×

NEPAL TIMES UPDATES

Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026
Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026

लयमा फर्कियो नेपालको पर्यटन, दैनिक ३ हजार पर्यटक भित्रिए

१६ पुष २०८१

१६ पुष , काठमाण्डौ।

नेपाल, प्राकृतिक सुन्दरताको धनी देश, पर्यटन क्षेत्रको लागि विश्वभर परिचित छ। हिमाल, सांस्कृतिक सम्पदा र साहसिक गतिविधिका लागि नेपालमा पर्यटकहरूको आगमन महत्त्वपूर्ण छ। पछिल्लो समय, पर्यटन क्षेत्रमा बृद्धि देखिएको छ ।

Advertisement
Advertisement

नेपालको पर्यटन क्षेत्र लयमा फर्किएको देखिएको छ । सन् २०२४ मा साढे ११ पर्यटक नेपाल आएका हुन्। यो कोरोनाकाल भन्दा अघिको तथ्याङसँग मिल्दो अवस्था हो । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपालको पर्यटन सन् २०१९ को अवस्थामै फर्केको बताएका छन् ।

सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । मंगलबार बिहानसम्मको तथ्यांकानुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताए ।

सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमन बढेको उनले जानकारी दिए । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो ।

सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो । राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्ल्यूटीओ)को पछिल्लो ६ महिनाको तथ्यांकानुसार कोभिड–१९ पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल), विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय बेलुन महोत्सव, ड्रागन बोट महोत्सवका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आयोजित मेला र प्रदर्शनीले पनि पर्यटन आगमनमा बढोत्तरी भएको पर्यटन बोर्डले जनाएको छ।

बोर्ड स्थापनाको २६ वर्ष पुगे पनि आक्रमक रूपमा बढ्न नसकेको जोशीले बताएका छन् । नेपालको पर्यटक विदेशीलाई लक्षित गरेकोमा पछिल्लो दशक आन्तरिक पर्यटकतर्फ लक्षित पूर्वाधार निर्माण भइरहेको छ ।

२०२४ मा नेपालमा ११ लाख ४७ हजार पर्यटक भित्रिएको यो संख्या भने अघिल्लो वर्षको तुलनामा १५–२०% बृद्धि भएको छ। सबैभन्दा बढी पर्यटक भारत, चीन, अमेरिका, र युरोपेली देशहरूबाट आएका छन्।

वसन्त र शरद ऋतुमा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ। सगरमाथा आरोहण र ट्रेकिङ सिजनले ठूलो योगदान पुर्याएको छ । यस्तै अनअराइभल भिसाको सुविधा र डिजिटल भिसा प्रक्रियाले थप पर्यटकलाई आकर्षित गरेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

लुम्बिनी (गौतम बुद्धको जन्मस्थान), पशुपतिनाथ, सगरमाथासहितका हिमाल आरोहण, विभिन्न सम्पदा क्षेत्रहरू पर्यटकका प्रमुख आकर्षण रहेका छन् । यसबाहेक पछिल्लो पटक सम्पन्न एनपिल तथा भुटानी नरेश, कतारी राजा, राष्ट्रसंघका महासचिव, विभिन्न भारतीय कलाकार लगायतको नेपाल भ्रमणले पनि पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिन्छ ।

यहाँ हिमालय पर्वत श्रृंखला, अन्नपूर्ण बेसक्याम्प, र मनास्लु ट्रेकिङ मार्गहरू पर्यटकहरूको रोजाइमा छन्। नेपालमा पर्यटक आगमन बृद्धि निरन्तर उत्साहजनक छ। यो क्षेत्र आर्थिक स्रोत र रोजगार सिर्जनाका लागि आधारस्तम्भ पनि हो।

भविष्यमा सरकारले पूर्वाधार विकास र अन्तर्राष्ट्रिय प्रवद्र्धनमा थप ध्यान दिने हो भने नेपाल अझ सशक्त पर्यटक गन्तव्य बन्ने पर्यटन व्यवसायीहरु बताउँछन् ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top