खराब ऋणमा डुब्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

२३ मंसिर ८१, सोमबार

२४ मंसिर, काठमाण्डौ।

वर्षाैसम्म काठमाडौं स्थित एक मात्रै अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलबाट अन्तराष्ट्रिय उडान भरिरहेको नेपालले पछिल्लो समय आधुनिक सुविधासहितका दुई अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्याे ।

तर निर्माण सम्पन्न भएको महिनौं वितिसक्दा पनि पोखरा र रुपन्देहीस्थित दुई अन्तराष्ट्रिय विमानस्थलबाट सोचे अनुरुपको उडान अवतरण हुन् सकेको छैन् । अनेकौ सुविधा दिएर रुपन्देहीस्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान सुरु गरिएपनि विभिन्न कारण देखाउदै त्याहाको उडान बन्द हुने स्थितीमा पुगेको छ ।

उता पोखरा विमानस्थलबाट त अन्तराष्ट्रिय उडान परीक्षणका रुपमा मात्रै सिमित भएको छ। यसरी ऋण खोजेर बनाइएका यी विमानस्थलबाट आम्दानी नै नभएपछि अहिले राजनीतिक दलहरुले नै विमानस्थल खराब ऋणमा परेको निष्कर्ष निकालेका छन् ।

नेपाली कांग्रेसले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल खराब ऋणमा परेको र यसबाट प्रतिफल प्राप्त नहुने बताएको छ। कांग्रेसले चीनको एक्जिम बैंकको ऋणमा बनेको उक्त विमानस्थल खराब ऋणमा परेको निष्कर्ष निकालेको हो।

सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समिति बैठकमा यसबारे छलफल भएको हो। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले पोखरा विमानस्थलमा नराम्रो अनुभव भएको बताए।

‘पोखरा विमानस्थलको पनि हाम्रो नराम्रो अनुभव छ,’ उनले थपे, ‘त्यसको प्रतिफल नआउने सुनिश्चित भइसक्यो। यो खराब ऋणमा प¥यो।’ बैठकमा बीआरआईअन्तर्गतका परियोजनामा ऋण स्वीकार नहुने र अनुदान मात्रै लिने कांग्रेसले दोहो¥याएको छ।

यसअघि चीनले अनुदान प्रतिवद्धता गरेकै आयोजना अगाडि नबढेको विषयमा पनि कांग्रेसले ध्यानाकर्षण गराएको छ। ती परियोजना अगाडी बढेपछि बीआरआईअन्तर्गतका १० वटा परियोजना पनि अनुदानमा अगाडि बढ्ने कांग्रेसको विश्वास छ।

ऋणमा कुनै पनि परियोजना सम्झौता नहुने निस्कर्ष कांग्रेसले सुनाएको छ। यता बाक्लो हुस्सुसहितको खराब मौसमका कारण भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणमा कठिनाई भएपछि तीनवटा अन्तर्राष्ट्रिय वायुसेवाले केही समयलाई उडान स्थगन गर्ने भएका छन् ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार कुबेतबाट उडान गर्दै आइरहेको जजिरा एयरवेज, दुबईबाट उडान गर्दै आइरहेको फ्लाई दुबई र बैंककबाट उडान गरिरहेको थाई एयर एसियाले त्यहाको खराब मौसमको कारण देखाउँदै उडानलाई निरन्तरता दिन नसक्ने लिखित जानकारी दिएका हुन् ।

भैरहवा विमानस्थल आसपास रहेका सिमेन्ट फ्याक्ट्री, इँटा उद्योग लगायतबाट निस्किने धुवाँसहित अचेल चिसोका कारण तराईमा लाग्ने हुस्सुले बिहान उडानहरू प्रभावित भइरहेका छन् । केही दिनयता अन्तर्राष्ट्रिय विमान भैरहवामा अवतरण हुन नसकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट भइरहेका छन् ।

त्यहाँ तत्काल मौसम सुधार नहुँदासम्म उडान गर्न नसकिने जनाउँदै जानकारी दिएका छन् । उनीहरूलाई बिहानपछि दिउँसो वा रातिको समयमा उडान गर्न अनुरोध गरीएको छ । अहिले भैरहवामा बिहान १ हजारदेखि १२ सय मिटर हाराहारीमा भिजिबिलिटी हुने गरेको छ ।

यो भिजिबिलिटी साना एटीआरदेखि ठूला जेट विमान अवतरणका लागि पर्याप्त होइन । यिनलाई अवतरण गर्न न्यूनतम १८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । प्राधिकरणले माघ १० गतेदेखि भैरहवामा भूउपग्रहको सहायतामा जहाजलाई अवतरण गराउने आरएनपीएआर एप्रोच (रिक्वायर्ड न्याभिगेसन पर्फरमेन्स अथोराइजेसन)प्रणाली लागू गर्दै छ ।

यो प्रणालीमा न्यूनतम ८ सय मिटर भिजिबिलिटीमा जहाज अवतरण गर्न सक्छन् । प्राधिकरणले जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियालाई आरएनपीएआर लागू हुनुअघिसम्म समय हेरफेर गरेर उडानलाई निरन्तरता दिन भनेको छ । यी वायुसेवाले जवाफ दिएका छैनन् ।

यसअघि कतार एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको उडान बन्द गरेको थियो  । कतारले २७ कात्तिकदेखि १५ मंसिरसम्मका लागि मात्र भैरहवा उडान गर्ने अनुमति लिएको थियो । कतारको सेवा बन्द भएपछि भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा चारमा झरेका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले १५ मंसिरपछि पनि भैरहवा उडानका लागि प्रस्ताव पेस गर्न कतार एयरवेजलाई पत्राचार गरेको थियो । तर, कतारले भैरहवा उडानका लागि प्रस्ताव पेस नगरेको क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताएका छन् । यसैले कतारको भैरहवा उडान फेरि अनिश्चित बनेको छ ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि नेपाल सरकारले विभिन्न राष्ट्र तथा संस्थाबाट ऋण लिएको छ। गौतम बुद्धका लागि एशियाली विकास बैंक र ओपेक फन्डबाट ऋण दिइएको छ ।

जसमा एशियाली विकास बैंकबाट ८ अर्ब ५५ करोड रुपैयाँ ऋण लिइएको छ। यसको भुक्तानी अवधि ८ वर्षको ग्रेस अवधि सहित ३२ वर्षभित्र ऋण चुक्ता गर्नुपर्नेछ। उता पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण स्रोत चीनको एक्जिम बैंक हो ।

हालको विनिमय दरअनुसार करिब २५ अर्ब ८८ करोड रुपैयाँ (१ अर्ब ३३ करोड ८७ लाख ४० हजार चिनियाँ युआन) ऋण लिइएको छ। यसको भुक्तानी अवधि ७ वर्षको ग्रेस अवधि सहित २० वर्षभित्र ऋण चुक्ता गर्नुपर्नेछ।

सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्न चीनसँग आग्रह गर्दै आएको छ । तर भर्खरै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा यस विषयमा कुनै सहमति बनेको छैन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top