×

NEPAL TIMES UPDATES

Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026

ट्रम्पसँग तालिबान त्राहीमाम ,टाउकाको मूल्य ३ अर्ब!

१३ माघ २०८१

१३ माघ , विराटनगर ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद नीतिहरूले अमेरिका र विश्वभर तरंग सिर्जना गरिरहेकै बेला अफगान तालिबान फेरि अमेरिकी प्रहारको लक्ष्य बन्न पुगेको छ। ट्रम्प प्रशासनले अवैध आप्रवासीमाथि कठोर कारबाही, मेक्सिको सीमामा संकटकाल, चीन र भारतजस्ता देशहरूसँग व्यापार युद्ध, र विदेशी सहायतामा कटौती गर्दै सिंगो विश्व राजनीतिमा हलचल ल्याएको छ।

Advertisement
Advertisement

यसैबीच, अफगान सरकार संचालन गरिरहेको तालिबानमाथि चर्किएको अमेरिकी आक्रामकता झनै गहिरिएको छ। अमेरिकी विदेशमन्त्री मार्को रूबियोले तालिबानमाथि कडा चेतावनी दिँदै उनीहरूको शीर्ष नेतृत्वको टाउकाको मूल्य तोक्ने घोषणा गरेका छन्।

यस इनाम रकम ३ अर्ब अमेरिकी डलरभन्दा बढी हुनेछ । जुन ओसामा बिन लादेनको इनाम रकमभन्दा उच्च हो । रूबियोले भनेका छन्, तालिबानले अमेरिकाका नागरिक र बन्धकहरूको सुरक्षा खतरामा पारेको छ, र त्यसको परिणाम गम्भीर हुनेछ।

अमेरिका र तालिबानबीचको पछिल्लो तनावको मुख्य कारण बन्धकको मुद्दा बनेको छ। अमेरिकाले तालिबानसँग थुप्रै बन्धक फिर्ता गर्न माग गरेको छ, तर तालिबानले वार्ताका लागि आफ्ना सर्तहरू अघि सारेपछि स्थिति झन् जटिल भएको छ।

खासमा, अमेरिका र अफगानिस्तानी तालिबानका बीच हालै अफगानिस्तानमा रहेका अमेरिकी बन्धकहरुलाई लिएर एक लेकर डील भएको थियो । उक्त डीलमा तालिबानले अमेरिकाका २ नागरिकहरुलाई रिहा गरेको थियो ।

बदलामा अमेरिकाले पनि ओसामा बिन लादेनका निकटसहितका २ जनालाई छाड्नु पर्ने थियो । तर यसैबीच अमेरिकी गुप्तचर एजेंसीले नयाँ सूचना पायो कि तालिबानले अहिले पनि अनेकौ अमेरिकी नागरिकहरुलाई बन्धक बनाइराखेको छ ।

रोचक के छ भने, तलिबानले अफगानिस्तानको सत्तामा आइसकेपछि ती अमेरिकी नागरिकहरुलाई कुनै न कुनै आरोपमा बन्दी बनाउँदै उनीहरुलाई जेलमा हाल्दै गरेको छ । यसैलाई समाउँदै अमेरिकी नवनियुक्त विदेशमन्त्री मार्को रूबियोले तालिबानलाई ठाडो धम्की दिएका हुन् ।

उनले चेतावनीका साथ भनेका छन्, यदी नयाँ सूचना सही हो र तालिबानले अमेरिकाका थप नागरिकहरुलाई बन्धक बनाएको रहेछ भने त अमेरिकाले तालिबानका शीर्ष नेताहरुमाथि एक ठूलो इनामी राशिको घोषणा गर्नेछ ।

जुन ओसामा बिन लादेनमाथि तोकिएको भन्दा पनि धेरै हुनेछ । अर्थात अमेरिकाले तालिबानी शीर्ष नेताहरुलाई ओसामा भन्दा पनि ठूलो आतंकबादी र मोस्ट वान्टेट घोषणा गर्नेछ । यसको मतलब अमेरिकाले तिनिहरुलाई मार्न वा पकड्न नयाँ रणनीति बनाउने छ, जस्तोकी ओसामा बिन लादेनका मामिलामा गरेको थियो ।

ओसामा बिन लादेनमाथि अमेरिकाले २५ मिलियन डलरको इनाम राखेको थियो । अमेरिकी विदेशमन्त्रीको पछिल्लो यो बयानले के संदेश दिएको छ भने, आगामी दिनहरुमा अमेरिका र अफगानी तालिबानबीच तनाव बढ्ने छ ।

यस्तो स्थितिमा अफगान तालिबानका लागि मुश्किलहरु बढ्न सक्छन् । राष्ट्रपति ट्रम्पले पहिला नै भनिसकेका छन् कि अफगान तालिबानले त्यहाँ छाडिएका अमेरिकी हतियारहरु फिर्ता गरोस्। नत्र अहिले दिइएका फन्ड सबै रोकिने छ ।

यता तालिबानले भने यसबारे अहिलेसम्म अमेरिकालाई कुनै जवाफ फर्काएको छैन । तर आफूले हतियार फिर्ता नदिने भने संकेत गरेको छ । अमेरिका तालिबानमाथि तरबार बनी लट्किरहँदा यता इजरायलका लागि भने राहत बनेको छ ।

