×

NEPAL TIMES UPDATES

Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026

सूर्यदर्शन सहकारी प्रकरणमा आजै थुनछेक बहस

१६ पुष २०८१

१६ पुष , काठमाण्डौ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा आज थुनछेक बहस सुरु हुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेसमेत जोडिएको यो प्रकरणमा न्यायाधीशसँगको बयान अन्तिम चरणमा पुगेको छ ।

Advertisement

हालसम्म ६ जनाको बयान सकिएको र प्रतिवादी आरती गुरुङसँग बयान चलिरहेको अदालतले जनाएको छ । लामिछानेसँगै पूर्व डीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाई, रामबहादुर खनाल, पूर्व सांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङसँग यसअघि नै बयान सकिएको हो ।

आरतीसँग बयान सकेर आजै थुनछेक बहस सुरु हुने स्रेस्तेदार राजन खनालले बताएका छन् । यो मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ । सहकारी ठगी आरोपमा पक्राउ परेकाहरूलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा पनि थपिएको छ ।

प्रतिवादीहरू सबैलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । बयानका लागि समेत एक हप्ता बढी समय लागेको अवस्थामा थुनछेक बहस झनै लामो हुने अनुमान गरिएको छ । सरकारका तर्फबाट सरकारी वकिलको बहस पछि जाहेरीकर्ता समेत एक हजारभन्दा बढी भएको र उनीहरुका तर्फबाट समेत बहस हुने भएकाले यो थुनछेक बहस लामो हुने अनुमान गरिएको छ।

यस्तै वरिष्ठ अधिवक्ताहरु शुशील पन्त, शम्भु थापा लगायतले प्रतिवादीका तर्फबाट बहस गर्ने भनिएको छ । हाई प्रोफाइल केस भएका कारण पनि अधिवक्ताहरुले समेत बहसमा रुचि देखाएको भनिएको छ ।

थुनछेक बहसपछि अदालतले संभवत तनि आदेशहरु धरौटीमा रिहा, साधारण तारिखमा रिहा र र्पूपक्षका लागि थुनामा पठाउने आदेश दिन सक्ने कानूनीजानकारहरुले बताएका छन् । कास्कीको अदालती प्रक्रिया टुंगिएपछि रवि छवि लगायतलाई अन्य जिल्ला अदालतमा समेत मुद्धा दर्ता भए त्याहा समेत पुर्याउनु पर्नेछ ।

प्रहरीले ६५ जनालाई प्रतिवादी कायम गर्न राय दिएपनि सरकारी वकिलको कार्यालयले भने प्रतिवादीको संख्या घटाएर मुद्दा दायर गरेको छ । लामिछानेसहित ४९ जनालाई सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा तथा जीवी राई र लीला पछाईंलाई राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा पनि सजाय गर्न माग दाबी लिनुपर्ने राय दिएको थियो ।

रवि लामिछाने र जीबी राईसहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सुर्यदर्शनको ५ करोड ४८ लाख निक्षेप गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको भेटिएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।

Advertisement

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top