NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता मङ्लबार भदौ ३१ , २०८२
बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ? मङ्लबार भदौ ३१ , २०८२
देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ? मङ्लबार भदौ ३१ , २०८२
क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ? मङ्लबार भदौ ३१ , २०८२
सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ? मङ्लबार भदौ ३१ , २०८२
Next
Prev

समाचार

नेपाल पेट्रोलियम युगमा,अब आफ्नै इन्धन खानी

शनिबार पुस २० , २०८१
Reading Time: 1 min read
A A
दुई महिनामा पाँचपटक बढ्यो इन्धनको मूल्य
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२० पुष ,काठमाण्डौ ।

पेट्रोलियम पदार्थका लागि पूर्ण परनिर्भरतामा रहेको नेपालको अब आफ्नै इन्धन खानी हुने भएको छ । छिमेकी राष्ट्र चीनको प्राविधिक सहयोगमा नेपालले ऐतिहासिक रूपमा पेट्रोलियम अन्वेषण ड्रिलिङ सम्पन्न गरेको छ ।

जहाँबाट इन्धनको स्याम्पल समेत निकालिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले समेत दैलेख भैरवी गाउँपालिका–१ स्थित जलजलेमाकुलमा ४ हजार २ मिटर गहिराइसम्म उत्खनन गरी पेट्रोलियम पदार्थको नमुना (स्याम्पल) निकालिएको भन्दै अब यसलाई प्रयोगशालामा परीक्षण गरी व्यवसायिक उत्खननको कामलाई अघि बढाइने बताएका छन् ।

खानी तथा भूगर्भ विभागका अनुसार जलजलेमाकुलमा ४ हजार २ मिटर गहिराइसम्म उत्खनन गरी नमुना (स्याम्पल) निकालिएको छ । विभागले यसलाई ऐतिहासिक उपलब्धि भनेको छ । चीन सरकारको जिओलोजिकल सर्वे कम्पनीले भौगर्भिक अध्ययन गरेको पेट्रोलियम अन्वेषण परियोजनामा सीएनपीसी इन्जिनियरिङले उत्खननको काम थालेको थियो ।

विभागका सूचना अधिकारी नारायण बास्कोटाका अनुसार उत्खनन्को काम पूरा भएसँगै अब नमुनालाई ल्याबमा पठाएर त्यसको अध्ययनको काम सुरु भएको छ । चिनियाँ कम्पनीले उत्खनन्का दौरान संकलन गरेका नमुनाहरू चीनमै ल्याबमा लगेर परीक्षण गरिनेछ ।

त्यसपछि सो स्थानमा रहेको पेट्रोलियम पदार्थको व्यवसायिक उत्खननको सम्भावनाबारे पुष्टि हुनेछ । अहिले चिनियाँ कम्पनीले विभिन्न लेयरमा प्राकृतिक ग्यास रहेको ट्रयाकिङ गरेको र सो स्थानका स्याम्पलहरू ल्याबमा पठाउने उनले बताएका छन् ।

नेपाल सरकारले सरकारले चालु आर्थिक वर्ष २०८१÷८२ भित्रै पेट्रोलियम पदार्थ अन्वेषणको काम सक्ने लक्ष्य राखेको छ । आव २०८१÷८२ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको थियो ।

दैलेखमा चिनियाँ सरकारको सहयोगमा पेट्रोलियम पदार्थ अन्वेषणको काम सम्पन्न भएको छ । चैत २०७२ मा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएको थियो । माघ २०७५ मा चीनलाई नेपालका दुई वटा क्षेत्रमा पेट्रोलियम तथा ग्याँस खानीबारे विस्तृत अन्वेषण गर्न दिने सम्बन्धी परियोजना स्वीकृत गरेको भएको थियो ।

उक्त सहमतिअनुसार २०७६ फागुनमा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो ।

अब चीनमा गरिने परीक्षणबाट त्यो भण्डार कति व्यापक छ र व्यवसायिक उत्पादनको सम्भावना भए–नभएको पत्ता लगाउने छ । साथै गुणस्तर परीक्षणको काम समेत त्यसपछि हुनेछ । चीनले असोज २०७९ मै पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङ गर्ने स्थान छनोट गरेको थियो ।

