NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Hotel Casino Review 2026 Awaken to $500 Or five hundred Totally free Spins बुधबार माघ ७ , २०८२
Промокод Melbet 2024: как возыметь бонус 32500 рублем по промокоду БК Мелбет Производственная авиакомпания “Мотор-мастер” बुधबार माघ ७ , २०८२
Промокод Мелбет: зарадостный бонус до 25 000 рублю RBMAX25 Рейтинг Букмекеров बुधबार माघ ७ , २०८२
Leon bet Complexão promocional बुधबार माघ ७ , २०८२
Códigos criancice bônus infantilidade cassino 2025 Cód exclusivos sem casa बुधबार माघ ७ , २०८२
Next
Prev

समाचार

पश्चिमालाई इरानको धम्कीः प्रतिबन्ध बढाए, परमाणु हतियार बढाउछौं

शुक्रबार मंसिर १४ , २०८१
Reading Time: 1 min read
A A
पश्चिमालाई इरानको धम्कीः प्रतिबन्ध बढाए, परमाणु हतियार बढाउछौं
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१४ मंसिर, विराटनगर।

एक वर्ष बढीको समय वितिसकेको छ, इजरायल र हमासबीच युद्ध सुरु भएको । जुन पटक पटक युद्धविरामका लागि प्रयासहरु गरिएपनि अहिले पनि जारी नै छ । यो युद्धको राप लेबनान र इरानसम्म पुगेको छ । यद्यपि, हिजबुल्लासंग भने इजरायलले युद्धविराम गरेको छ ।

तर यो युद्धविराम पनि दुई दिन नबित्दै तोड्न थालिएको दुवैले एकअर्कालाई आरोप लगाएका छन् । यसबीच, इरान र इजरायल फेरि तनाव देखिन थालेको छ । एकातर्फ तेहरानले धम्की दिइरहेको छ कि यदी पश्चिमी देशहरुले उमाथि फेरि पनि प्रतिबंध लगाए भने उसले परमाणु हतियार प्राप्त गर्न लगाइएकोे प्रतिबंधलाई नै अन्त्य गर्ने छ ।

LS Auto

यसमा यता इजरायली प्रधानमंत्री बेंजामिन नेतन्याहूले पनि साफ–साफ भनिदिएका छन् कि उनी इरानलाई रोक्नका लागि सबैथोक गर्न तयार छन् । इरानले शुक्रवार आफ्नो परमाणु कार्यक्रममा छलफल गर्नका लागि ब्रिटेन, फ्रांस र जर्मनीका प्रतिनिधिसंग भेट गर्दैछ ।

यस पछाडीको कारण चाँही यी देशका सरकारहरुले संयुक्त राष्ट्र परमाणु निगरानी संस्थाद्वारा तेहरानको निन्दा गर्नका लागि अमेरिकासंग हात मिलाएकाले हो । गता साताको हप्काई पछि तेहरानले एक विद्रोही प्रतिक्रिया व्यक्त गरेको थियो ।

तर उसका अधिकारीहरुले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंपले सत्ता सम्हाल्नु अघि नै अन्य सरकारहरुसंग छलफल गर्ने इच्छा व्यक्त गरेको हो । इरानले शांतिपूर्ण उद्देश्यहरुका लागि परमाणु ऊर्जाको आफ्नो अधिकारमा जोड दिन्छ, तर संयुक्त राष्ट्रको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेंसी (आईएईए)का अनुसार, यो एकमात्र गैर–परमाणु–हतियार भएको देश हो, जो ६० प्रतिशतसम्म यूरेनियमलाई समृद्ध गरिरहेको छ ।

इरानका शीर्ष कुटनीतिज्ञले यो मामिलामा कुरा गर्नुअघि विहीबार ब्रिटेनको एक अखबारसंगको इंटरभ्यूमा भने, यदी पश्चिमी देशहरुले इरानमाथि थप प्रतिबंध लगाए भने त ईरान पनि परमाणु हतियार हासिल गर्न लगाइएको प्रतिबंध समाप्त गर्न सक्छ ।

