×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026

प्रेमीलाई विष खुवाउने प्रेमिका , मृत्युदण्डको सजाय !

१४ माघ २०८१

१४ माघ , एजेन्सी ।

भारतको केरला राज्यको एक अदालतले २४ वर्षीया ग्रीष्मा नामकी युवतीलाई आफ्नै प्रेमी शेरोन राजलाई विष खुवाएर हत्या गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ। भारतभर सनसनी मच्चाएको यो खबर आज हामीले नेपाल टाइम्स अनलाइन समाचारमा लिएर आएका छौं ।

Advertisement
Advertisement

सन् २०२२ मा भएको घटनाको ३ वर्षपछि अदालतले डिजिटल प्रमाणका आधारमा ग्रीष्मालाई दोषी ठहर गरेको हो। प्रहरी र अनुसन्धान टोलीले अपराध प्रमाणित गर्न गुगल क्लाउडलगायतका डिजिटल प्रमाणको सहारा लिएको थियो।

भौतिक प्रमाणको अभाव हुँदाहुँदै पनि परिस्थितिजन्य प्रमाण र प्रविधि प्रयोगले यस मुद्दामा निर्णायक भूमिका खेलेको सरकारी वकिलले बताएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

अदालतले कडा सजायको निर्णय सुनाउँदै गम्भीर अपराधका लागि कठोर सजाय आवश्यक भएको जनाएपछि यो मुद्दाले न्याय प्रणालीमा प्रविधिको भूमिकाबारे व्यापक बहस र चर्चा जन्माएको छ।केरलाबाट सुरु भएको यो घटना भारतभरको न्याय र प्रविधिसम्बन्धी बहसको केन्द्र बनेको छ।

ग्रीष्मा कन्याकुमारी जिल्लाको देवीकोडकी बासिन्दा हुन् । उनले अङ्ग्रेजी साहित्यमा डिग्री गरेकी छन् भने शेरोन राज पर्सलई क्षेत्रमा बस्थे । घटनाको समयमा शेरोन कन्याकुमारीस्थित एक कलेजमा रेडियोलोजीको स्नातकको अन्तिम वर्षमा अध्ययनरत थिए ।

अभियोजकका अनुसार ग्रीष्मा र शेरोन राज प्रेममा थिए । यसैबीच ग्रीष्माका आमाबाबुले उनको अर्को केटासँग विवाह गर्ने निर्णय गर्छन् । ग्रीष्माको इन्गेजमेन्ट भारतीय सेनामा कार्यरत एक केटासँग भयो र ग्रीष्माले शेरोनलाई पुराना सबै सम्बन्ध तोड्न भनिन् ।

तर, शेरोन यसबाट धेरै दुःखी भए र त्यसो गर्न अस्वीकार गरे । शेरोनको सबैभन्दा ठूलो रिस ग्रीष्माविरुद्ध थियो । अभियोजकका अनुसार शेरोन यस विषयमा ग्रीष्माको कुरा सुन्न तयार थिएनन्। त्यसपछि ग्रीष्माले शेरोनले भविष्यमा आफ्नो वैवाहिक जीवन बिगार्न सक्छ भन्ने डरले हत्या गर्ने योजना बनाइन् ।

यस उद्देश्यका लागि ग्रीष्माले शेरोनलाई आफ्नो घरमा बोलाएर उनको खानामा विष मिसाइदिइन्, जसका कारण शेरोनको मृत्यु भयो । शेरोनको मृत्युको मामिलामा केरला प्रहरीले विशेष अनुसन्धान टोली गठन ग¥यो ।

सुरुमा प्रहरीले अप्राकृतिक मृत्युको रूपमा एफआईआर दर्ता गरेको थियो तर, शेरोनका आफन्तहरूले मृत्युमा शङ्का गरेका थिए । प्रहरीका अनुशार अनुसार सोधपुछका क्रममा ग्रीष्माले सबै सत्य बताइन्, प्रहरी अनुसन्धानका क्रममा उनले यो कुरा लुकाउन सकिनन् ।