चीनबाट आएको प्राविधिक टोलीले सो बेला ले ड्रिलिङका लागि १५ मिटरसम्म लामा फलामे पाइप कन्टेनरमार्फत साइटमा लैजानु पर्ने बताएको थियो । सोही अनुसार चीनबाट भारत हुँदै नेपालगन्ज नाकाबाट ड्रिलिङ उपकरण दैलेख लगिएको थियो ।

चीनले स्थान छनोट भइसकेपछि ती स्थानको जग्गा अधिग्रहण गरी सरकारले मुआब्जा दिएको हो । दैलेखसहितको भेगमा प्राकृतिक ग्यासको भण्डार रहेको अनुमान सन् १९६० ताका नै भएको थियो ।

२०३५ (सन् १९७८÷७९) मा विश्व बैंकको सहयोगमा तराई र चुरे क्षेत्रको करिब ४८ हजार वर्गकिलोमिटर क्षेत्रफलमा सर्वे गरिएको थियो । त्यसबेला हवाई चुम्बकीय सर्वे गरिएको विभागको विवरणमा उल्लेख छ ।

नेपालमा पेट्रोलियम अन्वेषण प्रवद्र्धन परियोजना २०३९ सालमै स्थापना भएको हो । नेपाललाई विभिन्न १० वटा ब्लक (खण्ड) मा विभाजन गरी अन्वेषणको काम भइरहेको छ । यसका लागि सरकारले विभिन्न मितिमा अन्तर्राष्ट्रिय टेन्डर निकाल्ने काम पनि गरेको छ ।

तर, सबैभन्दा बढी प्रगति देखिएको दैलेखमा हो । नेपालको दक्षिणतर्फको भेग, चुरे र महाभारत क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डार रहेको संकेत भेटिएको छ । नेपालले २०७५ माघमा दैलेखको पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण गर्न चीनलाई दिनेसम्बन्धी परियोजना स्वीकृत गरेको थियो ।

उक्त सहमतिअनुसार २०७६ मा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्भे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्न दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो ।

हरेक वर्ष अरबौं रुपैयाँ खर्च गरेर विदेशबाट इन्धन आयात गरिरहेको नेपालमा इन्धन भेटिनु ऐतिहासिक उपलब्धि हो । यदि त्याहा प्रयाप्त भण्डार भेटियो भने यसको नेपालको विकासको ढोका खोल्न ठूलो मद्धत गर्नेछ ।

नेपालले हरेक वर्ष ठूलो परिमाणमा पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ। आर्थिक वर्ष २०७९÷८० मा, नेपालले २ खर्ब ८१ अर्ब ७३ करोड २६ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले कम हो।

त्यसैगरी, आर्थिक वर्ष २०८०÷८१ मा डिजेलको आयात १४ लाख ११ हजार ४४० किलोलिटर पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा थोरै वृद्धि हो। तर, अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले खर्च भने कम भएको छ।

अघिल्लो वर्ष १ खर्ब ५३ अर्ब ७६ करोड रुपैयाँको डिजेल आयात भएकोमा, यस वर्ष १ खर्ब ४३ अर्ब ९७ करोड रुपैयाँमा सीमित भएको छ। यो तथ्यांकले देखाउँछ कि नेपालले वार्षिक रूपमा पेट्रोलियम पदार्थको आयातमा ठूलो रकम खर्च गर्दै आएको छ, जसले देशको अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पार्दै आएको छ ।

Tags: #नेपाल पेट्रोलियम युगमा#नेपालमा अब आफ्नै इन्धन खानी#पेट्रोलियम पदार्थ#पेट्रोलियमको ऐतिहासिक अन्वेषण

लोकप्रीय

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२

विचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२

थप समाचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता
ताजा समाचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी
ताजा समाचार

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित
ताजा समाचार

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२
क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?
ताजा समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

मङ्लबार भदौ ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.