NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ? बिहिबार साउन २९ , २०८२
नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ? बिहिबार साउन २९ , २०८२
रविका बारेमा रुपन्देही कारागारले फेरि निकाल्यो विज्ञप्ति बिहिबार साउन २९ , २०८२
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न बिहिबार साउन २९ , २०८२
अमेरिकाले रुसबाट किनेको अलास्कामा ट्रम्प र पुटिन भेट हुँदै बिहिबार साउन २९ , २०८२
Next
Prev

समाचार

चलचित्र ‘लाज शरणम्’मा बालेनको हिप–हप गीत

शुक्रबार पुस १९ , २०८१
Reading Time: 1 min read
A A
संविधानले दिएको अधिकारको पूर्ण प्रयोग गरिनेछः मेयर बालेन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१९ पुष , काठमाण्डौ ।

काठमाडौं महानगरपालिकाका मेयरका रुपमा महानगरवासी मात्रै होइन देशभरका आमजनताबाट समेत समेत अपार प्रशंसा बटुलिरहेका बालेन्द्र शाह बालेनले चलचित्र क्षेत्रमा नयाँ पाइला चाल्दै पाश्र्व गायनमा डेब्यु गरेका छन् ।

आफ्नै शब्द, सङ्गीत र स्वरमा तयार पारिएको हिप–हप गीतसहित उनी चलचित्र ‘लाज शरणम्’मा देखिने भएका हुन् । मेयर बालेन्द्र शाह ¥यापर पनि हुन् । उनका थुप्रै गीतहरू दर्शकमाझ लोकप्रिय छन् ।

उनको ‘गरिबको चमेली बोल्दिने कोही छैन’ गीत सर्वाधिक चर्चा कमाएको छ । बालेन अर्जुन घिमिरेसँगको व्यक्तिगत सम्बन्धका कारण लामो समयपछि गीत गाउन तयार भएका हुन् । यो फिल्मको फस्टलुक बुधबार मात्र सार्वजनिक गरिएको थियो ।

फिल्म निर्माता कम्पनी जेपीटी क्रिएसनका प्रमुख अर्जुन घिमिरेले भनेका छन्,उनको शब्द, संगीत र स्वर रहेको हिपहप गीत रेकर्ड भइसकेको छ । यो फिल्ममा बालेनले काम गर्ने चर्चा समेत चलेको भएपनि बालेन फिल्ममा गीत मात्र गाउन तयार भएका हुन् ।

फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् । सामाजिक कथामा निर्माण भएको यो फिल्मका कलाकार अर्जुन घिमिरे बालेनको टिममा रहेर काम गरिरहेका छन् ।

उनकै आग्रहलाई नकार्न नसकेर बालेनले गीत गाएका हुन् । बालेनले ‘सबैलाई हतार छ, नेपाल हाँसेको, प्रहरी प्रतिकार, गोर्खाली तोप, मार्फाको मदिरा, मन यो उड्यो, लोकल ठिटो’ लगायतका ¥याप गीतमा स्वर दिइसकेका छन् ।

निर्माता कम्पनी जेपीटी क्रियसनले जनाएअनुसार बालेनले केही समयअघि नै गीत रेकर्ड गरेका हुन् । जेपीटी क्रियसनका प्रमुख अर्जुन घिमिरे देशका लागि चलचित्र बनाएको र यसले नेपाली जनजीवन र संस्कृति झल्काउने मन छुने कथामा फिल्म बनाएको भनेपछि बालेनले खुसी हुँदै गीत रेकर्ड गरेका हुन् ।

बालेनसँग भिडियो बन्न बाँकी झण्डै २० गीत रहेको र तीमध्येबाट एक गीत छानेर ‘लाज शरणम्’का लागि रेकर्ड गरिएको बताइएको छ । गीतलाई फिल्म रिलिजअघि सार्वजनिक गर्ने तयारी छ ।
बालेन सानैदेखि संगीततर्फ झुकाव राख्थे।

स्याडोज ब्यान्डका गायक स्वप्नील शर्माका अनुसार बालेन राम्रो कविता लेख्छन्। ’सन् २००७÷८ तिर उसले कविता लेखेर देखाउँथ्यो,’ स्वप्नीलले भनेका छन्, ’राम्रो कविता लेख्थ्यो। पछि उसले र–बार्जको ¥याप ब्याटलमा भाग लियो। त्यसले उसलाई चर्चामा ल्यायो।’

