रवि पुसभर हिरासतमै रहने, ५ जिल्लामै घुमाइने

२६ मंसिर ८१, बिहीबार

२७ मंसिर ,काठमाण्डौ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज फेरि अदालत उपस्थित गराइँदै छ। पोखराको सूर्यदर्शन सहकारी ठगी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई थप समय हिरासतमा राख्न प्रहरीले आज जिल्ला अदालत कास्कीसँग अनुमति लिन लागेको हो।

पछिल्लोपटक थपिएको ४ दिनको हिरासत म्याद बुधबार बेलुका नै सकिएकाले आज अदालत लगेर पुनः म्याद थप्न लागिएको हो । गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएका लामिछाने त्यसयता प्रहरीको हिरासतमा छन्।

Advertisement

यसबीच उनीविरुद्ध यसअघि ६ पटकसम्म हिरासत म्याद थपिएको छ। आज थपिए सातौँपटक हुनेछ। आज गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसँगै सोही प्रकरणमा समातिएका पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, जीबी राईका साझेदार रामबहादुर खनाल र लीला पछाईंलाई पनि कास्की प्रहरीले अदालत उपस्थित गराउँदै छ।

लामिछानेविरुद्ध ५ वटा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान चलिरहेको छ। यसबीच उनलाई रुपन्देही (बुटवल), काठमाडौँ, चितवन र पर्सा (वीरगन्ज) का विभिन्न सहकारी ठगी आरोपमा समेत ती स्थानमा लगेर बयान लिइएको छ।

रविविरुद्ध पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको आरोप छ। लामिछानेविरूद्ध तत्काल सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अदालतमा मुद्दा लैजाने भएको छ।

पाँच जिल्लाका पाँचवटा सहकारी ठगीमा अनुसन्धान गरिरहेको प्रहरीले सबैभन्दा पहिला पोखराको सूर्यदर्शन सहकारीको मुद्दा जिल्ला सरकारी वकिल कार्यालय, कास्कीमा बुझाउने भएको छ। सरकारी वकिलले उक्त अनुसन्धान प्रतिवेदन अध्ययन गरी अभियोगपत्र तयार गर्नेछन् र अदालतमा मुद्दा दायर गर्नेछन्।

पुस ५ गतेभित्र सबै जिल्लाको मुद्दा अदालत टेकाइसक्ने तयारी प्रहरीको छ। पोखराको सूर्यदर्शन सहकारीको ठगीमा ४० जनाविरूद्ध पूरक अभियोगपत्र दायर गर्ने तयारी भएको छ। यीमध्ये ५ जना हाल कास्की प्रहरीको हिरासतमै छन्।

यी ५ जनामध्ये छविलाल सबैभन्दा पहिला अर्थात् गत असोज ६ गते पक्राउ परेका हुन्। त्यसै दिनबाट म्याद गणना गरी ९० दिनभित्र यो मुद्दा अदालत टेकाउनुपर्ने कानुनी बाध्यता छ। त्यो म्याद पुस ५ गते सकिँदै छ।

रवि लामिछाने कात्तिक २ गते समातिएका थिए। यहीबीचमा जीबी राईसँग निकट सम्पर्कमा रहेकी र अस्वाभाविक कारोबारसमेत देखिएकी लीला पछाई, छविका अंगरक्षक रामबहादुर खनाल र सहकारीकै एक सञ्चालक कृष्ण गुरुङ पक्राउ परेका छन्।

यसअघि जीबी राई, कुमार रम्तेलसहित १९ जनाविरूद्ध मुद्दा दायर भइसकेको छ। तीमध्ये राईसहित केही फरार छन् भने केही पुर्पक्षका क्रममा थुनामा छन्। अनुसन्धान अधिकारीहरूका अनुसार, रवि लामिछानेविरूद्ध कास्की जिल्ला अदालतमा मुद्दा गएपछि त्यहाँ थुनछेक बहस हुनेछ।

अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेमा अन्य जिल्लामा अदालतमार्फत नै बयानका लागि उपस्थित गराइनेछ। धरौटी वा साधारण तारेखमा छाड्ने आदेश भएमा तत्कालै अर्को जिल्लामा प्रहरीले पठाउनेछ।

त्यसअघि नै रूपन्देही, चितवन, काठमाडौँ र पर्सा जिल्ला प्रहरीले कास्की प्रहरीलाई पत्राचार गरी ‘त्यहाँबाट छुटी जाने भएमा यता पठाइदिनू’ भनी पत्राचार गरिसकेका हुनेछन्। प्रहरी अधिकारीहरूको अनुमानमा पाँच जिल्लाको थुनछेक बहसमै कम्तीमा २५ दिन खर्च हुन सक्नेछ। यसरी हेर्दा अदालतले थुनामा पठाउन नभने पनि पुस महिनाभर रवि थुनामै हुनेछन्।

भर्खरको समाचार

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

सम्बन्धित समाचार

Scroll to Top