×

NEPAL TIMES UPDATES

Playing
BALEN असफल भए भने के हुन्छ ? || Nepal Times
Mar 17, 2026
Playing
Top 15 Afternoon News || Mar-17-2026 || Nepal Times
Mar 17, 2026
Playing
बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद || Nepal Times
Mar 17, 2026
Playing
भारतको RSS र RAW माथि प्रतिबन्ध लगाउन Americaमा माग || Nepal Times
Mar 17, 2026
Playing
आज पनि हावाहुरी, ३ प्रदेशमा चट्याङसहित वर्षा, काठमाडौंमा चिसो|| Nepal Times
Mar 17, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ता लिन मिल्छ कि मिल्दैन ? फैसलाको प्रतिक्षा || Nepal Times
Mar 17, 2026
Playing
बजारमा अभाव देखाएर ग्यास गोदाममै लुकाइयो,शंका लागे ११३७ मा फोन गर्नु#gas #nepal #crisis
Mar 17, 2026
Playing
इराकमा २ नेपाली घा इते,१२०लाई होटलमा सारियो, बगदादमा US दूतावासमा फेरि ड्रोन हानि यो || Nepal Times
Mar 17, 2026
Playing
मित्र र श त्रु छुट्याउँदै इरान,सोध्यो तपाईहरु कसको पक्षमा ?होर्मुज खोल्न सर्त|| Nepal Times
Mar 17, 2026
Playing
मध्यरातमा पा कि स्तानले ब म बर्सायो, अस्पतालसमेत उ डाइदियो|| Nepal Times
Mar 17, 2026

बालेनसँग प्रधानमन्त्रीले फेरि निहुँ खोजे

२ पुष २०८१

२ पुष ,काठमाण्डौ।

प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन बीचको सम्बन्ध सार्वजनिक रुपमा हेर्दा पानी बाराबारको जस्तो देखिन्छ । केही महिनाअघिसम्म सामाजिक संजाल र सार्वजनिक समारोहमा एकअर्काको खिसीट्युरी गर्न पछि नपरेका प्रधानमन्त्री र मेयर पछिल्लो दुई महिना यता भने एकअर्काप्रति मौन देखिएका थिए ।

Advertisement

काठमाडौं महानगर संघीय राजधानीमै भएपनि दुई नेता एकै मंचमा अहिलेसम्म देखिएका छैनन् । भर्खरै काठमाडौं महानगरले महानगर दिवस मनाएपनि त्याहा संघ सरकारका तर्फबाट प्रधानमन्त्री, मन्त्री भन्दा उपराष्ट्रपति प्रमुख अतिथि बने केही साता अघि मात्रै महानगरकै कार्यालय छेउमा रहेको धरहराबाट नेपाल प्रिमियर लिगको ट्रफी अनावरण गर्दा बालेनको उपस्थिती देखिएन ।

आज ललितपुरले आयोजना गरेको महानगर दिवसमा भने प्रधानमन्त्री प्रमुख अतिथि बने । जहाँ प्रधानमन्त्रीले छिमेकी महानगरका मेयर बालेनप्रति ब्यङ्ग वाण प्रहार गरेका छन् । बालेनले नेतृत्व गरिरहेको काठमाडौं महानगरपालिकाका नगर प्रहरीले सडकमा आतंक मच्चाएको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएका छन् ।

काठमाडौंमा बालेनका निर्णयहरु कायान्वयन गराउँने महानगरपालिकाका नगर प्रहरीलाई निशानामा राख्दै ओलीले बालेन लक्षित बाण चलाएका हुन् । एमाले अध्यक्षसमेत रहेका ओलीले काठमाडौंका नगर प्रहरीहरुले सडकमा आतंक मच्चाएको भन्दै असन्तुष्टि जनाए ।

आज छिमेकी ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवस कार्यक्रमको सम्बोधनमा उनले काठमाडौं महानगरका नगर प्रहरीमाथि कटाक्ष गरे । नगर प्रहरीको काम गरिब लखेट्ने नभएको भन्दै उनले कटाक्ष गरे ।

काठमाडौं महानगरका मेयर बालेन शाहको निर्देशनमा त्यहाँका नगर प्रहरीले फुटपाथ हटाउने भन्दै सडकका व्यापारीदेखि मकै पोल्न बसेका सर्वसाधारणसम्मलाई आतंकित गरिरहेको भन्दै ओलीले गुनासो ।

काठमाडौंका नगर प्रहरीले ठेला, साइकल र गाडामा सब्जी, अन्य उपभोग्य सामान बेच्नेलाई लखेट्ने गरेको ठीक नभएको बताए । तर, ललितपुरमा भने त्यस्तो नभएको प्रधानमन्त्री ओलीको भनाई छ ।

‘कम्तीमा ललितपुर नगर प्रहरीले गुर्रर जीपमा कुदेर, अर्कै लोकबाट झरे जस्तो गरेर पिर्रपिर्र सिट्ठी बजाउँदै आतंक मच्चाउँदै, ठेला फाल्दै, गरिबका तरकारी र टमाटर फाल्दै हिँडेको मैले देखेको छैन । नगर प्रहरीलाई धन्यवाद’, उनले भने, ‘नगर प्रहरी आतंकको पर्याय होइन, नगरबासीको रक्षक हुनुपर्छ।’

उनले काठमाडौंमा नगर प्रहरीले सडकमा आतंक मच्चाएकोप्रति असन्तुष्टि दोहोर्याए । ‘नगर प्रहरी देख्नेबित्तिकै आयो–आयो कता भागौं? के गरौं भन्ने हुनु हुँदैन’, उनले भने, ‘नगर प्रहरी देखेर जनता तर्सिने अवस्था कम्तीमा ललितपुरमा चाहिँ नहोस् ।’

