२८ माघ, एजेन्सी ।
अफगानिस्तानको सत्तामा रहेको तालिबान सरकारलाई एक ठूलो झट्का लागेको छ । उसका सात ब्ल्याक हक हेलिकप्टर ‘चोरी’ भएका छन् । चोरी वा वेपत्ता पारिएका ती हेलिकप्टर युएच ६० ए ब्ल्याक हक हेलिकप्टर हुन्, जसलाई उज्बेकिस्तानले अमेरिकालाई सुम्पिदिएको छ ।
मूल रूपले यी हेलिकप्टर अफगान वायु सेनाको फ्लिटको हिस्सा थियो । यी हेलिकप्टरहरु हातबाट निस्किएपछि अफगान तालिबान भड्किएको छ । तालिबानले यो घटनाक्रम बाहिर आएपछि छिमेकी उज्बेकिस्तान र अमेरिकालाई धम्की दिएको छ ।
तालिबानले यी हेलिकप्टर आफूलाई फिर्ता गर्न माग गरेको छ । किनभने त्यो अफगानिस्तानको संपत्ति भएको उसले जनाएको छ । खासमा सन २०२१मा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता गएको थियो । त्यसपछि तालिबान सत्तामा आएको थियो ।
तत्कालीन अफगान सरकारको पतनपछि पाइलटहरुले देशबाट भाग्नका लागि ती हेलीकप्टरहरुको प्रयोग गरेका थिए । यी हेलीकप्टर त्यतिबेला देखि नै उज्बेकिस्तानमा थिए । युएच ६० ए ब्ल्याक हक मल्टीरोल र कयौं युद्धहरुमा महत्वपूर्ण भूमिका निभाउने खालको हेलिकप्टर हो ।
यसको प्रयोग खाडी युद्ध, सोमाली गृहयुद्ध र अफगानिस्तान युद्धसहित अलग–अलग युद्धहरुमा भएको छ । यसको मजबूत डिजाइन र अनुकूल क्षमताका कारण यसलाई विश्वभरका सेनाहरुले रुचाएका छन् ।
अहिले यी सात हेलीकप्टरहरुको ट्रांसफरले मध्य एशियाको बदलिदो जियोपोलिटिक्सलाई देखाएको छ । अमेरिकाले यी हेलीकप्टरहरुको अधिग्रहण गरेर आफ्नो फ्लिटलाई थप बलियो बनाउन सक्नेछ । यो घटनाक्रमले अफगान वायु सेनामा पनि असर पार्ने देखिएको छ ।
तालिबानको नेतृत्वमा रहेकोे अफगान रक्षा मंत्रालयले हेलीकप्टर ट्रांसफर गरिएकोमा असन्तुष्टि व्यक्त गरेको छ । मंत्रालयले एक्समा एक बयानमा भनेको छ, ‘इस्लामिक इमिरेट्स यसबारेमा चिन्तित छ, किनभने यो विमान अफगानिस्तानको हो र अघिल्लो प्रशासनका तर्फबाट भाग्ने क्रममा यसलाई उज्बेकिस्तानमा लगिएको थियो ।
हामी कुनै पनि कारणले ती हेलिकप्टरहरु अमेरिकालाई दिने कुरालाई अस्वीकार्य मान्दछौं’ । तालिबानले माग गरेको छ कि अमेरिकाले अफगानिस्तानमा सबै विमानहरु फिर्ता गर्न रोकेको भन्ने कुरामा स्पष्ट पारोस् । अगस्ट २०२१ म अफगानिस्तानबाट अमेरिकी सेना लगभग २ दशकपछि फिर्ता भएको थियो ।
जब अमेरिकी सेना बाहिर निस्कियो त्यतिबेला उसले ठूलो संख्यामा हतियारहरु छाडेर गएको थियो । त्यसमा धेरै त तालिबानकै हात लागेको छ । रिपोट्र्सका अनुसार अमेरिका यहाँबाट बाहिर निस्कने बेलामा अफगानिस्तानमा ७.१२ बिलियन डलरको मिलिट्री हार्डवेयर बचेको थियो ।
यसरी छाडिएका उपकरणहरुमा ७३ विमान पनि थिए । यी विमानहरुलाई काबुलको हामिद करजई इंटरनेशन एयरपोर्टमा छोडिएको थियो । ४० हजारभन्दा धेरै सैन्य वाहन पनि अमेरिकाले यहाँ छाडेको थियो । ३ लाखभन्दा धेरै अमेरिकी हतियार पनि तालिबानकै हात लागेको थियो ।