×

NEPAL TIMES UPDATES

Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026

प्रसाईंलाई कम्बोडिया बाटै आएको थियो झुटो प्रमाण

२७ मंसिर २०८१

२७ मंसिर , काठमाण्डौ।

झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्यतुीय कारोबार ऐन अन्तर्गको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै अफवाह फैलाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रसाईंलाई उनकै घर भक्तपुरबाट पक्राउ गरेको थियो ।

Advertisement
Advertisement

साइबर अपराधको कसुरमा ५ वर्ष कैद र एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था भएकाले उक्त सजाय मागदाबी गर्दै मुद्दा दर्ता भएको छ । यसका साथै प्रसाईंविरुद्ध यसअघि पनि साइबरको मुद्दा चलेका पटके कसुरदार भन्दै थप सजाय समेत माग गरिएको छ ।

पटके कसुरदारको हकमा डेढी सजाय हुने व्यवस्था भएकाले प्रसाईंविरुद्ध साढे ७ वर्षको कैद सजाय माग गर्दै मुद्दा दायर भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासमा प्रसाईंविरुद्धको पेसी तोकिएको छ । अब प्रसाईंको बयान हुनेछ ।

त्यसपछि थुनछेक बहसपछि पुर्पक्षमा पठाउने वा साधारण तारेख तथा धरौटीमा छाड्ने आदेश आउने छ । यही बीचमा भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपालका व्यापारीहरुलाई धम्क्याएको आरोपमा आपराधिक लाभ र संगठित अपराधको कसुरमा प्रसाईंविरुद्ध सीआईबीले पनि अनुसन्धान अघि बढाइरहेको छ ।

यता साइबरको कसुरमा भने प्रधानमन्त्री केपी शर्मा ओलीको लगानीबारे आफूले फेक कागजात तयार नपारको भन्दै प्रसाईंले बयान दिएका छन् । कम्बोडियामै बस्ने नेपालीले पठाएको विवरणहरु आफूले सार्वजनिक गरेको भन्दै प्रसाईं बयान दिएका छन् ।

‘एक जना कम्बोडियामा बस्ने नेपालीले मैले प्रयोग गर्दै आएको नेपाली नम्बरमा मलाई फोन सम्पर्क गरी खड्गप्रसाद शर्मा ओलीको स्मार्ट एक्जिएटा कम्पनी लिमिटेडमा कम्बोडियामा लगानी छ भनी जानकारी गराएका थिए । सो कागजातहरू मैले प्रयोग गर्ने नेपाली नम्बरको ह्वाट्सएपमा पठाई देऊ भनेकोमा निजले पठाइ दिएका थिए । त्यही सार्वजनिक गरेको हुँ’ प्रसाईंको बयान छ ।

कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा नेपालका प्रधानमन्त्रीको २१ करोड (साढे ३२ अर्ब रूपैयाँभन्दा बढी) अमेरिकी डलर लगानी रहेको भनेर उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको कागजातमा ओलीको नाम र हस्ताक्षर नक्कली रहेको पाइएपछि पक्राउ परेका उनी हिरासतमा छन् ।

उनले युट्युबरसँग यी काजगात बटुल्न तथा अनुसन्धान गर्न एक करोड ११ दाख रुपैयाँ खर्च गरेको दाबी गरेका थिए । उनले बयानमा भनेका छन्, नेपालमा भइरहेको राजनीतिक अस्थिरता, देशमा मौलाउदो भ्रष्टाचार, चरम आर्थिक संकट, युवाहरू बिदेश पलायन, सामान्य नागरिकले महंगीको मारमा झेल्नु परेको पीडा पिरमर्कालाई बुझी नेपालीहरूको अभिभावकको रुपमा मैले विगत ३ वर्षदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको रुपमा नेतृत्वदायी भूमिकामा कार्य गर्दै आइरहेको छु ।

सो कार्यहरू गर्नमा अबरोध सृजना गर्ने नेपालको वर्तमान संघीय सरकार तथा सरकारको नेतृत्व गर्ने प्रमुख राजनीति दलका नेताहरूलाई चुनौती दिदै सामाजिक तथा राजनीतिक अभियानहरू चलाइरहेको छु ।

