×

NEPAL TIMES UPDATES

Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026

आफुलाई भेट्ने इच्छा गरेका ट्रम्पसंग किन बिच्किए किम ?

२७ माघ २०८१

२७ माघ , विराटनगर।

डोनाल्ड ट्रम्प अमेरिकी सरकारमा दोस्रो पटक आइसकेपछि पुटिनसंगको उनको पुरानो सम्बन्ध झनै कसिलो हुने, चीनसंगको टकराव बढ्ने, मोदीसंग मिल्ने लगायतका अनुमान धेरैले गरेका थिए । तर ट्रम्पका सुरुवाती अभब्यिक्ति र उनका निर्णयहरुले यी अनुमानभन्दा उनी फरक धारमा देखिन थालेका छन् ।

Advertisement

उनले युद्ध रोक्ने नाममा युक्रेनलाई सहायता घटाउने भन्दा पनि पुटिनमाथि नै दबाव बढाएका छन् । ट्रम्प ह्वाइट हाउसमा आएसकेपछि रुसले पटक पटक युद्ध अन्त्यका लागि वार्ता गर्न चाहेको तर आफूमाथि कुनै दबावविना मात्रै वार्ता टेबुलमा बस्ने भन्दै अमेरिकालाई धम्की दिइरहेको छ ।

अर्कातिर ट्यारिफ बढाएपनि चिनियाँ राष्ट्रपति सि जिंग पिंगसंग छिटै भेट्ने आफ्नो इच्छा जाहेर पनि गरेका छन् । उता मित्र भन्ने गरेका मोदीलाई भने अवैध ढंगले अमेरिकामा रहेको भन्दै नेलहतकडी सहित भारतीयहरु पठाएर विपक्षीहरुको घेरामा पारिदिएका छन् ।

उता अमेरिकाको आँखाको कसिंगर बनेको उत्तर कोरियालाई ट्रम्पले परमाणुसम्पन्न मुलुक भन्दै तारिफ गरेका छन् । अहिले फेरि किम जंग उनलाई भेट्ने तिब्र इच्छा जागेको बताएका छन् ।
ट्रम्पले जापानका पीएम शिगेरू इबिशाका साथमा भएको एक ज्वाइंट प्रेस कन्फ्रेंसका क्रममा भने कि उनीे नर्थ–कोरियाका नेता किम जोंग उनसंग फेरि पनि भेट गर्न चाहान्छन् ।

किमसंग ट्रम्पले आफ्नो पहिलो कार्यकालकै बेला तीन पटक भेट गरिसकेका छन् । यता किमले भने ट्रम्पसंग भेट्न नचाहेको संकेत गरेका छन् । उनलाई ट्रम्पको ‘गोप्य प्लान’ को डर रहेको कतिपयले अर्थ लगाएका छन् । जुन आइतबार उनको एक बयानमा पनि झल्किएको थियो ।

किम जोंग उनले सो क्रममा भने कि दक्षिण कोरिया र जापानसंग अमेरिकाको सुरक्षा साझेदारी बढ्दा उत्तर कोरियाका अघि गंभीर खतरा उत्पन्न भएको छ । यसका साथै किमले आफ्नो परमाणु कार्यक्रमलाई अगाडी बढाउने संकल्प पनि दोहोर्याएका छन् ।

सरकारी मिडियामा आज सार्वजनिक भएका खबरहरुमा यसबारे जानकारी दिइएको छ । हुन त किमले पहिला पनि यस्ता चेतावनीहरु दिदै आएका थिए । तर उनको ताजा बयानबाट भने उनी अहिले नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग भेटवार्ता गर्न र कूटनीतिलाई पुनर्जीवित गर्ने कुरामा तयार नभएको संकेत गरेका छन् ।

सरकारी ‘कोरियन सेंट्रल न्यूज एजेंसी’ का अनुसार शनिवार कोरियाली पीपुल्स आर्मीको ७७ औं स्थापना दिवसका अवसरमा दिएको एक भाषणमा किमले भने, नेटो जस्तै क्षेत्रीय सैन्य संगठन बनाउने अमेरिकी षडयन्त्र अन्तर्गत स्थापित अमेरिका–जापान–दक्षिण कोरिया साझेदारीले कोरियाली प्रायद्वीपमा सैन्य असंतुलन पैदा गरिरहेको छ ।

उनले भने, ‘यो साझेदारीले हाम्रो देशको सुरक्षा अवस्थाका लागि गंभीर चुनौती खडा गरिरहेको छ’ । केसीएनएका अनुसार, ‘किमले परमाणु शक्तिहरुसहित सबै प्रतिरोध प्रणालीहरुलाई तिव्ररुपले बलियो बनाउनका लागि नयाँ योजनाहरु उल्लेख गर्दै एक पटक फेरि परमाणु कार्यक्रम अगाडी बढाउने नीति स्पष्ट गरेका छन्” ।

शुक्रवार जापानका प्रधानमंत्री शिगेरू इशिबाका साथ संयुक्त संवाददाता सम्मेलनमा ट्रम्पले भनेका थिए, ‘हामी उत्तर कोरिया र किम जोंग उनसंग सम्बन्ध बनाइ राख्नेछौं । मेरो उनीसंग निकै राम्रो सम्बन्ध रहेको सबैलाई थाहा नै छ, ट्रम्पले भने, मलाई लाग्छ कि मैले युद्ध रोकि दिएको छु’ ।

