NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

एमसीसीले नेपालका लागि थप्यो ५ करोड डलर

शुक्रबार पुस १९ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
एमसीसीका विवादित बुँदा स्पष्ट पार्न सरकारले लेख्याे अमेरिकालाई पत्र
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

१९ पुष , काठमाण्डौ ।

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले ६ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ । अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको ९२ अर्ब बराबरको एमसीसीअन्तर्गतका आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने निर्णय भएको एमसीसी सञ्चालक समितिले आज जनाएको छ ।

‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर स्वीकृत गरेको छ । बोर्डको यो निर्णयले रूपान्तरणकारी, उच्च गुणस्तरीय पूर्वाधार परियोजनाहरूमार्फत नेपालको विकास प्राथमिकता कार्यान्वयन गर्र्ने एमसिसी र नेपाल सरकारबीचको साझा प्रतिबद्धतामा जोड दिएको छ’, एमसीसीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

यो अतिरिक्त सहायता रकमबाट नेपालको विद्युत् प्रसारणलाई सुदृढ गर्न, दीर्घकालीन आर्थिक वृद्धिका साथै ‘कम्प्याक्ट’ को सफलता सुनिश्चित गर्न योगदान पुग्ने विश्वास एमसीसी कम्प्याक्ट अपरेसनका उपाध्यक्ष क्यामरन अल्फोर्डले व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

एमसीसी परियोजनाअन्तर्गत चार सय केभीको डबल सर्किट तीन सय १५ किलोमिटर विद्युत् प्रसारण लाइन बन्नेछ । काठमाडौंको लप्सीफेदी र नुवाकोटको रातमाटेमा सबस्टेसन, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म प्रसारण लाइन बनाइने छ ।

प्रसारण लाइन निर्माणपछि नेपाल–भारतबीच तीन हजार मेगावाट बिजुली आदानप्रदान सम्भव हुनेछ ।  यसअघि मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीले नेपाल परियोजनाका लागि बजेट थप गर्ने आफ्नो लक्ष्यबारे अमेरिकी संसदमा आधिकारिक रूपमा सूचित गरेको थियो ।

हस्ताक्षर गरेको पत्रमा कम्प्याक्टमा उल्लिखित लक्ष्यहरू पूरा गर्न नेपाललाई सहयोग गर्न थप स्रोतसाधनको आवश्यकता रहेको सूचनामा उल्लेख गरिएको छ । यसमा महत्वपूर्ण पूर्वाधार परियोजनाहरू बृद्धि गर्ने र दिगो आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने समावेश छ।

पारदर्शिता र पहुँच सुनिश्चित गर्दै कम्प्याक्टमा संशोधन र यससँगको औचित्य फेडरल रजिष्ट्रर र एमसीसीको वेबसाइट मार्फत सार्वजनिक रूपमा उपलब्ध गराइने एमसीसीले जनाएको छ। २०१७ मा हस्ताक्षर गरिएको नेपाल कम्प्याक्टको प्रारम्भिक बजेट ५०० मिलियन डलर थियो।

यो विद्युत् प्रसारण परियोजना र सडक मर्मतसम्भार परियोजना जस्ता मुख्य पहलहरूमा केन्द्रित छ । यी परियोजनाहरूले नेपालको विद्युत् सञ्जाललाई सुदृढ गर्दै जलविद्युत् क्षमता उपयोग गर्न र मुख्य सडक सञ्जालको गुणस्तर कायम राख्न मद्दत पु¥याउने एमसीसीको विश्वास छ ।

कम्प्याक्ट २०२३ अगस्ट ३० मा कार्यान्वयनमा आएको थियो तर बढ्दो लागतका कारण थप रकमको आवश्यकता देखिएको छ। थप गरिने ५० मिलियन डलर विद्युत् प्रसारण परियोजनाअन्तर्गत प्रसारण लाइन गतिविधिका लागि प्रयोग हुनेछ।

