संसदमा ओलीको गीत सरकार ढल्यो, ढल्यो, ढल्यो‘ !

१७ माघ ८१, शुक्रबार

१८ माघ ,काठमाण्डौ।

संसदको हिउँदे अधिवेशन आजदेखि सुरु भएको छ । रास्वपाको अवरोधका बीच सुरु भएको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि अध्यादेशसहित उठेका विभिन्न प्रश्नहरुको जवाफ दिने प्रयास गरे ।

उनले स्वयम उनीमाथि नै उठ्ने गरेका गम्भिर प्रश्नहरुको पनि जवाफ दिएका छन् । झण्डै एक घण्टा संसदमा सम्बोधन गरेका प्रधानमन्त्रीले यस अवधिमा सरकारले हासिल गरेका विकासका उपलब्धिहरुको फेहरिस्त पनि प्रस्तुत गरे ।

Advertisement

प्रधानमन्त्रीले विकास निर्माणका काममा ‘ब्रेक–थु’ मात्र नभइ ‘ब्रेक’ लगाएर राखिएका कामलाई थ्रु गरेको बताएका छन् । उनले काठमाडौं–तराई द्रुत मार्ग अन्तर्गत मकवानपुरको धेद्रे सुरुङ पनि ब्रेक थ्रु भएको बताए ।

त्यस्तै चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको आयोजना जोगवनी–किमाथांका सडकमार्ग केही दिन अघि मात्रै ब्रेक–थ्रु भएको जानकारी दिए । उनकाअनुसार केदार कम्पनीले काम छोडेपछि बुटवल–नारायणगढ खण्डको सडक निर्माणको काम यो सरकार आउँदाका बखत अलपत्र रहेको भएपनि अहिले द्रुत गतिमा अघि बढिरहेको बताए ।

Advertisement

प्रधानमन्त्रीले मुग्लीन–पोखरा सडक चिल्लो र आकर्षक भएको , कीर्तिपुरको क्रिकेट खेलमैदानलाई रंगशाला बनाउने र त्यसमा फ्लड लाइट जोड्ने निर्णय गरेको ,सुर्खेतमा आधुनिक कर्णाली रंगशाला तयार भएको बताए ।

प्रधानमन्त्रीले नेपाली कांग्रेस र नेकपा एमाले मिल्दा बारम्बार विश्वासको मत लिनुपर्ने तमसाबाट मुक्त भएको बताए । ओलीले देश र जनताको मुद्दालाई सम्बोधन गर्न दुई ठूला दल मिलेको दाबी गरेका हुन्।

गएको छ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहो¥याउनु नपरेको एउटा सुखद् पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छु उनले भने।

प्रधानमन्त्रीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै अब सत्ताको खेल बन्द भएको टिप्पणी गरे । “सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवम् जनतालाई तिरस्कार गर्दै सत्ता पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ,” प्रधानमन्त्री ओलीले भने, “पटक–पटक विश्वासको मत लिने तमाशाबाट मुक्त भएका छौँ।”
ओलीले अध्यादेश ल्याउनुको कारणबारे पनि संसद् बैठकमा जानकारी गराएका छन् । तत्काल आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिबृद्धि गर्न ११, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा सम्बन्धि १२, भूमि तथा वन सम्बन्धि ३, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, निजीकरण ऐन र सहकारी ऐन गरी २९ वटा ऐनमा अध्यादेश मार्फत् संशोधन गरिएको प्रधानमन्त्रीले बताए ।

यस्तै प्रधानमन्त्री ओलीले राजनीतिलाई निराशाको व्यवसाय बनाउनेहरूले समाज भड्काएको आरोप लगाए । बैठकमा उनले देशमा केही हुँदै गरेका विषयको ढाकछोप गरेर निराशा फैलाउनेले बन्दै गरेको नेपाल पनि देख्न छोडेको बताए ।

