NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

एनपिएलमा कसका कस्ता कीर्तिमानी बने ?

मङ्लबार पुस २ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
एनपिएलमा कसका कस्ता कीर्तिमानी बने ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२ पुष , काठमाण्डौ ।

प्लेअफ समीकरण टुङ्गो लागेसँगै नेपाल प्रिमियर लिग (एनपिएल) मा आज मंगलबार ‘ब्रेक’ छ । भोलि बुधरबार क्वालिफायर १ र एलिमिनेटर विजेताको टुङ्गो लाग्ने छ । भोलिको पहिलो खेल क्वालिफायर १ बिहान ९ः१५ बजे सुरु हुने छ, जसमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स आमने–सामने हुनेछन् ।

यसअघि लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । क्वालिफायर १ मा जित्ने टोली सिधै फाइनलमा पुग्ने छ भने हार्ने टोलीका लागि अर्को एक मौका हुने छ । हार्ने टोलीले भोलि दिउँसो १ः१५ मा हुने एलिमिनेटर विजेतासँग पर्सि प्रतिस्पर्धा गर्ने छ ।

Advertisement

एलिमिनेटर प्रतिस्पर्धामा चितवन राइनोज र कर्णाली याक्स मैदान उत्रनेछन् । लिग चरणको भेटमा कर्णालीले चितवनमाथि ७ रनको जित निकालेको थियो । एलिमिनेटर प्रतिस्पर्धामा जित्ने टिमले पर्सि क्वालिफायर १ मा हार्ने टिम जनकपुर वा सुदूरपश्चिममध्ये एकसँग खेल्ने छ ।

त्यो क्वालिफायर २ हुने छ । क्वालिफायर २ मा जुन टिमले जित्छ त्यो फाइनलमा पुग्ने छ । २१ डिसेम्बर एनपिएल पहिलो संस्करणको फाइनल डे हुने छ ।

एनपिएलमा सहभागी ८ टिममध्ये दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स, अनिलकुमार साहको कप्तानीमा रहेको जनकपुर बोल्ट्स, कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोज र सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्स अर्को चरणमा प्रवेश गर्दा रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स, सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्स, कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेञ्जर्स र करण केसीको कप्तानीमा रहेको काठमाडौं गुर्खाज लिग चरणबाट बाहिरिएका छन् ।

समूह चरणका खेल सकिँदासम्म एनपिएलमा सबैभन्दा बढी टार्गेट रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले दिएको छ । लुम्बिनीले विराटनगरलाई १९२ रनको टार्गेट दिएको थियो । विराटनगरले उक्त टार्गेट ८ विकेटको क्षतिमा १९.५ ओभरमा भेटाउँदै १९३ रन हान्यो ।

एनपीएलबाट बाहिरिए पनि यो रनसँगैको जित नै अहिलेसम्म एनपिएलको सबैभन्दा ठूलो स्कोर हो । यस्तै समूह चरणका खेल सकिँदासम्म एनपिएलको सर्वाधिक रनकर्ताको कीर्तिमान रोहितकुमार पौडेलकै पोल्टामा छ । एनपीएलमा उनले ७ खेल खेल्दा २६ चौका र ११ छक्कासहित २७९ रन हानेका छन् ।

उनको यो कीर्तिमानलाई २३३ रनसहित चितवन राइनोजका रवि बोपराले पछ्याइरहेका छन् । चितवनकै कुशल मल्ल पनि २०२ रन पु¥याएर चौथो स्थानमा छन् । चितवन प्लेअफमा पुगेकाले उनीहरूसँग रोहितको यो रेकर्ड तोड्ने मौका छ ।

मल्लले नै रेकर्ड तोडे भने बलिङमा पनि ८ विकेट लिइसकेका उनले कार जित्ने सम्भावना पनि कायमै छ । यो एनपिएलमा अहिलेसम्म एकजना मात्रै खेलाडीले शतक हान्न सकेका छन्। ती हुन्, अमेरिकाका विकेटकिपर ब्याटर आन्द्रेस गौस ।