२०२३ मा यस परियोजनाका लागि प्राप्त आर्थिक प्रस्तावहरू उपलब्ध बजेटभन्दा बढी भएकोले पुनः प्रस्ताव आह्वान गर्नुपरेको थियो। थप रकमले कम्प्याक्टको पूर्ण दायरालाई सुरक्षित राख्नका लागि समयमै सम्झौता गर्न र निर्माणको क्रममा आउने लागत परिवर्तनलाई समायोजन गर्न यो रकम उपयोग हुने एमसीसीले जनाएको छ ।

त्यस्तै अमेरिका र नेपाल साझेदारी सुदृढ पार्नका लागि समेत मद्दत गर्ने एमसीसीको अपेक्षा छ । नेपालजस्तो न्यून आय भएका देशहरूका लागि आवश्यक नभएपनि नेपालले २०२३ मा एमसीसीका लागि आफ्ना योगदानहरू १३० मिलियन डलरबाट १९७ मिलियन डलरमा वृद्धि गरेको छ ।

उच्च प्रतिफल दिने परियोजनाहरू सफलतापूर्वक कार्यान्वयन गर्न यस सहयोगले सकारात्मक सन्देश प्रवाह गर्दै महत्वपूर्ण क्षेत्रमा अमेरिकाको विकास दृष्टिकोणलाई उजागर गर्ने एमसीसीको भनाई छ ।

थप गरिएको ५० मिलियन डलरसँगै नेपाल कम्प्याक्टको कुल एमसीसी योगदान ५५० मिलियन डलर पुग्नेछ भने नेपाल सरकारले १९७ मिलियन डलर योगदान गरेको छ। कार्यक्रमको कुल बजेट ७४७ मिलियन डलर भएको छ।

एमसीसी परियोजनाले मुख्यतः ऊर्जा क्षेत्र र सडक मर्मतसम्भारलाई प्राथमिकतामा राखेको छ । यसबाट ४०० के.भी. ट्रान्समिसन लाइन निर्माण हुने छ । धरान, लमही,बुटवल, चितवन हुँदै भारतसम्म विद्युत् प्रसारण लाइन निर्माण हुनेछ ।

कुल ३१५ किलोमिटर लामो ट्रान्समिसन लाइन बन्ने छ । यस्तै बुटवल, चितवन र नुवाकोटमा अत्याधुनिक सबस्टेशनहरू निर्माण हुनेछ । नेपालमा उत्पादित विद्युत् भारतमा निर्यात गर्न आधार तयार गर्ने छ ।

यस्तै सडक मर्मतसम्भार तर्फ ३०० किलोमिटर लामो प्रमुख राजमार्गहरू मर्मत गरिनेछ । विगतमा एमसीसी सम्झौतामा नेपालको सार्वभौमिकता र स्वतन्त्रतामा आँच आउने आरोप लाग्दै यसलाई इन्डो–प्यासिफिक रणनीतिको अंगको रूपमा हेर्ने कित्ता देखिएपछि राजनीतिक दलहरूबीच अझै पनि यसमा मतभिन्नता रहदै आएको छ ।

अझै पनि एमसीसीमार्फत अमेरिकाले नेपालमा आफ्नो रणनीतिक स्वार्थ पूरा गर्न खोजेको भन्ने कतिपयको धारणा रहदै आएको छ ।

Tags: #अमेरिकी सहायता परियोजना#एमसीसी नेपाल#एमसीसीले नेपालका लागि खन्यायो पैसा#मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
के चोभारको गल्छी मन्जुश्रीले पहाड काटेरै बनाएका हुन् त ?

के चोभारको गल्छी मन्जुश्रीले पहाड काटेरै बनाएका हुन् त ?

शुक्रबार अशोज १८ , २०८१
स्थानीय तहमा विवाद निरुपण : चुनौती र आगामी बाटो

स्थानीय तहमा विवाद निरुपण : चुनौती र आगामी बाटो

आइतवार भदौ १६ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.