४९ औ ओभरमा २४६–९ को स्थितिमा पुगेको थियो ।

भारतलाई अन्तिम ओभरमा जितको लागि ७ रन चाहिएको थियो । रसिद खानले रविन्द्र जडेजालाई पहिलो बलमा डट,दोस्रो बलमा चौका,तेस्रो र चौथो बलमा १–१ रन र पाचौँ बलमा जडेजालाई आउट गरेपछि खेल बराबरीमा सकिएको हो । भारतका लागि अन्य ब्याटम्यान दिनेश कात्तिकले ६६ बलमा ४ चौकाको सहयोगमा ४४,केधार जाधव १९, रविन्द्र जडेजा २५,दिपक चाहर १२, कुलदिप यादव ९,महेन्द्र सिंह धोनी र मनिस पाण्डेले समान ८ रन बनाए ।

अफगानिस्ताका लागि मोहमम्द नाबी,रसिद खान र अफ्तव आलमले समान दुई विकेट लिए । दुबईमा भएको खेलमा यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्ताने निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २५२ रन बनाउन सक्यो । अफगानिस्तानका लागि ओपनर सहजाद र जावेद अहमदीले उत्कृष्ट सुरुवात गरेका थिए ।

सहजाद र जावेदले पहिलो विकेटको रुपमा १० ओभरमा ६३ रन को साझेदारी गरेका थिए । पहिलो विकेटका रुपमा अहमदी १२ ओभर ४ बमा ५ रन बनाएर खेली रहेको अवस्थामा रविन्द्र जडेजाको बलका महेन्द्र सिंह धोनीको स्टिमपिङको सिकार भए । त्यसपछि दोस्रो विकेटका रुपमा रमात शाह १४ ओभर ४ बलमा जडेजाकै शिकार हुदैँ ३ रनमा पेभिलिएन फर्किए । त्यस्तै १५ ओभर २ बलमा हस्मतुल्लाह शाहिदी र ३ बलमा कप्तान अस्गर अफ्घानीलाई कुलदीप यादवले ० रनमा पेभिलिएन फर्किका थिए ।

भारतीय बलर सामु खुलेर खेलेका सहजादले ११६ बलमा ७ छक्का र ११ चौका प्रहार गर्दै उत्कृष्ट १२४ रनको शतकीए इनिङ खेले । सहजाद ३७ ओभर ५ बलमा केधार जाधवको बलमा दिनेश कात्तिकको हातबाट क्याच आउटको शिकार भए । भारतीय बलर सामु आक्रमक ब्याटिङ गरेका महोम्मद नाबीले ५६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ६४ रनमा आउट भए । अफगानिस्तानका अन्य ब्याटम्यान जद्रान २०, गुल्बदीन नाइब १५,अफ्तब आलम २ र रसिद खानले १२ रनमा नट आउट रहे ।

भारतकालागि रविन्द्र जडेजा ३,कुलदीप यादव २ लिदाँ केधार जाधव,खलील अहमद र दिपक चाहरले समन १ विकेट लिएका थिए । यो खेल बराबरीसँगै अफगानिस्तानको एसिया कप यात्रा पनि सकिएको छ । अफगानस्तानले समुह चणमा बंगलादेशलाई १३६ र श्रींलकालाई ९१ रनले पराजित गर्दै सुपर फोरमा प्रवेश गरेको थियो ।

Advertisement
Advertisement

सुपरफोरमा पाकिस्तानसँग ३ विकेट र बंगलादेशसँग ३ रनले पराजित भएपछि सुपर फोरबाटै बाहिरीनु परेको हो । भारत यस अघिनै फाइनल पुगि सकेको छ । उपाधिको लागि बंगलादेश र पाकिस्तानबीचको बिजेता भारतसँग भिड्ने छ । फाइनल खेल असोज १२ गते हुने छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top