पश्चिमालाई इरानको धम्कीः प्रतिबन्ध बढाए, परमाणु हतियार बढाउछौं

१४ मंसिर, विराटनगर।

एक वर्ष बढीको समय वितिसकेको छ, इजरायल र हमासबीच युद्ध सुरु भएको । जुन पटक पटक युद्धविरामका लागि प्रयासहरु गरिएपनि अहिले पनि जारी नै छ । यो युद्धको राप लेबनान र इरानसम्म पुगेको छ । यद्यपि, हिजबुल्लासंग भने इजरायलले युद्धविराम गरेको छ ।

तर यो युद्धविराम पनि दुई दिन नबित्दै तोड्न थालिएको दुवैले एकअर्कालाई आरोप लगाएका छन् । यसबीच, इरान र इजरायल फेरि तनाव देखिन थालेको छ । एकातर्फ तेहरानले धम्की दिइरहेको छ कि यदी पश्चिमी देशहरुले उमाथि फेरि पनि प्रतिबंध लगाए भने उसले परमाणु हतियार प्राप्त गर्न लगाइएकोे प्रतिबंधलाई नै अन्त्य गर्ने छ ।

Advertisement

यसमा यता इजरायली प्रधानमंत्री बेंजामिन नेतन्याहूले पनि साफ–साफ भनिदिएका छन् कि उनी इरानलाई रोक्नका लागि सबैथोक गर्न तयार छन् । इरानले शुक्रवार आफ्नो परमाणु कार्यक्रममा छलफल गर्नका लागि ब्रिटेन, फ्रांस र जर्मनीका प्रतिनिधिसंग भेट गर्दैछ ।

यस पछाडीको कारण चाँही यी देशका सरकारहरुले संयुक्त राष्ट्र परमाणु निगरानी संस्थाद्वारा तेहरानको निन्दा गर्नका लागि अमेरिकासंग हात मिलाएकाले हो । गता साताको हप्काई पछि तेहरानले एक विद्रोही प्रतिक्रिया व्यक्त गरेको थियो ।

Advertisement

तर उसका अधिकारीहरुले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंपले सत्ता सम्हाल्नु अघि नै अन्य सरकारहरुसंग छलफल गर्ने इच्छा व्यक्त गरेको हो । इरानले शांतिपूर्ण उद्देश्यहरुका लागि परमाणु ऊर्जाको आफ्नो अधिकारमा जोड दिन्छ, तर संयुक्त राष्ट्रको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेंसी (आईएईए)का अनुसार, यो एकमात्र गैर–परमाणु–हतियार भएको देश हो, जो ६० प्रतिशतसम्म यूरेनियमलाई समृद्ध गरिरहेको छ ।

इरानका शीर्ष कुटनीतिज्ञले यो मामिलामा कुरा गर्नुअघि विहीबार ब्रिटेनको एक अखबारसंगको इंटरभ्यूमा भने, यदी पश्चिमी देशहरुले इरानमाथि थप प्रतिबंध लगाए भने त ईरान पनि परमाणु हतियार हासिल गर्न लगाइएको प्रतिबंध समाप्त गर्न सक्छ ।

विदेश मंत्री अब्बास अराघचीले चेतावनी दिदै भनेका छन्, प्रतिबंध हटाउने जस्तो प्रतिबद्धताहरुलाई पूरा गरिएन भने तेहरानमा जुन हताशा छ, त्यसले यो बहसलाई हावा दिइरहेको कि के देशले आफ्नो परमाणु नीतिमा परिवर्तन गर्नुपर्छ ? यो उनको सिधा सिधा धम्की थियो कि इरानमाथि थप प्रतिबन्ध लगाइयो भने यसअघिका नीति परिवर्तन गर्दै इरानले परमाणु हतियार बनाउन थाल्नेछ ।

तेहरान र प्रमुख शक्तिहरुका बीच सन २०१५ को परमाणु सम्झौताको उद्देश्य इरानलाई आफ्नो परमाणु कार्यक्रम सीमित गर्नको बदलामा पश्चिमी प्रतिबंधहरुबाट राहत दिनु थियो । ताकि उसको हतियार क्षमता विकसित गर्नबाट रोक्न सकियोस ।

यसैअनुसार अहिलेसम्म तेहरानले लगातार परमाणु हतियार बनाएको भन्ने कुनै पनि कुरालाई स्वीकार गरेको छैन । तर अब प्रतिबन्धहरु थप गरिए भने चाँही उसले परमाणु हतियार फेरि बनाउन सुरु गर्ने धम्की दिएको हो ।

यसबीच, इजारयली प्रधानमंत्री नेतन्याहूले भनेका छन्, इरानलाई परमाणु हतियार प्राप्त गर्न रोक्नका लागि इजरायलले सबै कुरा गर्ने छ । उनले भने, ’म उसलाई परमाणु (शक्ति) बन्नबाट रोक्नका लागि हरसंभव प्रयास गर्छु, म सबै संसाधनहरुको प्रयोग गर्छु’ । यो नेतन्याहुको चेतावनी हो ।