ट्रम्पले इजरायललाई ठूलै राहत दिएका छन् । उनले २ हजार पाउण्ड बजन भएको बम पठाउन जो बाइडेनले लगाएको रोकलाई हटाइदिएका छन् । बाइडेनले बमको आपूर्तिमा रोक यसकारण लगाएका थिए ताकी गाजामा हमासका साथ इजरायली युद्धमा मारिने गैर सैनिक नागरिकहरुको संख्यामा कमी आओस् ।

हुनत अहिले इजरायल र हमासबीचको युद्ध एक कमजोर युद्धविरामका कारण रोकिएको छ । कमजोर किन भने दुवै पक्षले युद्धविराम सुरु नहुँदै र अहिले पनि उल्लंघन गरेको आरोप लगाइरहेका छन् ।

युद्धविराम लागू भएपछि पनि इजरायलले यहाँ हमला गरेको छ । र आफूलाई बेठिक लागेको खण्डमा जतिखेर पनि युद्ध पुनः सुरु गर्ने बेन्जामिन नेतन्याहूले चेतावनी दिएका छन् । अहिले बन्धक साटासाटमा पनि तनाव देखिन थालेको छ ।

यस्तोमा ट्रम्पले इजरायलका लागि ठूलो राहत दिएका हुन् । उनले सामाजिक संजालमा लेखेका छन्, यस्ता निकै वस्तुहरु अब पठाउन थालिएको छ, जसको इजरायलले भुक्तानी गरिसकेको छ, तर बाइडेनका तर्फबाट तिनको आपूर्ति गरिएको थिएन ।

ट्रम्प प्रशासनका एक अधिकारीले यो कुराको पुष्टि गरेका छन् कि ट्रम्पले यो पोष्टमा भारीमात्रमा बमहरुको आपूर्तिको कुरा गरिरहेका छन् । यसअनुसार २ हजार पाउण्ड बजनको बम पाउँदा इजारयलको शक्ति थप बढ्ने बताइएको छ ।

यो खबर यस्तो समयमा आएको छ जतिबेला हमासले गाजामा लडाई रोक्नका लागि इजरायलका साथ युद्धविराम सम्झौता गरेको छ । यसअन्तर्गत ४ इजरायली महिला सैनिकहरुलाई भीडका बीचमा परेड गराएपछि मात्रै रिहा गरिएको थियो ।

इजरायलले आफ्ना ४ महिला सैनिकहरुको बदलामा २०० प्यालेस्टाइनी कैदीहरुलाई छाडेको छ । यसमा १२० यस्ता कैदी छन्, जसले इजरायल नागरिकहरुमाथि घातक हमलाका लागि दोषी ठहर भएपछि जन्मकैदको सजाय काटिरहेका थिए ।

लगभग ७० प्यालेस्टाइनी कैदीहरुलाई इजिप्ट पठाइएको छ । इजिप्टले युद्धविरामका लागि विशेष भूमिका निभाएको छ । यद्यपि, इजरायलले स्पष्टसंग भनेको छ कि उ विस्थापित प्यालेस्टाइनीहरुलाई तत्कालै उत्तरी गाजामा आफ्नो घरमा फर्किने अनुमति दिदैन ।

यता ट्रम्पले पनि शनिबार गाजा पुरै खाली गराएर त्यहाँ बसिरहेका मानिसहरुलाई अन्त कतै सार्ने बयान दिएका छन् । यसबारे उनले जोर्डन र इजिप्टजस्ता देशहरुसंग अपील पनि गरेका छन् । ट्रम्पले यी दुई देशसहित अन्य अरब देशहरुसंग पनि अनुरोध गरेका छन् कि गाजाको युद्धग्रस्त क्षेत्रमा फसेका मानिसहरुलाई उनीहरुले धेरै भन्दा धेरै संख्यामा शरण दिउन् ताकि त्यहाँ परिस्थितिलाई सुधार्न सकियोस ।

उनले पत्रकारहरुसंगको छलफलमा भने कि उनले जोर्डनका राजा अब्दुल्ला द्वितीयका साथमा फोनमा कुरा गर्दै आफ्नो धारणा राखे र इजिप्टका राष्ट्रपति अब्देल फतह अल सीसीसंग पनि अपिल गरेका छन् ।

ट्रम्पले प्यालेस्टाइनीहरुको ठूलो संख्यमा भएको विस्थापनका बारेमा भने, यो “अस्थायी वा दीर्घकालिन पनि हुन सक्छ । विश्वको त्यो क्षेत्र, जसमा गाजा पनि सामेल छ‘ सदियौं देखि’ कयौं संघर्षहरुको सामना गरिरहेको छ” ।

उनले अगाडी भने, “केही त गरिनु पर्छ, तर यो क्षेत्र अहिले सम्पुर्ण रुपमा विध्वंस स्थलमा बदलिएको छ । लगभग सबै कुरा नै बर्बाद भएको छ र मानिसहरु मारिएका छन्” । ट्रम्पले भने, “त्यसैले, म केही अरब देशहरुका साथ मिलेर गाजा पट्टीका मानिसहरुका लागि एक अलग स्थानमा आवास बनाउनका लागि आह्वान गर्न चाहान्छु, जहाँ उनीहरु शान्तिसंग बस्न सकुन”।

अमेरिकाको नेतृत्व ट्रम्पले सम्हालेपछि विश्वमा देखिएको हलचल र अमेरिकाको तालिवान र गाजा नीति आफ्ना टिप्पणी पनि अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

Advertisement

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top