पछिल्लो केही समययता ओली र बालेनबीचको आरोप–प्रत्यारोप सतहमै देखिने गरेको छ । यी दुईबीचको सम्बन्ध चिसिएको कारण पनि ओलीले महानगरका नगर प्रहरीले डोजर आतंक मच्याएर गरिबको घरबार भत्काइदिएको भन्ने अभिव्यक्ति दिएपछि नै हो ।

यस्तै ओलीले सबै तहका सरकारहरू जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने पनि बताए । ओलीले ललितपुर नगर प्रहरी आतङ्कको पर्याय नभइ रक्षकको पर्याय बनेकामा प्रशंसा गर्दै जनप्रतिनिधि र कर्मचारीले घमन्ड वा तनाव नलिई सेवाभाव प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘तपाईंहरूले जनताका लागि त्रास फिँजाउने होइन। तपाईंहरूलाई देख्दा जनताले सुरक्षित महसुस गरून्। तपाईंहरू जाँदा जनताले हाम्रा रक्षकहरु आए भन्ने ठान्नुपर्छ। ताकि लौ आयो, कता भागौं, के गरौं भन्ने हुनुहुँदैन। कोही घडी फुकालेर लुकाउन थाल्ने, कोही सिक्री लुकाउन थाल्ने, यस्तो अवस्था नहोस्।’

काठमाडौंका नगर प्रहरीलाई सुझाव दिँदै उनले थपे, ‘हामी जनताका सेवक हौं। हामीले शासक र हाकिम हुँ भन्ने प्रवृत्ति बिर्सनुपर्छ। हामीभित्र घमन्ड पस्नु हुँदैन। तनाव लिने र दिने काम पनि गर्नु हुँदैन।’ उनले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको जनाउँदै नसक्नेका र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको बताए ।

विभिन्न क्षेत्रमा योगदानकर्तालाई महानगर गौरव सम्मानबाट पुरस्कृत गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले महानगरपालिकाको एकद्वार प्रणाली, विद्युतीय नक्सापास प्रणाली र फोहोर सङ्कलनका लागि मोबाइल एप्सको शुभारम्भ गरे ।

यस्तै प्रधानमन्त्री ओलीले ललितपुर महानगरपालिकाले सोमबारबाट सञ्चालनमा ल्याएको ‘इन्टिलिजेन्ट ट्राफिक लाइट’ को प्रशंसा गरे । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले सोमबारबाट उक्त लाइटको सरुवात गरेका थिए ।

इन्टिलिजेन्स प्रणालीमा आधारित यी लाइटले जतापट्टि धेरै सवारीसाधन संख्या हुन्छ, त्यतैतिर हरियो बत्ती बल्छ । उक्त प्रविधिबारे प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘दुई चार वर्षअघि सम्म यो शब्दै पनि सुन्न नसकिने कुरा हो, इन्टिलिजेन्ट ट्राफक लाइट । शब्दै सुन्न नपाइने कुरा, ट्राफिक लाइट यसो रातो, पहेँलो बाल्न त गाह्रो थियो भने, यहाँ त इन्टिलिजेन्ट ट्राफिक लाइट भयो।’

उनले कल्पनै गर्नै नसक्ने कार्य ललितपुर महानगरले गरेको भन्दै देश जहाँको त्यही नभएको पनि बताए । ‘यो त कल्पनै गर्न गाह्रो थियो । ललितपुर महानगरले हिजो सुरु गरिसकयो । अर्थात् हामी अगाािड बढिसक्यौं । अवस्था जहाँको त्यहीँ छैन,’ उनले भने ।

कार्यालय समयमा काठमाडौं तर्फका ट्राफिक लाइटमा यात्रुले धेरै समय कुर्नुपर्ने भए पनि ललितपुरमा धेरैमा ३०–५० सेकेन्ड मात्रै पर्खे पुग्ने ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले पनि बताएका छन् ।

सोही कार्यक्रमा फरक सन्दर्भमा ओलीले मानिसका छोराछोरीलाई सडकमा अलपत्र पार्न नदिने र विसं २०८२ भित्र सडक मानवमुक्त नेपाल बनाउन काम भइरहेको जनाए । नेपालमा पहिले जस्तो जीविकाका लागि भारी नै बोक्नुपर्ने र चर्को शारीरिक श्रम गर्नुपर्ने बाध्यतामा धेरै कमी आएको पनि उनले बताए ।

‘अहिले विरामी पर्दा स्वास्थ्य उपचार हुने गरेको छ । नेपालमा महत्त्वपूर्ण अंगको ट्रान्सप्लान्ट हुने गरेको छ’, उनले भने, ‘मेरै कुरा गरौँन । किड्नी ट्रान्सप्लान्ट गर्ने सु्विधा नभएको मेरो त अस्ति साउनमै १८ औँ पुन्य तिथि भइसक्थ्यो । पहिलो पटक ट्रान्सप्लान्ट गर्न नेपालमा सुविधा नहुँदा भारत गएँ । १३ वर्षपछि मैले नेपालमै ट्रान्सप्लान्ट गरेँ । नेपालमै ट्रान्सप्लान्ट गर्दा सजिलो छ । औषधोपचारदेखि डाक्टरको फलोअपमा अस्पताल जान पनि सजिलो छ । दोस्रो पटक ट्रान्सप्लान्ट नेपालमै गर्दा मलाई सजिलो भएको छ । औषधि खान पनि अर्को देशतिर जानुपर्दैन’ ओलीले भनेका छन् ।

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top