काठमाडौंको भिएस निकेतन कलेजबाट प्लस–टु, खुमलटारको हिमालयन ह्वाइटहाउस इञ्जिनियरिङ कलेजबाट सिभिल इञ्जिनियरिङ गर्दा नै बालेन राजनीतिक अवस्था देखेर ’फ्रस्टेट’ थिए। बालेनसँगै इञ्जिनियरिङ पढेका रवीन भारतीका अनुसार पहिलो संविधानसभा निर्वाचनका बेला हुने नेपालबन्द लगायत घटनाले बालेन चिढिन्थे।

यसैले त एकपटक प्रहरीले लामो कपाल पाल्न नपाइने नियम ल्याउँदा बालेनले ’प्रहरी प्रतिकार’ भन्ने गीत निकालेको उनका सहकर्मीहरु बताउँछन् । पहिलो संविधानसभाअघि बालेन संविधान निर्माणका लागि दबाबमूलक कार्यक्रम ’वी फर कन्स्टिच्युसन’ अभियानमा सहभागी हुन्थे।

त्यसपछि उनी पढ्न भारत गए। बैंगलोरबाट स्ट्रक्चरल इञ्जिनियरिङमा विशेषज्ञता हासिल गरे। नेपाल फर्किएपछि बालेनले इञ्जिनियरिङको पेसागत काममा तीव्रता दिए। पुनर्निर्माणको काममा संलग्न भएकै समयमा बालेनले एक फ्रान्सेली इञ्जिनियरसँग काम गर्ने मौका पाए।

नाकाबन्दीताका फेसबुकको ’एमआरआर’ समूहले आयोजना गरेको सडकभोजमा उनी सहभागी भए। त्यस्तै अर्को समूह ’दारी ग्याङ’ ले गर्ने विभिन्न सामाजिक कार्यक्रममा सहभागी हुन्थे। ¥याप र इञ्जिनियरिङ सँगै अघि बढाइरहेका बालेन राजनीतिमा भने सुरूमा विवेकशील पार्टीप्रति आकर्षित थिए।

त्यो बेलै उनले विवेकशीलबाट मेयर उठ्ने चाहना राखेका थिए। बालेनले विवेकशीलको सदस्यता लिएनन्। मेयरमा उठ्ने सपना पनि छाडेनन्। आफ्नै तरिकाले उनी त्यसको तयारीमा लागे। यो बीच उनले आफ्नो गायन क्षेत्रप्रतिको लगावलाई भने मर्न दिएंनन् ।

उनले क्रमैसँग मार्फाको मदिरा, बलिदान, साभेज, सबैलाई हतार छ , लोकल ठिटो र पछिल्लो समय मात्रै लण्डन भर्सन भन्दै मन यो उड्यो भन्ने भिडियो सार्वजनिक गरेका छन् ।

Tags: # बालेनको हिप–हप गीत#काठमाडौं महानगरपालिका#चलचित्र ‘लाज शरणम्’#बालेनको स्वर अब चलचित्रमा#मेयर बालेन्द्र शाह बालेन

लोकप्रीय

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय

६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ?

बिहिबार साउन २९ , २०८२
नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?

नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?

बिहिबार साउन २९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

रविका बारेमा रुपन्देही कारागारले फेरि निकाल्यो विज्ञप्ति

बिहिबार साउन २९ , २०८२

विचार

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय

६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ?

बिहिबार साउन २९ , २०८२
नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?

नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?

बिहिबार साउन २९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

रविका बारेमा रुपन्देही कारागारले फेरि निकाल्यो विज्ञप्ति

बिहिबार साउन २९ , २०८२

थप समाचार

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय
अन्तर्राष्ट्रिय

६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ?

बिहिबार साउन २९ , २०८२
नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?
ताजा समाचार

नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?

बिहिबार साउन २९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

रविका बारेमा रुपन्देही कारागारले फेरि निकाल्यो विज्ञप्ति

बिहिबार साउन २९ , २०८२
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न
ताजा समाचार

सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

बिहिबार साउन २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

World News: ट्रम्पलाई युरोपेली नेताले घेरे,२५मलामी मा*रि*ए, उत्तराखण्डमा सय जना बेपत्ता

00:20:43

World News:चीनमा समुद्रबाटै रकेट प्रक्षेपण,जम्मू–कश्मीरमा गो*ली हा*ना*हान || Nepal Times

00:24:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

बिहिबार साउन २९ , २०८२
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

बिहिबार साउन २९ , २०८२

हालका पोस्टहरू

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय

६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ?

बिहिबार साउन २९ , २०८२
नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?

नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?

बिहिबार साउन २९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

रविका बारेमा रुपन्देही कारागारले फेरि निकाल्यो विज्ञप्ति

बिहिबार साउन २९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.