विदेश मंत्री अब्बास अराघचीले चेतावनी दिदै भनेका छन्, प्रतिबंध हटाउने जस्तो प्रतिबद्धताहरुलाई पूरा गरिएन भने तेहरानमा जुन हताशा छ, त्यसले यो बहसलाई हावा दिइरहेको कि के देशले आफ्नो परमाणु नीतिमा परिवर्तन गर्नुपर्छ ? यो उनको सिधा सिधा धम्की थियो कि इरानमाथि थप प्रतिबन्ध लगाइयो भने यसअघिका नीति परिवर्तन गर्दै इरानले परमाणु हतियार बनाउन थाल्नेछ ।

तेहरान र प्रमुख शक्तिहरुका बीच सन २०१५ को परमाणु सम्झौताको उद्देश्य इरानलाई आफ्नो परमाणु कार्यक्रम सीमित गर्नको बदलामा पश्चिमी प्रतिबंधहरुबाट राहत दिनु थियो । ताकि उसको हतियार क्षमता विकसित गर्नबाट रोक्न सकियोस ।

यसैअनुसार अहिलेसम्म तेहरानले लगातार परमाणु हतियार बनाएको भन्ने कुनै पनि कुरालाई स्वीकार गरेको छैन । तर अब प्रतिबन्धहरु थप गरिए भने चाँही उसले परमाणु हतियार फेरि बनाउन सुरु गर्ने धम्की दिएको हो ।

यसबीच, इजारयली प्रधानमंत्री नेतन्याहूले भनेका छन्, इरानलाई परमाणु हतियार प्राप्त गर्न रोक्नका लागि इजरायलले सबै कुरा गर्ने छ । उनले भने, ’म उसलाई परमाणु (शक्ति) बन्नबाट रोक्नका लागि हरसंभव प्रयास गर्छु, म सबै संसाधनहरुको प्रयोग गर्छु’ । यो नेतन्याहुको चेतावनी हो ।

इजरायल यस क्षेत्रको एकमात्र भलै अघोषित परमाणु–सशस्त्र राज्य हो । यसले लामो समयदेखि कुनैपनि प्रतिद्वंद्वीलाई आफु बराबर हुनबाट रोक्नका लागि आफ्नो सर्वोच्च रक्षा प्राथमिकता नै बनाएको छ । यसैपनि नेतन्याहूले मंगलवार मात्रै भनेका छन् कि हिज्बुल्लाहसंग युद्धविराम भएपछि अब आफ्नो सम्पूर्ण ध्यान इरानमा केन्द्रित हुनेछ ।

यस्तै नेतन्याहूले विहीबार नै चेतावनी पनि दिएका छन् कि यदी हिजबुल्लाले लेबनानको नाजुक युद्धविरामको उल्लंघन गर्छ भने त ’गहन युद्ध’ गरिने छ । नेतन्याहुले यस्तो आशंका गरिरहँदा उमाथि नै हिज्बुल्लाहले युद्धविरामको उल्लंघन गरेको आरोप लगाएको छ ।

इजरायल र हिजबुल्लाहबिच ६० दिनको लागि युद्धविराम भएको थियो । तर युद्धविराम लागू भएको दुई दिन नबित्दै यसको उल्लङ्घन भइरहेको आरोप लाग्न थालेको हो । दुवै पक्षले एक अर्कामाथि सम्झौता उल्लङ्घन गरेको आरोप लगाइरहेका छन् ।

इजरायली सेनाका अनुसार केही सन्दिग्ध गाडीहरू दक्षिणी लेबनानतिर गइरहेको देखिएको छ । यसका कारण आफूहरूले हमला गरेको सेनाले भनेको छ । हिजबुल्लाले युद्धविरामको शर्त उल्लङ्घन गरेकोले आफूहरूले दक्षिणी लेबनानको कयौँ क्षेत्रमा आक्रमण गरेको उनीहरूले बताइरहेका छन् ।

नेतन्याहुका सेनाले बुधवार र बिहीबार कयौँ पटक युद्ध विरामको उल्लङ्घन गरेको लेबनानी सेनाको आरोप छ । खबरका अनुसार आफ्नो औँला ट्रिगरमा भएको र लेबनानको सीमा बाहिर पनि इजरायली सेनाको फिर्ती हुन्छ कि भनेर आँखा गाडेर हेरिरहेको हिजबुल्लाहको सेन्ट्रल लिडरसिपले एउटा विज्ञप्तिमा भनेको छ ।

