Deprecated: Function WP_Dependencies->add_data() was called with an argument that is deprecated since version 6.9.0! IE conditional comments are ignored by all supported browsers. in /var/www/html/wp-includes/functions.php on line 6131 रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता हुँदै - NepalTimes

NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता शुक्रबार माघ २ , २०८२
इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो शुक्रबार माघ २ , २०८२
रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट शुक्रबार माघ २ , २०८२
देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन शुक्रबार माघ २ , २०८२
बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु शुक्रबार माघ २ , २०८२
Next
Prev

समाचार

रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता हुँदै

आइतवार पुस ७ , २०८१
Reading Time: 1 min read
A A
स्वर्णिम, मनिषसहितका नेताविरुद्ध सर्वाेच्चमा रिट, तोकियो पेसी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ पुष , काठमाण्डौ ।

सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा अभियोग दर्ता हुने भएको छ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँगै बाँकी ५ जनाविरुद्ध पनि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दर्ता गराउन लागेको हो।

पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा सरकारी वकिलको कार्यालयले शुक्रवार सहकारीका तत्कालीन अध्यक्ष एवं ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । बाँकी प्रतिवादी विरुद्ध आज मुद्दा गराउने तयारी गरिएको हो । उनीहरुविरुद्ध भोलिदेखि बयान र बयान सकिएपछि थुनछेक बहस सुरु गर्ने तयारी छ ।

LS Auto

शुक्रवार मुद्दा दर्ता भएकाहरू सबै प्रतिवादीहरू फरार रहेका छन् । १९ जनाको अभियोगपत्रमा १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ बिगो कायम गरिएको छ ।यसअघिको अभियोगमा १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ मागदाबी थियो भने सहकारी ठगीको मात्रै मुद्दा दर्ता गरिएको थियो ।

तीमध्ये १६ जनालाई सहकारी दफा मात्रै थप भएको छ भने बाँकी २ जनालाई सङ्गठित अपराध र जीबी राईलाई सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, सङ्गठित अपराध र राष्ट्र बैंक कसुर थपिएको थियो ।पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका रवि कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् ।

संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्ने काममा रविको पनि संलग्नता देखिएको भन्दै कारबाही सिफारिस गरेको थियो ।

सो प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा गएपछि सूर्यदर्शनकै बचत ठगी प्रकरणमा गत असोज ६ गते पूर्वडिआईजीसमेत रहेका छविलाल जोशीलाई काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो भने कात्तिक २ गते रविलाई पक्राउ गरेर रातारात पोखरा लगिएको थियो ।

यसबीचमा उनीहरुलाई रुपन्देहीको बुटवल, चितवन, काठमाडौं र वीरगञ्जमा लगेर पनि बयान गराइएको थियो । कास्की जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख, जिल्ला न्यायाधिवक्ता कमला काफ्लेका अनुसार पोखराको सूर्यदर्शन सहकारी ठगीअन्तर्गत रवि लामिछानेसहित पूर्व डीआईजी छविलाल जोशीलगायत ३२ जनाविरुद्ध तीन अभियोगमा आज मुद्दा दर्ता गर्न लागिएको हो ।

सो प्रकरणमा गत असोज ६ गते पक्राउ परेका छविलाल जोशी हिरासतमा रहेको गत शुक्रबार नै ९० दिन पुगिसकेको छ । रवि भने गत कात्तिक २ देखि प्रहरीको हिरासतमा छन् । सम्पत्ति शुद्धीकरण आरोपमा अभियुक्तलाई बढीमा ९० दिन मात्रै हिरासत राख्न पाइने कानुनी व्यवस्थाअनुरूप उनीविरुद्ध शुक्रबार नै अभियोगपत्र दर्ता हुने अनुमान गरिएको थियो ।

तर जिल्ला सरकारी वकिल कार्यालयले आज मात्रै मुद्दा दर्ता गर्न लागेको हो । जिल्ला सरकारी वकिल कार्यालय प्रमुख काफ्लेले कानुनले व्यवस्था गरेको म्यादभित्रै आज अभियोगपत्र दर्ता गर्न लागिएको दाबी गरिन् ।

‘शुक्रबार मध्यराति १२ बजेसम्म म्याद हो, भोलिपल्ट शनिबार (बिदा) परेकाले आज (आइतबार) मुद्दा दर्ता गर्न लागेका हौँ’, उनले भनिन् । शुक्रबार भने सोही प्रकरणमा जीबी भन्ने गितेन्द्रबाबु राईसहित १९ जनाविरुद्ध थप कसुरमा सजायको माग गर्दै जिल्ला अदालतमा पूरक अभियोगपत्र दायर गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेका अनुसार गत वर्ष सहकारी ठगीको कसुरमा मात्रै मुद्दा दर्ता भएकामा शुक्रबार संगठित अपराधको कसुर पनि थप गरेर उनीहरूविरुद्ध अभियोगपत्र दर्ता गरिएको हो ।

यसअघि जीबीसहित १९ जनाविरुद्ध सहकारी ठगीमा मात्रै मुद्दा चलाइएको थियो । अघिल्लो मुद्दामा सूर्यदर्शनका पदाधिकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको दाबी गरिएको थियो ।

तर शुक्रबार दायर गरिएको अभियोग पत्रमा १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो कायम गरिएको काफ्लेले बताइन् । उनीहरूलाई सहकारी ऐन अनुसार बिगो भराउन र बिगो बराबरको जरिवाना गराउन माग गरिएको छ ।

सोही ऐन अनुसार कैद सजायको पनि माग गरिएको थियो । ती १९ जनाविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि सजाय माग गरिएको छ । जीबी राईविरुद्ध भने क्रिप्टो करेन्सीमा कारोबार गरेको आरोपमा समेत सजाय माग गरिएको छ ।

यसअघि सहकारी ठगी आरोपमा २०८० भदौमा अभियोगपत्र दायर भएका सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेलसहितविरुद्ध मुद्दा दर्ता भएको थियो ।

यस्तै सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराई, पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ, भविश्वर अर्याल र आइस्मा गुरुङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङविरुद्ध सरकारी वकिल कार्यालयले बिगो बढाउँदै थप कसुरमा सजाय माग गर्दै अभियोगपत्र दायर गरेको हो । पूरक अभियोग लगाइएकामध्ये ६ जना कास्की कारागार र ३ जना अन्य कारागारमा छन् । १० जना भने फरार छन् ।

Tags: #रवि लामिछाने#सहकारी ठगी प्रकरण#सहकारी ठगीको अनुशन्धान#बयान र थुनछेक बहस

लोकप्रीय

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

शुक्रबार माघ २ , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

शुक्रबार माघ २ , २०८२

विचार

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

शुक्रबार माघ २ , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

शुक्रबार माघ २ , २०८२

थप समाचार

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता
समाचार

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

शुक्रबार माघ २ , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति
समाचार

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?
समाचार

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

शुक्रबार माघ २ , २०८२
बालेनको सबैलाई शुभकामना,ओलीविरुद्ध उम्मेदवारीको तयारी
समाचार

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

शुक्रबार माघ २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२
फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

शुक्रबार माघ २ , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

शुक्रबार माघ २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.