ओलीलाई नै फोन गरेर बामदेवले राजीनामा मागेपछि

२७ मंसिर ८१, शुक्रबार

२८ मंसिर ,काठमाण्डौ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीमाथि खनिएका छन् । उनले माओवादीलाई जाली, फटाहा र बेइमानहरूको नेतृत्व गरिरहेको पार्टीका रुपमा चित्रण गरेका छन् ।

Advertisement

आदिवासी जनजाति महिलाहरूको राष्ट्रिय भेलालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमाले र आफूविरुद्ध माओवादी लागिरहेको बताएका हुन् । ‘जुन दिन यो देशमा माओवादी पलायो, त्यहीँ दिनबाट जाली, फटाहा र बेइमानहरू सक्रिय छन्’, प्रधानमन्त्री ओलीले भने, ‘माओवादीको नेतृत्वमा यो भइरहेको छ, प्रचण्ड महोदयले यो काम गर्नुभएको छ ।’

उनले हल्ला गरेर र झुट बोलेर समाजमा भ्रम फैलाउने गरेको भन्दै सामाजिक सञ्जालहरुको समेत दुरुपयोग भइरहेको बताए । ओलीका अनुसार आजै उनलाई फोन गरेर बामदेव गौतमले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने बताए ।

Advertisement

आफूलाई राजेश ब्रजाचार्य (स्वकिय सचिव) सम्झिएर वामदेव पड्किएको ओलीले सुनाए । एउटा फेक भिडिओ हेरेर वामदेव जंगिएको उनको भनाइ छ । ‘एआइको जमाना छ, के के कुराहरु तोडमोड भएर आउँछन् पत्तो हुँदैन,’ ओलीले भने, ‘एउटै चिज बोल्या छ, यता कटायो उता कटायो ल्याएर जोड्यो, कस्तो लाज नभएको होला ।’

ओलीले भने ‘अहिले भर्खर गाडीमा आउँदै थिए, वामदेवजीको फोन आयो । फोन राजेशसँग थियो, वामदेवजीको नम्बर देखेपछि मैले उठाएर हेलो भनेँ । कुरा गर्दै गइयो । उहाँले भन्नु थाल्नुभयो– मदन भण्डारी कांग्रेसले मारेको हो, मलाई पहिले नै थाहा थियो, तर म चुप लागेँ‘ कांग्रेसले मार्छ भन्ने थाहा थियो, कांग्रेसले मार्या हो भन्ने पनि थाहा थियो, तर अब म बुढो भइसकेँ, जेसुकै भए पनि केही छैन, त्यसैले म सबै कुरा भन्दैछु भनेर‘ सबै मेरै स्वरमा छ । कुराको अन्तिममा त‘ तिम्रो ठुलोबालाई भन्देउ, प्रधानमन्त्रीबाट पनि राजीनामा गर्न भन्देउ, अध्यक्षबाट पनि राजीनामा गर्न भन्देउ । यस्तो भनेर पड्किनुभो । हस हजुर भनेँ । अब के भन्नु । हस म भन्दिउँला भनेँ । फोन राखेँ । उहाँलाई समेत भ्रम पर्ने गरी‘भ्रम त पर्नु नपर्ने हो किन भने वामदेव गौतमजी र म ‘त एउटै विचारमा नङ र मासु जसरी एउटै यात्रामा हिँडेका साथी हौं । अहिले उहाँलाई के केले छोयो के के भयो म भन्न सक्दिनँ । उहाँले मेरो आवाज युट्यूवमा बोलेको चिन्नुभो, तर म उहाँसँग कुरा गरिराख्या छु, त्यो चाहीँ चिन्नुभएन । कांग्रेस र मेरोबीचमा लडाईं लगाउने हिसाबले कसैले त्यस्तो भिडिओ बनायो होला ।’

Advertisement

उनले कुनै प्रकारको भ्रममा नपर्न आग्रह गर्दै एमालेविरुद्ध लड्न नसकेपनि भ्रम फैलाउने काम भइरहेको बताए । ‘नेकपा एमाले स्थापित भयो, त्यसकारण यिनीहरूलाई पिर परेको छ’, ओलीले देशको स्थायित्वका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताए ।

उनले सरकार सफलताका साथ अघि बढेको भन्दै समाजमा पहिलाजस्तो भाँडभैलो नभएको दाबी गरे । उनले देशमा कानुनको राज गराएर र भ्रष्टाचारीलाई कारबाही गराएर छाड्ने दाबी गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top