अमेरिका र फ्रान्सको मध्यस्थतामा इजरायल र हिजबुल्लाहबिच युद्धविराम सम्झौता भएको थियो । युद्ध विरामको सर्तअनुसार ६० दिनभित्र दक्षिणी लेबनानबाट हिजबुल्लाहका लडाकु र इजरायली सेना हट्नुपर्नेछ । त्यसपछि त्यहाँ लेबनानको सेना र संयुक्त राष्ट्रसङ्घको शान्ति दूत तैनाथ हुने भनिएको छ ।

बुधवार बिहान युद्धिवराम सुरु भएपछि इजरायलको लिटानी नदीको नजिक बेसारिया नजिक हवाई आक्रमण भएको थियो । यसअघि नै युद्धबिराम उल्लङ्घन हुने स्थितिमा तयार रहन आफूले इजरायली सेनालाई भनेको नेतन्याहुले बताएका छन् ।

लेबनानमा के हुन्छ भन्नेमा युद्ध विरामको समय अवधि थपिने कुरा निर्भर रहने पनि उनले भनेका छन् । हिजबुल्लाहले सम्झौताको उल्लङ्घन गरे र आफूलाई हतियारले सुसज्जित गर्ने कोसिस गरे भने आफूहरूले पनि हमला गर्ने उनले बताएका छन् ।

सीमा नजिक उनीहरूले आतङ्कवादी पूर्वाधार पुनः बनाउने कोसिस गरे वा रकेट लञ्च गरे वा सुरुङ खने वा रकेट बोक्ने ट्रक ल्याए भने पनि यी सबै स्थितिमा आफूहरूले आक्रमण गर्ने नेतन्याहुले बताएका छन् ।

युद्धविरामलाई नै लिएर यस्ता आशंका र आरोपहरु लागिरहँदा यता इरानले पश्चिमाहरुलाई परमाणु हतियार विकास गर्ने बारे दिएको चेतावनी र त्यसलाई कुनै पनि हालतमा पुरा गर्न नदिने इजरायलको दाबीलाई तपाइले कसरी हेर्नु भएको छ ? आफ्ना टिप्पणी पनि अवस्य ब्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #नेपाल टाइम्स् ट्रेडिंग#परमाणु हतियार#पश्चिमालाई इरानको धम्की

लोकप्रीय

Hotel Casino Review 2026 Awaken to $500 Or five hundred Totally free Spins

बुधबार माघ ७ , २०८२

Промокод Melbet 2024: как возыметь бонус 32500 рублем по промокоду БК Мелбет Производственная авиакомпания “Мотор-мастер”

बुधबार माघ ७ , २०८२

Промокод Мелбет: зарадостный бонус до 25 000 рублю RBMAX25 Рейтинг Букмекеров

बुधबार माघ ७ , २०८२

विचार

Hotel Casino Review 2026 Awaken to $500 Or five hundred Totally free Spins

बुधबार माघ ७ , २०८२

Промокод Melbet 2024: как возыметь бонус 32500 рублем по промокоду БК Мелбет Производственная авиакомпания “Мотор-мастер”

बुधबार माघ ७ , २०८२

Промокод Мелбет: зарадостный бонус до 25 000 рублю RBMAX25 Рейтинг Букмекеров

बुधबार माघ ७ , २०८२

थप समाचार

ताजा समाचार

Hotel Casino Review 2026 Awaken to $500 Or five hundred Totally free Spins

बुधबार माघ ७ , २०८२
ताजा समाचार

Промокод Melbet 2024: как возыметь бонус 32500 рублем по промокоду БК Мелбет Производственная авиакомпания “Мотор-мастер”

बुधबार माघ ७ , २०८२
ताजा समाचार

Промокод Мелбет: зарадостный бонус до 25 000 рублю RBMAX25 Рейтинг Букмекеров

बुधबार माघ ७ , २०८२
ताजा समाचार

Leon bet Complexão promocional

बुधबार माघ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२
फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Hotel Casino Review 2026 Awaken to $500 Or five hundred Totally free Spins

बुधबार माघ ७ , २०८२

Промокод Melbet 2024: как возыметь бонус 32500 рублем по промокоду БК Мелбет Производственная авиакомпания “Мотор-мастер”

बुधबार माघ ७ , २०८२

Промокод Мелбет: зарадостный бонус до 25 000 рублю RBMAX25 Рейтинг Букмекеров

बुधबार माघ ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.