×

NEPAL TIMES UPDATES

Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026

दक्षिण अफ्रिका वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा

१५ पुष २०८१

१५ पुष , एजेन्सी ।

दक्षिण अफ्रिकाले पाकिस्तानलाई सेंचुरियन टेस्टमा २ विकेटले हराएको छ। यसका साथै अफ्रिकाले वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षितसमेत गरेको छ । १४८ रन को टारगेट पछ्याएको घरेलु टोलीले ९९ रनमा ८ विकेट गुमाइसकेको थियो।

Advertisement
Advertisement

तर, कगिसो रबाडा र मार्को यानसनले ५० को साझेदारी गरेर टोलीलाई रोमाञ्चक जित दिलाए। टेस्टको चौथो दिन आइतबार साउथ अफ्रिकाले २७÷३ को स्कोरबाट खेल्न शुरू गरेको थियो । ऐडन मार्करम ३७ रन बनाएर आउट भए । उनीपछि बावुमा टिके । उनले ४० रन बनाए ।

तर, टोलीले ९६ रनमा ५ विकेट गुमाउन पुग्यो । यहीँ उनीहरूलाई ५२ रनको आवश्यक थियो । ४ विकेट लिइसकेका मोहम्मद अब्बासले डेविड बेडिंघम र कोर्बिन बाँसलाई पभेलियन फर्काए । यसैबीच नसीम शाहले काइल वेरियनलाई बोल्ड गरेर हेर्दा हेर्दै ९९ रनमा ८ विकेट लिइसकेका थिए।

अब, पाकिस्तानले जित्नमात्र २ विकेट लिए पुग्थ्यो । तर, रबाडा र यानसनले पाकिस्तानको मनसायलाई सफल पार्न दिएनन्। दुवैले पहिला सम्हालिएर ब्याटिङ गरे । उनीहरूले खराब बललाई मात्रै खेल्न थाले। रबाडाले ३० र यानसनले १६ रन बनाएर टोलीलाई जित दिलाएका थिए ।

पाकिस्तानको लागि मोहम्मद अब्बासले ६ विकेट लिए। १–१ विकेट नसीम और खुर्रम शहजादलाई प्राप्त भयो । आमेर जमालले कुनै विकेट लिन सकेनन्। तर, उनले एक ओभरमा मात्र ११ रन खर्चेका थिए। पाकिस्तानलाई पहिलो टेस्टमा हराएर वल्र्ड टेस्ट च्याम्पियनसिपको हालिय चक्रमा साउथ अफ्रिकाले सातौं जित दर्ता गरेको हो।

टोली ८८ अंकका साथ पहिलो स्थानमा रहेको छ। ६६.६७ प्रतिशत अंक भएकोले दोस्रो टेस्ट हारे पनि यो घटेर ६१.११ प्रतिशत अंक हुनेछ। यस्तोमा साउथ अफ्रिकाको शीर्ष २ स्थान सुरक्षित नै हुने भएकोले वल्र्ड टेस्ट च्याम्पियनसिप फाइनल खेल्ने भएको हो।

साउथ अफ्रिकासँग खेल्न भारत, अस्ट्रेलिया र श्रीलंकाबिच होड चलिरहेको छ। यसमा अस्ट्रेलियामात्रै साउथ अफ्रिकाभन्दा माथि जान सक्नेछ।यता चौथो टेस्टमा भारत अष्ट्रेलियासँग १८४ रनले पराजित भएको छ। ३४० रनको लक्ष्य पछ्याउँदै भारत पाँचौँ दिन १५५ रनमा अलआउट भएको थियो।

यस खेलमा टिम इन्डियाका टप अर्डर ब्याट्सम्यानको प्रदर्शन निकै खराब रहेको थियो । विराट कोहली र रोहित शर्मा जस्ता उत्कृष्ट ब्याट्सम्यान पूरै फल्प देखिएभने ऋषभ पन्तजस्ता खेलाडीहरूपनि जम्न सकेनन् । भारत अहिले विश्व टेस्ट च्याम्पियनसिपको तालिकामा तेस्रो स्थानमा छ।

अस्ट्रेलिया दोस्रो स्थानमा छ। यद्यपि चौथो टेस्टमा यो हारपछि भारतको अंक प्रतिशत ५५.८८ बाट घटेर ५२.७८ पुगेको छ भने अस्ट्रेलियाको अंक ५८.८९ बाट बढेर ६१.४६ पुगेको छ। विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा अहिले एउटा मात्र स्थान खाली छ।

अहिले विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा एउटा मात्र स्थान खाली छ । दक्षिण अफ्रिकी टोली यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ । पाकिस्तानविरुद्धको दुई खेलको टेस्ट सिरिजको पहिलो खेलमा टोलीले आइतबार जित निकालेको हो ।

यो जितले दक्षिण अफ्रिकालाई पहिलो पटक फाइनलमा प्रवेश गराएको छ । अस्ट्रेलियाले यस चक्रमा बाँकी रहेका तिनवटा टेस्टमध्ये कुनै एकमा जित हासिल गरेर फाइनलमा पुग्न सक्छ। अस्ट्रेलियाले अर्को वर्ष थप दुई टेस्टका लागि श्रीलंका भ्रमण गर्नेछ।

वल्र्ड टेस्ट च्याम्पियनसिप डब्लुटीसी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा आयोजित प्रतियोगिता हो । यो च्याम्पियनसिपमा शीर्ष टेस्ट टोलीहरूले प्रतिस्पर्धा गर्छन्। पहिलो संस्करण सन् २०१९–२०२१ मा आयोजना भएको थियो। यसमा प्रत्येक टिमलाई अंकका आधारमा ¥याङ्किङ दिइन्छ, र शीर्ष दुई टोलीहरू फाइनल खेल्छन्।

वल्र्ड टेस्ट च्याम्पियनसिपमा १०–१२ पूर्ण सदस्य राष्ट्र प्रतिस्पर्धा गर्छन्। हाल, १२ पूर्ण सदस्य राष्ट्रमध्ये ९ टिमले भाग लिएका छन् । जसमा भारत, अस्ट्रेलिया, पाकिस्तान ,इंग्ल्यान्ड, साउथ अफ्रिका ,न्यूजिल्यान्ड ,श्रीलंका, वेस्ट इन्डिज र बंगलादेश छन् ।

यो एक द्विपक्षीय टेस्ट श्रृंखलाको संरचनामा आधारित छ। प्रत्येक टिमले २ वर्षको चक्रमा विभिन्न टिमहरूसँग टेस्ट श्रृंखला खेल्छ। प्रत्येक श्रृंखलामा उपलब्ध १२० अंक हुन्छ। जित, बराबरी, वा हारका आधारमा टिमहरूले अंक पाउँछन्।

Advertisement

जितमा १२ अंक, बराबरीमा ४ अंक र ड्र हुँदा ६ अंक पाउछन् । प्रत्येक चक्रको अन्त्यमा, अंक तालिकामा शीर्ष दुई टोलीबीच फाइनल खेलाइन्छ। यसको दोस्रो संस्करण (२०२१–२०२३)मा भारत र अस्ट्रेलिया बीच फाइनल भएको थियो भने जसमा अस्ट्रेलियाले जित हासिल ग¥यो। तेस्रो संस्करण (२०२३–२०२५) भने अहिले जारी रहेको छ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top