टीयुमैदानमा फ्लडलाइट र प्याराफिट बोलपत्रमै सिमित

४ पुस ८१, शुक्रबार

५ पुष , काठमाण्डौ।

त्रिभुवन विश्वविद्यालय (टीयु) क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि पुनः बोलपत्र आह्वान भएको छ । शहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले अन्तर्राष्ट्रिय स्तरको प्यारापिट र फ्लडलाइटका लागि शुक्रवार बोलपत्र आह्वान गरेको हो ।

प्यारापिटका लागि १ करोड ६२ लाख र फ्लडलाइटका लागि १ करोड ७३ लाख रुपैयाँ लागत छ । बोलपत्र पेश गर्न २०–१० हजार रुपैयाँ लाग्ने छ । बोलपत्र पेश गर्ने म्याद आगामी माघ ६ गते दिउँसो १२ः३० बजेसम्म छ ।

Advertisement

सोही दिन दिउँसो साढे १ बजे बोलपत्र खोलिने सूचनामा उल्लेख छ । यसअघि फ्लड लाइट जडानका लागि आह्वान गरिएका बोलपत्र पटक पटक रद्द भएका थिए । आर्थिक वर्ष २०७९÷८० को बजेटमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले कीर्तिपुर मैदानको स्तरोन्नति र फ्लडलाइट जडानको प्रक्रिया अघि बढाउन २० करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए ।

Advertisement

मैदान स्तरोन्नतिका लागि १० करोड र फ्लडलाइट जडानका लागि १० करोड छुट्याएकामा फ्लडलाइटको १० करोड खर्च नभई फिर्ता भएको थियो । आर्थिक वर्ष २०८१÷८२ को बजेटमा त्रिवि मैदानमा फ्लडलाइट जडानका लागि २० करोड रुपैयाँ विनियोजन भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद बैठकले गएको साउनमा त्रिवि क्रिकेट मैदानमा ३०० दिनभित्र फ्लडलाइट जडान र प्यारापिट निर्माण सक्ने निर्णय गरेको थियो । निर्णय भएको १५९ औं दिन बितिसकेको छ भने अब बाँकी मात्रै १४१ दिन रहेको छ ।

यो अवधिमा प्याराफिट निर्माण असंभव प्राय देखिएको छ । यद्यपि फ्लडलाइट जडानका लागि राष्ट्रिय खेलकुद परिषदले गरेको बोलपत्र भने पटक पटक रद्द हुँदै आएको छ । राखेपले ११ वैशाख २०८१ मपछिल्लो पटक बोलपत्र आह्वान गरेको थियो ।

राखेपको पूर्वाधार शाखामा आरसीपीएल– एसएमएस जेभी, सूर्योदय –बुद्धिराज जेभी, एमएसआईपीएल–एएससी पावर जेभी र वानी इन्फोटेक– कार्की बन्धु जेभीले राखेपमा निवेदन पेश गरेका थिए । तर सबै कम्पनी अयोग्य ठहरिएका थिए ।

पहिलो पटक ४ वैशाख २०८० मा राखेपले आह्वान गरेको बोलपत्रमा ५ वटा कम्पनीले निवेदन दिएका थिए । तर मूल्यांकन समितिले सबैलाई अयोग्य ठह¥याएको थियो । दोस्रो पटक साउन २०८० मा पनि बोलपत्र आह्वान गरियो ।

५ वटा कम्पनीले निवेदन दिएकामा २१ कात्तिक २०८० मा एमएसआइपीएल–एएससी पावर जेभी फ्लडलाइट निर्माणका लागि छनोट भयो । तर उक्त बोलपत्रमा छनोट नभएका ४ कम्पनीले पूर्वाग्रह राखेर कम्पनी छनोट गरिएको भन्दै पुस २०८० मा सार्वजनिक खरिद अनुगमन कार्यालयमा निवेदन दिएका थिए ।

त्यसपछि कार्यालयले पुनः मूल्याङ्कन गर्न निर्देशन दिएको थियो । सार्वजनिक खरिद अनुगमन कार्यालयको उक्त निर्देशनविरुद्ध टेण्डर पाएको कम्पनी एमएसआइपीएल–एएससी पावर जेभीले १९ पुस २०८० मा उच्च अदालतमा रिट दिएको थियो ।

१६ फागुन २०८० मा उच्च अदालतले टेण्डर रद्द गर्न आदेश दिएपछि दोस्रो पटकको टेण्डरबाट पनि कुनै कम्पनी छानिएनन् । १३ वैशाख २०८१ मा बोलपत्र आह्वान गरिएको डिजिटल स्कोर बोर्डको काम भने भइरहेको छ ।

डिजिटल स्कोर बोर्ड निर्माणको जिम्मा पञ्चकन्या÷हिमालयन जेभीले पाएको छ । मन्त्रिपरिषदले ३०० दिनभित्र फ्लडलाइट र प्यारापिट निर्माण गर्ने निर्णय गरे पनि यो चुनौतीपूर्ण छ । किनकी प्यारापिट निर्माणका लागि बजेटको बन्दोबस्त भएको छैन भने बल्ल बोलपत्र आह्वान गरिएको छ ।

मैदान स्तरोन्नति र फ्लडलाइट जडानका लागि आर्थिक वर्ष २०८१÷८२ को बजेटमा त्रिवि मैदानमा फ्लडलाइट जडानका लागि २० करोड रुपैयाँ विनियोजन भएको छ ।

Advertisement

भर्खरको समाचार

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

सम्बन्धित समाचार

Scroll to Top