यसअघि २३ जनवरीमा ‘फक्स न्यूज’ मा प्रसारित एक इंटरभ्यूमा पनि ट्रंपले किमलाई “एक बुद्धिमान व्यक्ति” भन्दै उनी “धार्मिक कट्टरपंथी नभएको बताएका थिए । त्यतिबेला ट्रम्पलाई सोधिएको थियो, के उनी किमसंग पुन सम्पर्क गर्न चाहान्छन् ? त्यसमा ट्रम्पले जवाफ दिएका थिए, हो म त्यस्तै चाहान्छु ।

ट्रंपले २०१८–१९ मा तीन पटक किमसंग भेटवार्ता गरेर उत्तर कोरियाको परमाणु कार्यक्रमलाई समाप्त गर्नेमा चर्चा गरेका थिए । तर अब अमेरिकाको यो प्रायद्विपमा गतिविधिहरु बढेपछि किम शसंकित भएका छन् । यसका लागि उनले आफ्नो परमाणुसहितको कार्यक्रम थप बढाउने संकल्प लिएका हुन् ।

यसैपनि उत्तर कोरियाले पछिल्लो समय आफ्नो परमाणु हतियारहरुको भण्डारलाई बढाइरहेका छन् । यसको जवाफमा अमेरिकाले दक्षिण कोरिया साथै जापानलाई पनि आफ्नो ब्लकमा सामेल गराएर उत्तर कोरियाको चुनौतीलाई परास्त गर्ने कोशिश शुरू गरेको छ ।

अहिले तिनै देशका सेनाहरुले संयुक्त सैन्य अभ्यास गरिरहेका छन् । यी सैन्य अभ्यासलाई लिएर उत्तर कोरियाले आफ्नो रोष पनि प्रकट गर्दै आएको छ । डोनाल्ड ट्रम्पसंग बिच्किएका किम चीन र रुससंग भने नजिक रहेका छन् । रुसका लागि युक्रेनविरुद्ध लड्न सेना पठाएका छन् ।

यता चीनले पनि आफ्नो सेनामा उत्तरका नागरिकहरुलाई भर्ती गर्न चाहेको छ । चीनले आफ्नै देशका नागरिकहरुको स्थानमा सेनामा नर्थ–कोरियाका रिटायर्ड सैनिकलाई भर्ती गर्न चाहेको मिडिया रिपोर्टहरुमा उल्लेख छ ।

जसमा चिनियाँ आर्मीको गोप्य रिपोर्टमा नै यसबारे खुलाइएको बताइएको छ । चीनले उत्तरी कोरियाका रिटायर्ड वा निस्कासनमा परेका सैनिकहरुको सहयोगले पाकिस्तान अफगानिस्तानमा जारी आफ्नो प्रोजेक्टको सुरक्षा गर्न चाहान्छ ।

चीनको गुप्तचर एजेंसीको रिपोर्टपछि चीनको निजी सुरक्षा कम्पनीहरुले पूर्व कोरियाली सैनिकहरुको भर्ती प्रक्रिया पनि शुरू गरेका छन् । रूसका तर्फबाट यूक्रेन युद्धमा भाग लिइरहेका उत्तर कोरियाका सैनिकहरुलाई लिएर चीनको गुप्तचर एजेंसीले आफ्ना अधिकारीहरुलाई एक रिपोर्ट दिएका छन् ।

सो रिपोर्टमा भनिएको छ कि उत्तर कोरियाका सैनिकहरु वफादारीमा निकै अगाडी छन् । जुन ठाउँको सुरक्षाको काम उनीहरुलाई सुम्पिन्छ, त्यसमा उनीहरुले ज्यानको परवाह नगरि रक्षा गर्छन् ।

यहांसम्म कि यदी कुनै अन्य एजेंसीले उनीहरुलाई समाएको खण्डमा उनीहरु स्वयंले आफूलाई नै बमले उडाउने गरेका छन् । चिनियाँ गुप्तचर एजेंसीको रिपोर्टका अनुसार पाकिस्तान–अफगानिस्तानमा चीनको प्रोजेक्ट्स र चिनियाँ नागरिकहरुको सुरक्षाका लागि यस्तै मानिसहरु चाहिएको हो ।

हाल पाकिस्तान र अफगानिस्तानमा जुन सुरक्षा दिइरहेको छ त्योे फूलप्रूफ नभएको चिनियाँ गुप्तचर एजेंसीलाई लागेको छ । किनभने त्यसमा स्थानीयहरुलाई भर्ती गरिएको छ । जो सुरक्षा दिनका लागि त्यति भरपर्दा छैनन ।

यही कारण हो कि आए दिन अफगानिस्तान र पाकिस्तानमा चिनियाँहरु निकै सजिलैसंग निशानामा पर्ने गरेका छन् । साथै पाकिस्तानमा त चिनियाँ प्रोजेक्ट्सलाई नै सिधा निशाना पनि बनाइने गरेको छ । जसले लाखौं डलरको नोक्सानी भएको छ ।

गुप्तचर एजेंसीको रिपोर्टका आधारमा अब चीनले आफ्नो निजी सुरक्षा कम्पनीहरुलाई कोरिया सीबाट निकालिएका सैनिकहरु र त्यहाँबाट रिटायर्ड फौजीहरुको ठूलो संख्यालाई भर्ती गर्न भनेको छ । आगामी दिनहरुका चीनले पाकिस्तान र अफगानिस्तानमा आफ्नो प्रोजेक्टको सुरक्षाको कार्यभार यीनै सैनिकहरुलाई सुम्पिने सम्भावन बढेको छ । यसबारे आफ्ना धारणा पनि अवस्यक जाहेर गर्नुहोला ।

Advertisement

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top