×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

आदर्श विद्यालयका पूर्वविद्यार्थी संगठित, विद्यार्थी संघ गठन

२३ मंसिर २०८१

२३ मंसिर, विराटनगर।

विराटनगरस्थित आदर्श विद्यालयका पूर्व विद्यार्थीहरूले विद्यार्थी संघ गठन गरेका छन् । पूर्व विद्यार्थीहरुको शनिबार सम्पन्न भेलाले १३ सदस्यीय आदर्श विद्यालय पूर्व विद्यार्थी संघ गठन गरेको हो ।

Advertisement
Advertisement

वि.स. २०५४ का एसएलसी ब्याजी विद्यार्थीहरुको अग्रसरतामा गठन भएको यो संघमा त्यसअघि र पछिल्ला शैक्षिक शत्रका पूर्व विद्यार्थीहरुको पनि सहभागीता रहेको छ । शनिबार गठन भएको संघको संस्थापक अध्यक्षमा अञ्जु पराजुली चयन भएकी छन् ।

यस्तै उपाध्यक्षमा राजेशप्रसाद रौनियार, मो. उमर फारुख, सचिव प्रमोद मण्डल, सहसचिवमा शंकर प्रधान र कोषाध्यक्षमा मनिष ठाकुर चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा अञ्जना नेपाल, गीता भट्टराई, ओमप्रसाद भेट्वाल, मोइनुदिन अन्सारी, सुनिल श्रेष्ठ, शत्रुघनप्रसाद राजवंशी र पवनकुमार जोशी चयन भएका छन् ।

कार्यक्रममा संस्थाका सबै पदाधिकारीहरुले शपथ ग्रहणसमेत गरेका छन् ।

विद्यार्थीहरुको संस्था गठन र शपथ ग्रहण कार्यक्रममा प्रमुख अथिति आदर्श विद्यालयका प्राचार्य सन्तोष पोखरेल, विशष्ट अथितिहरु मदन सापकोटा (पूर्व शिक्षक) जगदिश गौतम(पूर्व शिक्षक), आदर्श विद्यालय पूर्व विद्यार्थी मिलन केन्द्रका अध्यक्ष नारायणप्रसाद श्रेष्ठ, सल्लाहकार भीमेन्द्रबहादुर कार्की, सदस्य प्राध्यापक कृष्ण पोखरेल, प्रेमकुमार आर्चाय, गोपालप्रसाद पाण्डे लगायतको सहभागिता रहेको थियो ।

पूर्व विद्यार्थीहरुको संस्थाले आदर्श विद्यालयसहित विविध सामाजिक क्षेत्रमा सेवा गर्ने उद्येश्य राखेको संस्थाकी अध्यक्ष पराजुलीले जानकारी दिएकी छन् ।

 

 

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top