NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

कष्टैकष्टमा बिते भाइरल बालगायक सचिन

बिहिबार पुस १८ , २०८१
Reading Time: 1 min read
A A
कष्टैकष्टमा बिते भाइरल बालगायक सचिन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१८ पुष ,काठमाण्डौ।

भाइरल बालगायक सचिन परियार अब यो संसारमा छैनन्। उनको बाल्यकालले जहिले पनि संघर्ष र पीडाको कथा सुनायो। बाबु र आमाको दोस्रो विवाहपछि सानै उमेरमा उनले ठूलो जिम्मेवारी र असह्य दुःख भोग्नुप¥यो।

आफ्नो आवाजले लाखौंको मन छोएका सचिनले संसारलाई मुस्कान बाँड्न खोजे, तर भित्रभित्रै उनी आफ्ना अनगिन्ती पीडाहरूसँग संघर्ष गरिरहेका थिए। उनको मृत्युले न केवल सांगीतिक क्षेत्रलाई शोकाकुल बनाएको छ, तर एउटा निर्दोष बालकका सपनाहरू अधुरै छोडेको पीडा पनि दिएको छ।

Advertisement

बालगायक सचिन परियारको निधन भएको छ। बिहीबार बिहान १० बजे उनको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा निधन भएको हो। सचिनका बुवा तेजेन्द्र परियारले उनको निधन भएको पुष्टि गरेका छन् ।

केहि दिन यता सचिनको स्वास्थ्यमा समस्या आएपछि उनका बुवा तेजेन्द्र परियारले सामाजिक सञ्जालमार्फत आर्थिक सहयोगको माग गर्दै आएका थिए। गायक सचिनले अभिनेता राजेश हमालदेखि पछिल्लो समयका कलाकारहरुसँग अभिनय समेत गरेका छन्।

उनी आफैँले गाएको गीत ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’चर्चामा रहेका छन्। भाइरल बालगायकका रूपमा परिचित सचिनले गाएका गीतहरू समाजिक सञ्जालमा छाएका थिए।

टिकटकमा उनको डाइलग ‘के छ हजुर’ एकदमै चर्चित बनेको थियो। अचानक हात गोडा चल्न छाडेपछि सचिनलाई केही दिनअघि टिचिङ अस्पतालमा भर्ना गरिएको थियो । काठमाडौंको एउटा निजी स्कुलमा बसेर पढिरहेका सचिन अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको थियो ।

छोरो बिरामी भएसँगै पोखरामा रहेकी आमा काठमाडौं आएर छोराको उपचारमा खटिएकी थिइन । उनले पनि छोराको उपचारका लागि आफूसँगै पैसा नभएको भन्दै सहयोग गर्दै अनुरोध गरेकी थिइन् । तर आईसीयूमा राखेर उपचार गरिए पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन ।

उनी १३ वर्षका थिए । मिठो बोली र अनौठो हाउभाउले भाइरल बनेका सचिन सानैदेखि शारीरिकरूपमा भने कमजोर थिए । केही समय उनी सडकमा मानिसहरुसँग पैसा मागेर हिँडिरहेको अवस्थामा समेत भेटिएका थिए ।

पारिवारिक बेमेलका कारण बुवा तेजेन्द्रले छोराको उपचारका लागि उठेको सहयोग दुरुपयोग गरेको आरोप समेत लाग्दै आएको छ । उनको निधनको शोकमा सर्वसाधारणहरुले समेत उनलाई मागीखाने भाँडो बनाइएको र उनको प्रतिभा राज्यले समेत चिन्न नसकेको भन्दै आलोचना गरेका छन् ।

गुल्मीमा सिलाइ व्यवसाय गरेर जीवन चलाउने अभिभावकका पहिलो सन्तान थिए सचिन । उनी छोटो समयमा चर्चित कलाकारहरुसँगको अभिनयदेखि युट्युब, टिकटकलगायत सोसल मिडियामा हाइहाइ भएका थिए ।

तर कलिलो उमेरमानै आमा र बाबुको उचित माया भने पाउन सकेनन् । उनी काठमाडौंको सडकमा माग्दै हिँडेका भेटिएका थिए । सचिन सानै हुँदा अर्को विवाह गरी आमा हिँडेकी थिइन् । बुबाले पनि केही समयपछि नै दोस्रो विवाह गरेका थिए ।

हर्मोनको असन्तुलनले उनको शारीरिक विकास राम्रोसँग नभएको चिकित्सकहरुले बताएका थिए । १४ वर्ष टेकी सक्दापनि पनि उचाइ अपेक्षाकृत रूपमा बढेको थिएन । त्यसमाथि उनलाई नसासम्बन्धी समस्या पनि थियो ।

चर्चित हुँदा उनले स्कुल भर्ना भएपनि नियमित जान पाएनन् । कतिसम्म भने उनले सुत्न र खानसमेत राम्ररी पाउँदैनथे । मेला महोत्सवमा डुलाउने नाममा उनलाई हप्तौसम्म आराम र विद्यालयबाट टाढा राखिएको थियो ।

सञ्चारकर्मी कृष्ण कँडेलले चन्दा उठाएर कक्षा १२ सम्म पढाइदिने गरी सचिनलाई गौशालास्थित हिमाली इङ्लिस बोर्डिङको जिम्मा लगाएका थिए । तर, ६ महिनासम्म अनुपस्थित भएपछि बोर्डिङले सचिनलाई निकालेको थियो ।

नाबालक छोराछोरीलाई छोडेर दोस्रो विवाह गरेकी सचिनकी आमा पोखरामा बस्छिन् । बुबा तेजेन्द्रले समेत दोस्रो बिहे गरेपछि सचिनलाई मावलीले आफैँसँग राखेर पढाइरहेका थिए । उनको मावलीघर बागलुङको गल्कोट हो ।

काठमाडौं आउनुअघि सचिन गल्कोट माविमा २ कक्षामा पढ्थे । उनको गाउँचाहिँ गुल्मीकै मुसिकोट नगरपालिका– ९, ददल्का हो । बुबा तेजेन्द्र पुतलीबजारमा टेलरिङ पसल खोलेर बसेकाले छुट्टी हुँदा सचिन उतै जाने गरेका थिए ।

लकडाउनका कारण स्कुल बन्द हुँदा उनी तम्घास गएका थिए । एक दिन अर्घाखाँची पार्कमा खेलिरहेका उनीसित कसैले छोटो कुराकानी गरी टिकटकमा हालिदिएको भिडियो ‘भाइरल’ बनेपछि उनी चर्चामा आएका थिए ।

Tags: #बालगायक सचिनको निधन#भाइरल बालगायक सचिन

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.