जब २०१ जना यात्रु सवार डेल्टा एयरको इन्जिन बिग्रियो

२७ पुष , काठमाण्डौ ।

गतवर्षको अन्त्य र यस वर्षको सुरुवातकै सातामा विश्वका विभिन्न देशमा ठूलठूला विमान दुर्घटनाका खबरका बीच पछिल्लो समय एकै पटक ३ वटा विमान दुर्घटना भएको छ । कोलम्बिया, अमेरिका र केन्यामा भएका विमान दुर्घटनामा १३ जनाको मृत्यु भएको छ।

उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।प्यासिफिका ट्राभलद्वारा सञ्चालित उक्त विमान बुधवार जुराडोबाट मेडेलिन जाँदै गर्दा बेपत्ता भएको र एन्टिओक्वियाको उत्तरपश्चिम कोलम्बियाली विभागको उराओको ग्रामीण क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ ।

Advertisement

सो जहाजमा चालक दलका दुई सदस्य र आठ यात्रु सवार थिए । एन्टिओक्वियाको जोखिम व्यवस्थापन विभागका निर्देशक कार्लोस रियोस पुएर्टाले भने, ’दुर्भाग्यवश, त्यहाँ कोही पनि बाँचेका छैनन् । हामीसँग साइटमा ३७ जना कर्मचारीहरू काम गरिरहेका छन् । प्रतिकूल मौसमी अवस्थाले रिकभरी प्रक्रियालाई जटिल बनाएको छ ।’

प्यासिफिक ट्राभलले विज्ञप्ति जारी गर्दै पीडित परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । ’हामी सधैं तिनीहरूको साथमा रहनेछौं । यस दुखद घटनाबाट उत्पन्न हुने हरेक आवश्यकतालाई पूरा गर्नेछौं ।’अर्काेतर्फ अमेरिकाको एटलान्टा एयरपोर्टमा डेल्टा एयरलाइन्सको उडानबाट आपतकालीन स्लाइडबाट यात्रुहरू निकालिएपछि चार जना घाइते भएका छन्।

Advertisement

विमानस्थलमा हिउँ परेको कारण विमानको इन्जिनमा खराबी आएपछि सयौँ उडानहरू रद्द गरिएका छन् । शुक्रबार, मिनियापोलिस जाने डेल्टा एयरलाइन्स जेटलाई हाट्र्सफिल्ड–ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान रद्द भएपछि आपतकालीन अवतरण गर्न बाध्य पारिएको थियो।

“विमानको इन्जिनमा समस्या आएको थियो“, डेल्टाका प्रवक्ताले भनेका छन्, एटलान्टाको विश्वको सबैभन्दा व्यस्त विमानस्थलले हिमपातका कारण रद्द र ढिलाइ अनुभव गरिरहेको बेला यो घटना भएको हो। अधिकारीहरूले यस समस्याको हाल संयुक्त राज्यका केही भागहरूमा फैलिएको चिसोसँग कुनै सम्बन्ध छ कि छैन भनेर पुष्टि गरेका छैनन्।

विमानमा सवार २०१ यात्रु, दुई पाइलट र पाँच फ्लाइट एटेन्डन्टलाई बोइङ ७५७–३०० बाट इन्फ्लेटेबल स्लाइड प्रयोग गरेर बाहिर निकालिएको थियो । चार जना घाइते यात्रुमध्ये एक जनालाई अस्पताल लगिएको छ भने तीन जनालाई एयरपोर्टमा उपचार गरिएको थियो ।

डेल्टाका प्रवक्ता मोर्गन डुरान्टले उडान स्थगित गर्नाका लागि स्थापित प्रक्रियाहरू पालना गरेको बताएका छन् । सङ्घीय उड्डयन प्रशासनले घटनाको अनुसन्धान गर्ने बताएको छ। हाट्र्सफिल्ड ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलका सबै पाँचवटा रनवेहरू शुक्रबार कम्तिमा केही समयका लागि बन्द गरिएको थियो, र डेल्टाले शुक्रबार दिउँसो एयरपोर्टमा करिब ५०० वटा उडानहरू रद्द गरेको बताएको छ।

पूर्वानुमानभन्दा पहिले र भारी तीव्रताका साथ हिमपात सुरु भएको, डि–आइसिङ क्षमता कम भएको र सञ्चालन सुस्त भएको एयरलाइन्सले जनाएको छ। डेल्टाले यात्रुहरूले अतिरिक्त शुल्क विनानै पुनः बुक गर्न सक्ने र थप उडानहरू रद्द वा निर्धारित समयमा हुन नसक्ने चेतावनी दिएको छ।

खराब मौसमका कारण विगत २४ घण्टामा अमेरिकाभरि हजारौं उडान ढिलाइ र रद्द भएको रिपोर्ट गरिएको छ ।चिसो हावा दक्षिणतिर बढ्ने अपेक्षा गरिएको छ। २ लाख ४५ हजार मानिस धेरै राज्यहरूमा बिजुलीविहीन भएका छन्, अधिकांश रिपोर्टहरू भर्जिनिया, केन्टकी र इन्डियानाबाट आएका छन्।

रिचमन्ड, भर्जिनिया र वासिङ्टन डीसीमा सयौं विद्यालयहरू पनि बन्द गरिएका छन्,र धेरै राज्य प्रहरी बलहरूले सडक दुर्घटनाहरूमा वृद्धि भएको रिपोर्ट गरेका छन् । केही राज्यहरुमा हिमपात र चिसोको मार खेपिरहदा लसएन्जलसमा भने इतिहासकै भीषण आगलागीले भयावहस्थिती निम्ताएको छ ।

अर्काेतर्फ शुक्रबार केन्याको तटीय मालिन्दी काउन्टीमा एउटा विमान दुर्घटना भएको छ । यस दुर्घटनामा तिन जनाको मृत्यु भएको छ । मालिन्दी–मोम्बासा राजमार्गको क्वाचोचा सहरमा विमानले ठोक्किएपछि ज्यान गुमाउनेहरु आगलागी भएका मोटरसाइकल चालकसहित मृतकहरू रहेको उप–काउन्टी प्रहरी कमान्डर लकिजोस्की मुदावादीले बताएका छन् ।

विमान भवनमा ठोक्किँदा अन्य दुई जना, एक मोटरसाइकल चालक र एक महिला यात्रुको मृत्यु भएको थियो । विमान दुर्घटना हुनुअघि उफ्रँदा विमानमा सवार एकजना पाइलट र दुई जना यात्रुको ज्यान जोगिएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको बताएको छ । विमानका पाइलट र दुई यात्रु विमानबाट उछिटिएका थिए । उनीहरु सामान्य घाइते भएका छन् । दुर्घटना भएको ठाउँ मालिन्दी विमानस्थल नजिकै छ ।

विमानस्थलको विस्तारका लागि क्षतिपूर्तिको मुद्दालाई लिएर त्यहाँका जनता अदालत गएका छन्। स्थानीय विधायकले उक्त घटनाले विमानस्थल वरपर सुरक्षा सुधार गर्नुपर्ने आवश्यकतालाई देखाएको बताएका छन् ।

दुई दिन अघि मात्रै ब्राजिलमा एउटा भयानक विमान दुर्घटना भएको थियो । घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्। एउटा सानो विमान सडकमा दुर्घटनाग्रस्त भएको थियो । त्याहा पनि विमान सडकमा ठोक्किँदा धेरैवटा गाडीहरूमा ठोक्किएका थिए । विमानले कारहरूलाई ठक्कर दिएपछि ठूलो विस्फोट भएको थियो ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top