Deprecated: Function WP_Dependencies->add_data() was called with an argument that is deprecated since version 6.9.0! IE conditional comments are ignored by all supported browsers. in /var/www/html/wp-includes/functions.php on line 6131 संसदमा ओलीको गीत सरकार ढल्यो, ढल्यो, ढल्यो‘ ! - NepalTimes

NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Лото Аэроклуб Loto Club Зарегистрирование Интерактивный मङ्लबार माघ ६ , २०८२
Bingo Club 37 игра онлайновый в Лотоклуб मङ्लबार माघ ६ , २०८२
Лото Авиаклуб диалоговый: Лотереи Loto Club из действительными выигрышами मङ्लबार माघ ६ , २०८२
Игра Авиаклуб Loto Club регистрация loto 37 सोमवार माघ ५ , २०८२
Loto Club Игра Аэроклуб, бинго-аэроклуб во городе Актау возьмите inaktau kz आइतवार माघ ४ , २०८२
Next
Prev

समाचार

संसदमा ओलीको गीत सरकार ढल्यो, ढल्यो, ढल्यो‘ !

शुक्रबार माघ १८ , २०८१
Reading Time: 1 min read
A A
संसदमा ओलीको गीत सरकार ढल्यो, ढल्यो, ढल्यो‘ !
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१८ माघ ,काठमाण्डौ।

संसदको हिउँदे अधिवेशन आजदेखि सुरु भएको छ । रास्वपाको अवरोधका बीच सुरु भएको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि अध्यादेशसहित उठेका विभिन्न प्रश्नहरुको जवाफ दिने प्रयास गरे ।

उनले स्वयम उनीमाथि नै उठ्ने गरेका गम्भिर प्रश्नहरुको पनि जवाफ दिएका छन् । झण्डै एक घण्टा संसदमा सम्बोधन गरेका प्रधानमन्त्रीले यस अवधिमा सरकारले हासिल गरेका विकासका उपलब्धिहरुको फेहरिस्त पनि प्रस्तुत गरे ।

प्रधानमन्त्रीले विकास निर्माणका काममा ‘ब्रेक–थु’ मात्र नभइ ‘ब्रेक’ लगाएर राखिएका कामलाई थ्रु गरेको बताएका छन् । उनले काठमाडौं–तराई द्रुत मार्ग अन्तर्गत मकवानपुरको धेद्रे सुरुङ पनि ब्रेक थ्रु भएको बताए ।

त्यस्तै चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको आयोजना जोगवनी–किमाथांका सडकमार्ग केही दिन अघि मात्रै ब्रेक–थ्रु भएको जानकारी दिए । उनकाअनुसार केदार कम्पनीले काम छोडेपछि बुटवल–नारायणगढ खण्डको सडक निर्माणको काम यो सरकार आउँदाका बखत अलपत्र रहेको भएपनि अहिले द्रुत गतिमा अघि बढिरहेको बताए ।

प्रधानमन्त्रीले मुग्लीन–पोखरा सडक चिल्लो र आकर्षक भएको , कीर्तिपुरको क्रिकेट खेलमैदानलाई रंगशाला बनाउने र त्यसमा फ्लड लाइट जोड्ने निर्णय गरेको ,सुर्खेतमा आधुनिक कर्णाली रंगशाला तयार भएको बताए ।

प्रधानमन्त्रीले नेपाली कांग्रेस र नेकपा एमाले मिल्दा बारम्बार विश्वासको मत लिनुपर्ने तमसाबाट मुक्त भएको बताए । ओलीले देश र जनताको मुद्दालाई सम्बोधन गर्न दुई ठूला दल मिलेको दाबी गरेका हुन्।

गएको छ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहो¥याउनु नपरेको एउटा सुखद् पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छु उनले भने।

प्रधानमन्त्रीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै अब सत्ताको खेल बन्द भएको टिप्पणी गरे । “सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवम् जनतालाई तिरस्कार गर्दै सत्ता पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ,” प्रधानमन्त्री ओलीले भने, “पटक–पटक विश्वासको मत लिने तमाशाबाट मुक्त भएका छौँ।”
ओलीले अध्यादेश ल्याउनुको कारणबारे पनि संसद् बैठकमा जानकारी गराएका छन् । तत्काल आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिबृद्धि गर्न ११, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा सम्बन्धि १२, भूमि तथा वन सम्बन्धि ३, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, निजीकरण ऐन र सहकारी ऐन गरी २९ वटा ऐनमा अध्यादेश मार्फत् संशोधन गरिएको प्रधानमन्त्रीले बताए ।

यस्तै प्रधानमन्त्री ओलीले राजनीतिलाई निराशाको व्यवसाय बनाउनेहरूले समाज भड्काएको आरोप लगाए । बैठकमा उनले देशमा केही हुँदै गरेका विषयको ढाकछोप गरेर निराशा फैलाउनेले बन्दै गरेको नेपाल पनि देख्न छोडेको बताए ।