हाल नेपालका सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली ज्यूको बारेमा बारम्बार नेपाली मिडियाहरू लगायत विदेशी मिडियाहरूले समेत ‘कम्बोडियाको टेलिकममा प्रधानमन्त्री खड्गप्रसाद ओलीले २१ करोड युएस डलर लगानी गरेको’ त्यसको नेपाली अन्दाजी साढे ३२ अर्ब लगानी गरेको भनेको कारण सो मिडियाहरूको समाचारहरूको बारेमा केलाउनुका साथै सो विषयमा बुझ्दै गर्दा एक जना कम्बोडियामा बस्ने नेपालीले मैले प्रयोग गर्दै आएको नेपाली नम्बरमा मलाई फोन सम्पर्क गरी खड्गप्रसाद शर्मा ओलीको स्मार्ट एक्जिएटा कम्पनी लिमिटेडमा कम्बोडियामा लगानी छ भनि जानकारी गराएका थिए ।

त्यसो भए तपाईसँग के प्रमाण छ भन निजलाई सोधपुछ गर्दा निजले खड्गप्रसाद शर्मा ओली बिजनेस फर्मको लागि १४ मे २०१९ मा कम्बोडियामा जाँदा खेरी भाग लिएको अवस्थाको भिडियो र सो कम्पनीको सेयर खरिद गरेको पैसा खुलेको कागजहरू छ भनेकोमा त्यसो भए सो कागजातहरू मैले प्रयोग गर्ने नेपाली नम्बरको ह्वाट्स एपमा पठाई देउ भनेकोमा निजले पठाइ दिएका थिए ।

यो प्रमाणहरू मैले बनाएको कागजात, भिडियो तथा फोटोहरू होइन । गरिब, विकासोन्मुख हाम्रो देशका प्रधानमन्त्रीसँग कम्बोडियामा लगानी गर्ने यत्रो पैसा कहाँबाट आउँछ, नत हाम्रो देशका प्रधानमन्त्री ठुलो ब्यापारी नत ठुलो व्यवसायी नत ठुलो उद्योगी यत्रो रकम किन, कसरी लगानी गरे भन्ने विषयमा जनता सामू प्रष्ट पारौं भन्ने उदेश्यले मैले विभिन्न मिडियाका साथीहरूलाई बोलाई प्रेसमिट गरेको थिएँ ।

त्यतिबेला मैले ‘यहाँका नेताहरूको पैसा कम्बोडिया, मंगोलिया, तुर्किमेनिस्तान, साउथ अफ्रिका, केन्या, दुवई, सिंगापुरमा छ । मसँग प्रमाण छ लिखित सिग्नेचर भएका पेपरहरू छन्, मसँग बुझ्नु भो मलाई यिनीहरुले मारे भने अर्कै कुरो हो नभए दुर्गा प्रसाईं बिग्दैन, संसारमा दुर्गा प्रसाई मर्छ, बिग्दैन । संसारमा दुर्गा प्रसाईं झुक्छ, तर बिग्दैन । किनभने मैले नेपालीहरू रोएको नेपाली चेलिबेटीहरू रोको देखेको छु’, भन्नेलगायतको शब्दहरू बोलेको थिएँ ।

उक्त कुरा बोल्दै प्रधानमन्त्री खड्गप्रसाद ओलीले स्मार्ट एक्जिएटा कम्पनी लिमिटेड कम्बोडियामा लगानी गर्नु भएको रकम सहितको कागजातहरू देखाउँदै सो सँग सम्बन्धित विषयमा सम्बाद गर्दै गर्दाको भिडियोलाई मैले प्रयोग गर्दै आइरहेको सामाजिक सञ्जाल फेसबुककोबाट शेयर गरेको थिएँ ।

‘ल हेर्नुहोस केपी ओलीको कम्बोडियामा लगानी, हालका देशका प्रधानमन्त्रीको असली चरित्र‘’ भन्ने लगायतको स्टाट्सहरूको साथमा भिडियो समेत अपलोड र पोष्ट गरेको हुँ ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top