×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026

‘बुलेट ट्रेन’ झैं कुद्न खोज्दा केही सेकेन्डले बाँचे’

१९ मंसिर २०७४

‘हामी बुलेट ट्रेनको गतिमा कुदनुपर्छ है…’ ४० वर्षीय गगनकुमार थापाले भोलानाथ लामिछानेसहित आफ्नो वरपरका युवा कार्यकर्तालाई जोस्याए। बिहानै सात बजेदेखि बूढानीलकण्ठ क्षेत्रमा घरदैलो गर्ने पूर्वनिर्धारित कार्यक्रमलाई उनी आफैंले स्थगन गर्दै मध्याह्न १२ बजेको समय मिलाएका थिए। यो खबर दिनेश गौतमले आजको अन्नपूर्णमा लेखेका छन्।

चुनाव प्रचारको अन्तिम दिन भएका कारण उनी साढे ११ बजे निर्धारित स्थानमा हस्याङफस्याङ गर्दै पुगे। कांग्रेस युवा नेता एवं काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगनको पछिल्तिर बूढानीलकण्ठ—२ का स्थानीय बासिन्दाको लर्को थियो। ‘दाइ तपार्इं हामी जसरी कुद्न सक्नुहुन्न होला। तपार्इं अरू मिलाउँदै गर्नुस् हामी अघि कुदौं’, मुटुका बिरामी लामिछानेतर्फ संकेत गर्दै उनले केही युवालाई संकेत गरे।

युवाहरूलाई पछि लगाउँदै पाइला बढाए। त्यसलगत्तै बीच बाटोमा बम विस्फोट भयो। घरदैलो अभियानमा निस्केका गगनका पाइला अन्य घाइतेसँगै शिक्षण अस्पतालको आकस्मिक कक्षमा सोझिए।

बूढानीलकण्ठ—२ को महादेवकोलोनी नजिकै ५/६ घरमा पुगेर उनले भोट मागे। त्यसपछि भद्रबस्तीमा जाने योजनाअनुरूप उनले बुलेट ट्रेनकै गतिमा पाइला चाले। आफूलाई लक्ष्य गरी रिमोट कन्ट्रोलयुक्त बम राखिएको स्थान उनले पार गरेको केही सेकेन्डमै पड्कियो। उनको पछि÷पछि हिँडेका कार्यकर्ता विस्फोटमा परे। धुवाँ र धुलोको मुस्लो आकाशतिर उड्यो। ‘पछि —पछि एक/डेढ सय कार्यकर्ता र शुभेच्छुक थियौं होला’, स्थानीय कांग्रेस नेता लामिछानेले भने, ‘हत्तपत्त प्रहरीको कन्ट्रोल रुममा खबर गर्दै घटनास्थलतर्फ दौडे।’

घटनास्थलमा यत्रतत्र कार्यकर्ता लडेको देखेर गगनलाई सम्हालिन कठिन भइरहेको थियो। ‘आफ्ना मान्छे वरिपरि ढलेको देखेर होला’, गगन हडबडाएका थिए’, प्रत्यक्षदर्शी एक युवाले भने, ‘मलाई केही भएको छैन। घाइते साथीहरूलाई छिटो अस्पताल पुर्‍याऊँ भन्दै सहयोग गर्न अह्राए।’ उनलाई पनि बमका छर्राले चोट लागेको थियो। तर, आफूलाई केही नभएको बताउँदै घाइते कार्यकर्तालाई छिटो अस्पताल पुर्‍याउन निर्देशन दिए।

सुरुमा उनले आफूलाई केही नभएको बताउँदै सबैलाई आश्वस्त पार्न खोजे। तर, कानबाट भने रगत बाहिर आइरहेको थियो। ‘जब अरू घाइतेलाई अस्पताल पठाउने तरखर गरियो। त्यतिबेला अर्को गाडी आयो। गगनलाई पछि बसाउन खोज्दा बल्ल उसले दाइ म पछि बस्न सक्दिनँ। मलाई पनि चोट लागेको छ भनेर बोल्यो,’ स्थानीय अगुवा कार्यकर्ता लामिछानेले भने, ‘दाइ मलाई जोडले नछुनुस् भन्यो। त्यसपछि बल्ल हामीले उसको ढाड र कानमा बमको छर्राले चोट पुर्‍याएको थाहा पायौं।’

उनी असजिलो ढंगले गाडीको अघिल्लो सिटमा बसे। उनको कानको मासुको चोक्टो उडेको कार्यकर्ताले थाहा पाए।

त्रिवि शिक्षण अस्पताल, आकस्मिक विभागका प्रमुख प्राडा प्रतापनारायण प्रसादका अनुसार थापालाई ढाड र कानमा चोट लागेको छ। उनले भने, ‘ ढाडमा सुन्निएको छ। कानमा चोट लागेको छ। अवस्था सामान्य नै छ।’ नाक, कान र घाँटीरोग विशेषज्ञले कानको उपचार गर्दै टाउकोमा घुमाएर पट्टी बाँधेकै अवस्थामा उनी आकस्मिक कक्षमा रहेका घाइते कार्यकर्तालाई भेटी सम्पूर्ण उपचार गर्ने आश्वासन दिए।

उपस्थित सञ्चारकर्मीसँग कुरा गर्दै यो घटनाबाट त्रसित भएर आत्मबल कमजोर नबनाउन आग्रह गरे। उनले अपिल गर्दै भने, ‘मतदानको अधिकार प्राप्त गर्नुपर्छ। कर्तव्य पूरा गर्नबाट चुक्नुहुँदैन। मतदान गर्न नजाने हो भने हिंसाको राजनीति गर्नेलाई बल पुग्छ।’

भीड बढ्दै गएपछि अस्पताल परिसरबाट गाडीमा निस्किए। केही क्षण आराम गरेलगत्तै उनले सिफलमा आयोजित चुनावी सभा सम्बोधन गर्न पाइला बढाए।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top