“निराशाको व्यापार गर्ने, असन्तुष्टि र उत्तेजनाको उद्योग चलाउने, त्यसमा नै आफ्नो भविष्य देखिरहेका र राजनीतिलाई सेवाको तपस्याभन्दा व्यवसायको बजार बनाउनेहरूका लागि यस्तो उपलब्धि मान्य भइरहेको छैन,” प्रधानमन्त्री ओलीले भने, “राजनीतिलाई केवल सामाजिक सञ्जालमा प्रतिक्रिया र खपतको व्यवसाय बनाउनेहरूबाट पर गएर मात्र हामी बन्दै गरेको नेपाल देख्न सक्छौँ ।”

उनले देशमा कुनै न कुनै संचना बनिरहेको र त्यसले सुविधाको ढोका खोलिरहेको बताए । उनले सरकार ढल्न लाग्यो भनेर विपक्षीले समय व्यर्थमा फालेको टिप्पणी गरे । बजारमा चर्चा पाएको ’ढलेँ ढलेँ’ गीतजस्तै चर्चा गरिएको भन्दै कटाक्ष गरे ।

उनले सांगितीक मंचमा यस्ता गीत सफल भएपनि राजनीतिक मंचमा सफल नहुने भन्दै ८४ सम्म सरकार टसमस नहुने बताए । “ढलेँ ढलेँ भन्ने गीत प्रचारमा छ । आमरूपमा राजनीतिक नेताले गाएको सुन्छु– ढल्यो, ढल्यो । यो गीत मनोरञ्जनका लागि पार्टी उत्सवमा सुहाउला, पार्टीमा सुहाउला । राजनीतिमा त्यति सुहाउँदैन,” ओलीले भने ।

उनले एक ’माननीय’ले अश्लील भयो भन्ने टिप्पणी गरेको भन्दै सोधे, “यस्तो गीत के नक्कल गरि’रा होला ? ‘पार्टी टुक्र्याउने जस्तो खुद्रे कुराहरु यो सरकारको मेन्युमा छैन । ढुक्क हुनुहोस् । काङ्ग्रेस एमाले जस्तो बलियो सरकारको प्राथमिकता यस्ता कुरामा हुँदैन,’ प्रधानमन्त्रीले भने , ‘विपक्षमा रहेका साथीहरुले एउटा कुरामा आफ्नो समय व्यर्थै खेर फालेजस्तो लागिरहेको छ– ‘सरकार ढल्छ । ढल्नै लाग्यो । पुस मसान्त, माघे सङ्क्रान्ति काट्दैन ।’ आदि इत्यादि । यस्तो गायन मनोरञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ, राजनीतिका मञ्चमा गाउन बन्द गरौँ ।’ सरकार ०८४ सम्म टसमस गर्नेवाला छैन ।”

उनले आफ्नाबारेमा स्वीस बैंकमा पैसा जम्मा गरेको र कम्बोडियाको टेलिकममा लगानी रहेको भन्ने आरोपप्रति आक्रोश ब्यक्त गरे ।उनले पशुपतिमा सुन भनेर पित्तल चढाउनेहरुले अफवाह फैलाउदै आएको बताउँदै आफ्नो चरित्र हत्या गर्नका लागि यस्तो अफवाह फैलाएको बताए ।

उनले भने, म दुनियाका अगाडि उभिएर भन्न सक्छु म भ्रष्टचार गर्दिन , गर्न पनि दिन्न । कसैसँग दम छ भने भ्रष्टचार गरेको कुनै पनि एउटा कुरा ल्याउन चुनौती दिँदै ओलीले असम्बन्धित कुरालाई जोडेर भ्रष्टचार गरेको आरोप लाग्ने गरेको बताए ।

एक दिन अघि मात्रै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भने स्वीस बैंकको रहेको भनिएको रकम, कम्बोडियामा गरिएको भनिएको लगानी सहित कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता मुछिएका भनिएका अनियमितता प्रकरण छानबिनका लागि संसदीय वा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन् ।

Tags: #ओलीले भ्रष्टचार गरेको प्रमाण#संसदको हिउँदे अधिवेशन

लोकप्रीय

Лото Аэроклуб Loto Club Зарегистрирование Интерактивный

मङ्लबार माघ ६ , २०८२

Bingo Club 37 игра онлайновый в Лотоклуб

मङ्लबार माघ ६ , २०८२

Лото Авиаклуб диалоговый: Лотереи Loto Club из действительными выигрышами

मङ्लबार माघ ६ , २०८२

विचार

Лото Аэроклуб Loto Club Зарегистрирование Интерактивный

मङ्लबार माघ ६ , २०८२

Bingo Club 37 игра онлайновый в Лотоклуб

मङ्लबार माघ ६ , २०८२

Лото Авиаклуб диалоговый: Лотереи Loto Club из действительными выигрышами

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Лото Аэроклуб Loto Club Зарегистрирование Интерактивный

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Bingo Club 37 игра онлайновый в Лотоклуб

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Лото Авиаклуб диалоговый: Лотереи Loto Club из действительными выигрышами

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Игра Авиаклуб Loto Club регистрация loto 37

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२
फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Лото Аэроклуб Loto Club Зарегистрирование Интерактивный

मङ्लबार माघ ६ , २०८२

Bingo Club 37 игра онлайновый в Лотоклуб

मङ्लबार माघ ६ , २०८२

Лото Авиаклуб диалоговый: Лотереи Loto Club из действительными выигрышами

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.