NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin मङ्लबार माघ ६ , २०८२
1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti मङ्लबार माघ ६ , २०८२
Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak सोमवार माघ ५ , २०८२
Promo 1XBET : STYVIP Afrique 2025 yil oktyabr सोमवार माघ ५ , २०८२
1xBet ilovasi, 1xBet Mobile 1xBet APK Android os & apple's ios, 1xlite-59020 pub ni o'rnating शनिबार माघ ३ , २०८२
Next
Prev

समाचार

ओलीको असहयोगले बालेनलाई तलब खुवाउन सकस, ४० करोडको भुक्तानी रोकियो

मङ्लबार माघ २२ , २०८१
Reading Time: 1 min read
A A
संविधानले दिएको अधिकारको पूर्ण प्रयोग गरिनेछः मेयर बालेन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२२ माघ ,काठमाण्डौ।

प्रधानमन्त्री केपी शर्मा ओली र मेयर बालेन्द्र शाहबीचको टकरावको असर काठमाडौं महानगरपालिकाको प्रशासनिक कार्यमा देखिएको छ । सरकारले रिक्त भएको डेढ महिनासम्म पनि काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा विभिन्न ठेक्काको भुक्तानीदेखि कर्मचारीको तलबसमेत रोकिएको छ ।

कानुनविपरीत काठमाडौं भ्यु टावरको नक्सापास गरेको आरोपमा बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई ७ पुसमा कारबाही गरेका थिए । त्यसयता महानगरपालिकामा ४५ दिनदेखि प्रमुख प्रशासकीय अधिकृत छैनन् ।

तर, सामान्य प्रशासन मन्त्रालयले अहिलेसम्म पनि नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएको छैन । हाल महानगरका निमित्त प्रशासकीय अधिकृत कृषि तथा पशुपंक्षी विभागका नुरनीधि न्यौपाने छन् ।

डेढ महिनादेखि कार्यकारी प्रमुख नहुँदा महानगरका दैनिक काम ठप्पजस्तै छन् । मुख्यतः आर्थिक क्षेत्रसँग जोडिएका काममा महानगरले बढी समस्या भोगिरहेको छ । महानगरले भुक्तानी गर्नुपर्ने प्रायः सबैजसो चेकमा प्रमुख कार्यकारी अधिकृतको हस्ताक्षर चाहिने भएकाले बढी समस्या भइरहेको बुझिएको छ ।

प्रमुख कार्यकारी अधिकृत नहुँदा महानगरको दैनिक काममा प्रभाव परेको छ । अर्कातिर कर्मचारीको तलब नै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । अहिले मासिक रुपमा महानगरले २ अर्ब भन्दाबढी खर्च गर्नु पर्ने हुन्छ ।

तर, प्रमुख प्रशासकीय अधिकृत नहुँदा त्यो हुन सकिरहेको अवस्था छैन । कर्मचारीको जिम्मेवारी हेरफेर र सरुवा–बढुवामा पनि समस्या भइरहेको छ । मेयर बालेन्द्र शाहका स्वकीयसचिव भूपदेव शाहले सामान्य प्रशासन मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा आर्थिक कारोबारका काममा प्रत्यक्ष असर परेको बताएका छन् ।

‘हामीले पछिल्लोपटक सामान्य प्रशासन मन्त्रालयलाई दुईवटा माग राखेका थियौँ, एउटा नयाँ कार्यकारी पठाउन र अर्को निमित्तलाई आर्थिक अधिकार दिन । तर, यसबारेमा कुनै पनि प्रतिक्रिया आएको छैन,’ शाहले भने, ‘यता छानबिन समितिले पनि छानबिन सकाएको अवस्था छैन, यो अवस्थामा विभिन्न ठेक्काबापत संघसंस्थालाई ४० करोड भुक्तानी दिन सकिएको छैन, जुन तुरुन्त दिनुपर्ने रकम हो । रकम नदिँदा काम लगाउन अप्ठेरो हुने अवस्था आइसक्यो । कर्मचारीको तलबसमेत रोकिएको छ ।’

काठमाडौं महानगरपालिकामा संघीय सरकारको सह–सचिव प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ । सह–सचिवको सरुवा मन्त्रिपरिषद्को निर्णयबाट हुने गर्छ । तर संघीय सरकारले अर्का सहसचिव नपठाइदिँदा समस्या भएको छ ।

यसको कारण भनेकै प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साहको टकराव भएको धेरैको बुझाई छ । केही समययता बालेन्द्रले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीलाई चुनौती दिने गरेका छन् ।

दरबारर्गमा एमालेले गरेको कार्यक्रममा फोहोर गरेपछि ओली झनै बिच्किएका छन् । एमालेका नेताहरूले सार्वजनिक मञ्चबाटै बालेन्द्रको विरोध गर्दै आएका छन् । दुई पक्षबीचको त्यही द्वन्द्व पनि कार्यकारी अधिकृत पठाउने कुरामा ढिलाइको कारण बनेको बताइएको छ ।

बालेन्द्रको सचिवालयले यसअघि प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गरेपछि अर्को तत्कालै पठाउने गरिए पनि यस पटक त्यस्तो नभएको जनाएको छ । पछिल्लो पटक बालेन्द्रले पुस २४ गते नयाँ कार्यकारी अधिकृत पठाइदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएका थिए ।

तर, अहिलेसम्म संघले बालेन्द्रको कुरा सुनेको छैन । यता अनियमितताको आरोप लागेका गुरागाईंमाथि छानबिन गर्न गठन गरिएको समितिका संयोजक पूर्वन्यायाधीश शेखरकुमार पौडेलले समेत राजीनामा दिएपछि पछिल्लोपटक पूर्वशिक्षासचिव शंकर पाण्डेको संयोजकत्वमा छानबिन समिति बनेको छ ।

उक्त छानबिन समितिलाई एक महिनाको समयसीमा तोकिएको छ । छानबिनबाट कुनै निष्कर्ष नआएसम्म गुरागाईंको महानगर फर्किने अवस्था छैन । यो अवस्थामा गुरागाईं भने सामान्य प्रशासन मन्त्रालयसँग सरुवा मागिरहेका छन् ।

सामान्य प्रशासन मन्त्रालयले भने महानगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउन मन्त्रिपरिषद्को निर्णय चाहिने बताएको छ । मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले मन्त्रिपरिषद्बाट तत्काल नयाँ कार्यकारी पठाउन सकिने अवस्था नरहेको बताएका छन् ।

यता काठमाडौं महानगरपालिकाले भने यसअघि देखि नै नियतवश गल्ती गर्ने कर्मचारीमाथि कारबाही गर्दै आएको छ । एक वर्षअघि स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलमाथि महानगरको सुशासन समितिले अध्ययन गरी दोषी ठहर गरेको थियो ।

कारबाहीका लागि प्रदेश लोकसेवा कार्यालय र अख्तियारलाई सिफारिस गरे पनि पौडेलमाथि कारबाही भने भएन । माथिल्ला निकायले महानगरबाट दोषी ठहर भएको व्यक्तिलाई कारबाही नगरेको स्वकीयसचिव शाहले बताएका छन् ।

Tags: #प्रधानमन्त्री केपी शर्मा ओली#बालेनलाई अप्ठ्यारो पार्दै ओली#ओलीको असहयोगले बालेनलाई सकस

लोकप्रीय

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२

विचार

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२

थप समाचार

ताजा समाचार

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२
ताजा समाचार

Promo 1XBET : STYVIP Afrique 2025 yil oktyabr

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.