प्रहरी हिरासतमा रहँदा ग्रीष्माले शौचालय सफा गर्न राखिएको डिसइन्फेक्सन पिएर आत्महत्याको प्रयास पनि गरेकी थिइन् । यस प्रकरणमा ग्रीष्माकी आमा र मामासँग सोधपुछ गर्दा शेरोनलाई विष खुवाइएको आशङ्का पुष्टि भएको थियो ।

तर प्रत्यक्ष प्रमाणको अभाव थियो । सरकारी वकिलले भनेका छन्, त्यसैले हामीले डिजिटल, प्राविधिक र वैज्ञानिक प्रमाणको सहयोगमा परिस्थितिजन्य प्रमाणहरू जोडेर अदालतमा मुद्दा प्रमाणित ग¥यौं ।

यसअघि पनि ग्रीष्माले जुसमा ५० वटा प्यारासिटामोल ट्याब्लेट मिसाएर शेरोनलाई पिउन दिएकी थिइन् तर, जुस तितो भएकाले शेरोनले पिएनन्, त्यसैले त्यो दिन बाँचेका थिए । यो हत्या प्रयास हुनुअघि ग्रीष्माले आफ्नो मोबाइलमा यसबारे जानकारी खोजेकी थिइन् ।

शेरोनलाई घर बोलाएर उनले आयुर्वेदिक टनिक पिउन दिइन् । ग्रीष्माले त्यसमा विष मिसाएकी थिइन् । प्रहरीकाअनुसार यो टनिक पिएपछि नै उनको मृत्यु भएको थियो । प्रहरीले ग्रीष्माको मोबाइल चेक गरेपनि सबै डाटा डिलिट भएको पाएपछि फरेन्सिक ल्याबमा पठायो र गुगल क्लाउड डाटामा रेकर्ड भएका सबै जानकारी पुनः प्राप्त ग¥यो ।

ग्रीष्माको मोबाइलबाट ह्वाट्सएप च्याट, भिडिओ कल, सर्च इन्जिन डाटाआदि बरामद गरी अदालतमा डिजिटल प्रमाणका रूपमा पेस गरिएको थियो । दुवैले प्रयोग गरेको पेन ड्राइभ, हार्डडिस्क र सीडीमा रहेको डिजिटल प्रमाण र अन्य परिस्थितिजन्य प्रमाणका आधारमा ग्रीष्माले शेरोनको हत्या गरेको अदालतमा प्रमाणित भएको छ ।

फैसलामा न्यायाधीशले प्रहरी अनुसन्धानको पनि प्रशंसा गरेका छन् । न्यायाधीशले आफ्नो फैसलामा भने, “यस मुद्दामा पीडित शेरोन राज र हत्यारा ग्रीष्मा एउटै उमेरका थिए । शेरोनले ग्रीष्मालाई असाध्यै माया गर्थे ।

उसलाई आँखा चिम्लेर विश्वास गरे । तर, ग्रीष्माले उनलाई धोका दिइन् ।” “विषका कारण शेरोनको मृगौला, कलेजो र फोक्सोलगायत सबै आन्तरिक अङ्गमा क्षति पुगेको थियो । उनको शरीरभरि असहनीय पीडा थियो ।

Advertisement

अस्पतालमा बिताएका ११ दिनमा उनले एक थोपा पानी पनि पिउन सकेका थिएनन् ।” न्यायाधीशले भनेका छन्,“कलेज विद्यार्थीको शुद्ध र निस्स्वार्थ प्रेमको हत्या भयो । यस्तो कुराले सिङ्गो समाजलाई स्तब्ध बनाएको छ । यी सबै कुरालाई ध्यानमा राख्दै यो घटनालाई दुर्लभ मान्दै ग्रीष्मालाई मृत्युदण्ड दिइएको थियो ।”

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top