इजरायल यस क्षेत्रको एकमात्र भलै अघोषित परमाणु–सशस्त्र राज्य हो । यसले लामो समयदेखि कुनैपनि प्रतिद्वंद्वीलाई आफु बराबर हुनबाट रोक्नका लागि आफ्नो सर्वोच्च रक्षा प्राथमिकता नै बनाएको छ । यसैपनि नेतन्याहूले मंगलवार मात्रै भनेका छन् कि हिज्बुल्लाहसंग युद्धविराम भएपछि अब आफ्नो सम्पूर्ण ध्यान इरानमा केन्द्रित हुनेछ ।

यस्तै नेतन्याहूले विहीबार नै चेतावनी पनि दिएका छन् कि यदी हिजबुल्लाले लेबनानको नाजुक युद्धविरामको उल्लंघन गर्छ भने त ’गहन युद्ध’ गरिने छ । नेतन्याहुले यस्तो आशंका गरिरहँदा उमाथि नै हिज्बुल्लाहले युद्धविरामको उल्लंघन गरेको आरोप लगाएको छ ।

इजरायल र हिजबुल्लाहबिच ६० दिनको लागि युद्धविराम भएको थियो । तर युद्धविराम लागू भएको दुई दिन नबित्दै यसको उल्लङ्घन भइरहेको आरोप लाग्न थालेको हो । दुवै पक्षले एक अर्कामाथि सम्झौता उल्लङ्घन गरेको आरोप लगाइरहेका छन् ।

इजरायली सेनाका अनुसार केही सन्दिग्ध गाडीहरू दक्षिणी लेबनानतिर गइरहेको देखिएको छ । यसका कारण आफूहरूले हमला गरेको सेनाले भनेको छ । हिजबुल्लाले युद्धविरामको शर्त उल्लङ्घन गरेकोले आफूहरूले दक्षिणी लेबनानको कयौँ क्षेत्रमा आक्रमण गरेको उनीहरूले बताइरहेका छन् ।

नेतन्याहुका सेनाले बुधवार र बिहीबार कयौँ पटक युद्ध विरामको उल्लङ्घन गरेको लेबनानी सेनाको आरोप छ । खबरका अनुसार आफ्नो औँला ट्रिगरमा भएको र लेबनानको सीमा बाहिर पनि इजरायली सेनाको फिर्ती हुन्छ कि भनेर आँखा गाडेर हेरिरहेको हिजबुल्लाहको सेन्ट्रल लिडरसिपले एउटा विज्ञप्तिमा भनेको छ ।

अमेरिका र फ्रान्सको मध्यस्थतामा इजरायल र हिजबुल्लाहबिच युद्धविराम सम्झौता भएको थियो । युद्ध विरामको सर्तअनुसार ६० दिनभित्र दक्षिणी लेबनानबाट हिजबुल्लाहका लडाकु र इजरायली सेना हट्नुपर्नेछ । त्यसपछि त्यहाँ लेबनानको सेना र संयुक्त राष्ट्रसङ्घको शान्ति दूत तैनाथ हुने भनिएको छ ।

बुधवार बिहान युद्धिवराम सुरु भएपछि इजरायलको लिटानी नदीको नजिक बेसारिया नजिक हवाई आक्रमण भएको थियो । यसअघि नै युद्धबिराम उल्लङ्घन हुने स्थितिमा तयार रहन आफूले इजरायली सेनालाई भनेको नेतन्याहुले बताएका छन् ।

लेबनानमा के हुन्छ भन्नेमा युद्ध विरामको समय अवधि थपिने कुरा निर्भर रहने पनि उनले भनेका छन् । हिजबुल्लाहले सम्झौताको उल्लङ्घन गरे र आफूलाई हतियारले सुसज्जित गर्ने कोसिस गरे भने आफूहरूले पनि हमला गर्ने उनले बताएका छन् ।

सीमा नजिक उनीहरूले आतङ्कवादी पूर्वाधार पुनः बनाउने कोसिस गरे वा रकेट लञ्च गरे वा सुरुङ खने वा रकेट बोक्ने ट्रक ल्याए भने पनि यी सबै स्थितिमा आफूहरूले आक्रमण गर्ने नेतन्याहुले बताएका छन् ।

युद्धविरामलाई नै लिएर यस्ता आशंका र आरोपहरु लागिरहँदा यता इरानले पश्चिमाहरुलाई परमाणु हतियार विकास गर्ने बारे दिएको चेतावनी र त्यसलाई कुनै पनि हालतमा पुरा गर्न नदिने इजरायलको दाबीलाई तपाइले कसरी हेर्नु भएको छ ? आफ्ना टिप्पणी पनि अवस्य ब्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top