“निराशाको व्यापार गर्ने, असन्तुष्टि र उत्तेजनाको उद्योग चलाउने, त्यसमा नै आफ्नो भविष्य देखिरहेका र राजनीतिलाई सेवाको तपस्याभन्दा व्यवसायको बजार बनाउनेहरूका लागि यस्तो उपलब्धि मान्य भइरहेको छैन,” प्रधानमन्त्री ओलीले भने, “राजनीतिलाई केवल सामाजिक सञ्जालमा प्रतिक्रिया र खपतको व्यवसाय बनाउनेहरूबाट पर गएर मात्र हामी बन्दै गरेको नेपाल देख्न सक्छौँ ।”

उनले देशमा कुनै न कुनै संचना बनिरहेको र त्यसले सुविधाको ढोका खोलिरहेको बताए । उनले सरकार ढल्न लाग्यो भनेर विपक्षीले समय व्यर्थमा फालेको टिप्पणी गरे । बजारमा चर्चा पाएको ’ढलेँ ढलेँ’ गीतजस्तै चर्चा गरिएको भन्दै कटाक्ष गरे ।

उनले सांगितीक मंचमा यस्ता गीत सफल भएपनि राजनीतिक मंचमा सफल नहुने भन्दै ८४ सम्म सरकार टसमस नहुने बताए । “ढलेँ ढलेँ भन्ने गीत प्रचारमा छ । आमरूपमा राजनीतिक नेताले गाएको सुन्छु– ढल्यो, ढल्यो । यो गीत मनोरञ्जनका लागि पार्टी उत्सवमा सुहाउला, पार्टीमा सुहाउला । राजनीतिमा त्यति सुहाउँदैन,” ओलीले भने ।

उनले एक ’माननीय’ले अश्लील भयो भन्ने टिप्पणी गरेको भन्दै सोधे, “यस्तो गीत के नक्कल गरि’रा होला ? ‘पार्टी टुक्र्याउने जस्तो खुद्रे कुराहरु यो सरकारको मेन्युमा छैन । ढुक्क हुनुहोस् । काङ्ग्रेस एमाले जस्तो बलियो सरकारको प्राथमिकता यस्ता कुरामा हुँदैन,’ प्रधानमन्त्रीले भने , ‘विपक्षमा रहेका साथीहरुले एउटा कुरामा आफ्नो समय व्यर्थै खेर फालेजस्तो लागिरहेको छ– ‘सरकार ढल्छ । ढल्नै लाग्यो । पुस मसान्त, माघे सङ्क्रान्ति काट्दैन ।’ आदि इत्यादि । यस्तो गायन मनोरञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ, राजनीतिका मञ्चमा गाउन बन्द गरौँ ।’ सरकार ०८४ सम्म टसमस गर्नेवाला छैन ।”

उनले आफ्नाबारेमा स्वीस बैंकमा पैसा जम्मा गरेको र कम्बोडियाको टेलिकममा लगानी रहेको भन्ने आरोपप्रति आक्रोश ब्यक्त गरे ।उनले पशुपतिमा सुन भनेर पित्तल चढाउनेहरुले अफवाह फैलाउदै आएको बताउँदै आफ्नो चरित्र हत्या गर्नका लागि यस्तो अफवाह फैलाएको बताए ।

उनले भने, म दुनियाका अगाडि उभिएर भन्न सक्छु म भ्रष्टचार गर्दिन , गर्न पनि दिन्न । कसैसँग दम छ भने भ्रष्टचार गरेको कुनै पनि एउटा कुरा ल्याउन चुनौती दिँदै ओलीले असम्बन्धित कुरालाई जोडेर भ्रष्टचार गरेको आरोप लाग्ने गरेको बताए ।

एक दिन अघि मात्रै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भने स्वीस बैंकको रहेको भनिएको रकम, कम्बोडियामा गरिएको भनिएको लगानी सहित कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता मुछिएका भनिएका अनियमितता प्रकरण छानबिनका लागि संसदीय वा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन् ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top