पोखरा एभेन्जर्सबाट खेलेका उनले लुम्बिनीविरुद्धको १०४ रन हान्दै नटआउट खेलेका छन् । लुम्बिनीका रोहितले सोही खेलमा ९५ रन हानेका थिए तर शतक पु¥याउन सकेनन् । यता बढी अर्धशतक हान्ने खेलाडीको कीर्तिमान भने अहिलेसम्म राष्ट्रिय टोलीका समेत कप्तान रहेका रोहितकुमार पौडेलकै नाममा छ ।

उनले पोखरा र चितवनविरुद्धको खेलमा गरेर दुई अर्धशतक हानेका छन् । चितवनका रवि बोपराले पनि दुई अर्धशतक हानिसकेका छन् । यस्तै सबैभन्दा बढी छक्का जनकपुरबाट खेलिरहेका न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसमले हानेका छन। उनले ६ खेलमा १५ छक्का हानेका छन्।

छक्काको यो कीर्तिमानमा उनलाई पछ्याइरहेका छन्, चितवनका कुशल मल्ल । उनले ७ खेलमा १४ छक्का हानेका छन् । सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरीको रन बहिखातामा पनि ११ छक्का छ। यी तीनैजनाको टिम प्लेअफमा पुगेकाले पनि यो रेकर्डमा फेरबदल हुनसक्ने सम्भावना छ ।

सर्वाधिक विकेट लिने खेलाडीमा सुदूरपश्चिम रोयल्सबाट खेलिरहेका न्युजिल्यान्डका स्कट कुगलाइन अगाडि छन्। उनले ७ खेलमा १५ विकेट लिएका छन् । पोखराविरुद्धको खेलमा मात्रै उनले एक्लै ५ विकेट लिएर टिमलाई रोमाञ्चक जित दिलाएका थिए।

कुगलाइनपछि जनकपुरका ललित राजवंशी १३ विकेटसहित दोस्रो स्थानमा छन्। तेस्रो स्थानमा भने चितवन राइनोजका रिजन ढकाल छन्। उनले पनि १३ विकेट लिएका छन्। फिल्डिङ रेकर्डअन्तर्गत अहिलेसम्म जनकपुर बोल्ट्सका कप्तान अनिल साहले सबैभन्दा बढी खेलाडीलाई क्याच आउट गरेका छन् ।

उनले अहिलेसम्म १२ क्याच गरेका छन् । त्यसपछि सुदूरपश्चिम रोयल्सका नरेश बुढायर छन्। उनले ९ क्याच गरेका छन् । यो एनपिएलको सबैभन्दा ठूलो साझेदारीको रेकर्ड पनि पोखराकै खातामा छ । लुम्बिनी लायन्सविरुद्धको खेलमा पोखराका ओपनर्स आन्द्रेस गौस र दिनेश खरेलले १७६ रनको ब्याटिङ पार्टनरसिप गरेका थिए ।

एनपिएलमा अशिलेसम्म एक बलमा १५ रन बनेको अनौठो कीर्तिमान बनेको छ । विराटनगर किंग्स र चितवन राइनोजबीचको खेलमा एकै बलमा १५ रनको कीर्तिमान बनेको हो । चितवन राइनोजका बलर अमर सिंह रौटेलाले एकै बलमा १५ रन खर्चिंदै विराटनगरका बसिर अहमदलाई यो अनौठौ कीर्तिमान बनाउन सघाएका हुन् ।

एनपिएलमा अहिलेसम्म सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडीको सूचीमा जनकपुर बोल्ट्सका अलराउन्डर जिमी निसमको नाम अग्रपंक्तिमा छ । उनले चितवन राइनोजविरुद्धको खेलमा ४ चौका र ५ छक्काको मद्दतमा १८ बलमै अर्धशतक प्रहार गरेका छन् ।

उनले बासिल हमिदले बलिङ गर्दा एकै ओभरमा ४ चौका र १ छक्का २४ रन हानेका थिए । यो कीर्तिमान यसअघि पोखरा एभेन्जर्सका आन्द्रेस गौसको नाममा थियो । उनले २० बलमा अर्धशतक हान्दै कीर्तिमान बनाएका थिए । फाइनल खेलसम्म फेरि पनि यो कीर्तिमान नतोडिएला भन्न सकिन्न ।

Tags: #एनपिएलमा कसका कस्ता कीर्तिमानी#नेपाल प्रिमियर लिग (एनपिएल)

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.