यू–१९ एसिया कपमा फेरि वर्षा बाधक, खेल रद्द

३ पुस ८१, बिहीबार

४ पुष, एजेन्सी ।
महिला यू–१९ एसिया कपको सुपर फोर अन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएको छ । सुपर फोरको पहिलो खेलमा नेपालले श्रीलंकासँग अंक बाँडेको छ। क्वालालम्पुरस्थित बायुमास ओभलमा बिहीबार तय भएको खेल वर्षाको कारण रद्द भएसँगै नेपालले श्रीलंकासँग समान एक अंक बाँडेको हो।

टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले एक ओभरमा एक विकेट गुमाउँदै एक रन मात्रै बनाएको थियो। सोही अवस्थामा वर्षा सुरु भएसँगै खेल रद्द गरिएको हो। नेपालकी कप्तान पूजा महतोले हिरुनी हंशिकालाई शून्य रनमा अलिसाकुमारी यादवबाट क्याच आउट गराएकी थिइन्।

नेपाल समूह ‘बी’ को उपविजेताको रुपमा सुपर फोरमा पुगेका हुन्। समूह ‘ए’ बाट श्रीलंका दुवै खेल जित्दै समूह विजेताको रुपमा अगाडि बढेको हो। समूह चरणको पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै ऐतिहासिक जित निकाल्यो।

Advertisement

दोस्रो खेलमा भारतविरुद्ध वर्षाको कारण खेल नतिजाविहीन रह्यो, जसले दुवै टोलीलाई समान एक अंक दिलायो। नेपाल र भारत अपराजित रहँदै सुपर फोरमा स्थान बनाउन सफल भए। भारतले पहिलो खेलमा बंगलादेशलाई नौ विकेटले हराएको थियो।

यता, श्रीलंकाले घरेलु टोली मलेसियालाई ९४ रनले हराउँदै सानदार सुरुआत गरेपनि त्यो लय कायम राख्न सकेन। श्रीलंका दोस्रो खेलमा बंगलादेशसँग २८ रनले पराजित हुन पुगेको थियो। यद्यपि, समूह उपविजेताको रुपमा अघिल्लो चरणको यात्रा तय ग¥यो।

Advertisement

अब नेपालले सुपर फोरमा शुक्रबार बंगलादेशलाई चुनौती पेस गर्नेछ। सुपर ४ मा भारत, नेपाल, श्रीलंका र बंगलादेशले स्थान बनाएका छन् । सुपर ४ मा अर्को समूहबाट आएका २ टोलीसँग खेल हुनेछ । सुपर ४ को शीर्ष २ मा रहने टोलीले उपाधीका लागि खेल्नेछन् ।

फाइनल खेल आगामी आइतवार रहेको छ । एसियाबाट यु १९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो । यु १९ महिला विश्व कप आगामी बर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ ।

विश्व कपमा नेपाल अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग समूह ‘डी’ मा रहेको छ । गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित ६ टोली सम्मिलित छन् । जसमा समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् भने समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान छन् ।

पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिसकेका छन् । नेपाली टोलीमा पूजा महतोको कप्तानीमा १५ सदस्यीय खेलाडी छन् । यसमा टोलीको उप–कप्तानमा सोनी पाख्रिन उपकप्तान छिन् ।

त्यस्तै, टोलीमा साना प्रवीण, ज्यात्स्निका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी र कृष्मा गुरुङ छन् । यस्तै तिर्सना विश्वकर्मा, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायत समेत टोलीमा रहेका छन् । प्रतियोगिता यही पुस ७ गतेसम्म चल्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top