NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

भारतलाई नेपालसामु घुँडा टेकाउने गोर्खा भर्ती

सोमवार माघ २८ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
भारतलाई नेपालसामु घुँडा टेकाउने गोर्खा भर्ती
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२८ माघ, एजेन्सी ।

भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा अतिक्रमण गरी भोगचलन गरिरहेको छ। नेपालले राजनीतिक तथा कुटनैतिक च्यानलबाट पटक पटक वार्ता र छलफलका लागि भारतीय पक्षसँग आग्रह गर्दा पनि भारतले टेरपुछर लगाएको छैन् ।

यसको ठीक उल्टो उनीहरु यी क्षेत्रमा कुनै विवाद नरहेको र यी भुभाग भारतको रहेको भन्दै अर्नगल दाबी गरिरहेका छन् । अर्काेतर्फ नेपालमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा भारतको निर्देशनमा नै सरकार बन्ने र भत्किने खेलहरु हुने नेताहरु नै दाबी गर्छन् ।

हाम्रै नेताहरुकै अभिब्यक्ति सापटी लिने हो भने नेपालको राजनीतिकको प्रमुख रणनीतिकार भारत हो र नेपालका नेताहरु भारतीय पक्षसँग दिल्लीमा लम्पसार पर्दछन् । यसबाहेक लिपुलेक, कालापानी र लिम्पियाधुरा बाहेक नेपाल भारतका अन्य विभिन्न स्थानमा पनि भारतीय पक्षबाट सीमा अतिक्रमण गरिएको छ।

अनि सीमाका नेपाली जनता विभिन्न बहानामा भारतीय पक्षबाट प्रताडित हुँदै आएका छन् । लामो समयदेखि नेपाल भारतसँग राजनैतिक हैसियतका आधारमा समस्या समाधान गर्दै सुमधुर सम्बन्ध नै कायम गर्न कटिबद्ध छ ।

तर भारत लामो समयदेखि गुप्तचर संस्था रअ र ब्युरोक्रेटिक संयन्त्रबाट नेपाललाई हेरिरहेको छ । नेपालले लामो समयदेखि भारतीय पक्षबाट भोगेका यी पीडाहरुका बीच नेपालले पहिलोपटक गोर्खा सैनिक भर्तीको विषयमा भारतलाई घुँडा टेकाउन सफल भएको छ ।

विगत चार वर्षदेखि भारतीय सेनामा गोर्खाहरूको भर्ती अवरुद्ध छ। भारतले ल्याएको अग्निवीर योजनामा असहमति जनाउदै नेपालले गोर्खा भर्ती केन्द्रहरु अनिश्चतकालका लागि रोकेपछि भारतीय सेनादेखि सरकारसम्म हलचल पैदा भएको छ ।

हरेक दिन सेनाबाट नेपालीहरु अवकास पाइरहेका छन् । तर नयाँ भर्ती ४ वर्षदेखि बन्द हुँदा सर्वत्र बेचैनी बढेको छ । भारतले गोर्खा सैनिकको भर्ती खुलाउन विभिन्न च्यानलहरुबाट नेपालसँग गुहार लगाएको छ।

तर नेपालले अहिलेकै अग्निवीर योजनामा नेपाली युवाहरुलाई पठाएर उनीहरुको भविष्य अन्धकारका धकेल्न अस्वीकार गरेको छ । नेपालको यो अडान नै भारतसँग राखेको अहिलेसम्मकै डग्मगाउन नसकेको चट्टानी अडान बनेको छ ।

यो अडानले नेपाल भारतसँग लम्पसार पर्दछ भन्ने आरोपलाई गलत सावित गरिदिएको छ । ४ साता अघि मात्रै भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले गोर्खा सैनिक भर्ती पुनः सुरु गर्न नेपालसमक्ष अपिल गरे ।

गोर्खा भर्ती प्रतिबन्धले दुई देशबिचको दशकौँ पुरानो सम्बन्धलाई पनि असर गरेको भारतीय पक्षको दाबी छ। चार वर्षभन्दा बढी समयदेखि नयाँ भर्ती नहुदा भारतीय सेनामा नेपाली सैनिक भएको गोर्खा ब्रिगेडको भविष्य पनि अनिश्चित छ ।

युरेसियन टाइम्सका अनुसार जनरल द्विवेदीले आफ्ना नेपाली सेना प्रमुखलाई गोर्खा सैनिक भर्ती पुनः सुरु गर्न अनुरोध गरेका छन्। “मैले व्यक्तिगत रूपमा नेपाली सेना प्रमुखलाई भारतीय सेनामा जातीय गोर्खाहरूको भर्ती पुनः सुरु गर्न आग्रह गरेँ“, जनरल द्विवेदीले जनवरी १३ मा आर्मी कमाण्डरको वार्षिक पत्रकार सम्मेलनमा भनेका छन् ।

मलाई आशा छ यो चाँडै सुरु हुनेछ। हामीले नेपाल सरकारलाई हाम्रो प्रस्ताव पेस गरेका छौं, अब उनीहरूको प्रतिक्रियाको प्रतिक्षा गरिएको छ। भारतीय सेनाध्यक्षले नेपाली समकक्षी सेना प्रमुखसँग अग्निपथ योजनामा रुपान्तण गरिएको गोर्खा सैनिकमा चाडै नेपालीको भर्ती खुल्ने अपेक्षा गरिरहेका बेला उनले उठान गरेको भनिएको विषय बारे नेपाली सेनाले भने अनभिज्ञता प्रकट गरेको छ ।

गोरखा सैनिक भर्ती पुनः सुरु गर्न भारतीय सेनाध्यक्षले अनुरोध गरेको हो ? भन्ने नेपाल टाइम्सको प्रश्नमा नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरबकुमार केसीले भने अनभिज्ञता जाहेर गरेका छन् । त्यो भेटवार्ताको एजेण्डा नरहेको र गोर्खा भर्ती बारे छलफल भएको नेपाली सेनालाई जानकारी नरहेको उनले बताएका छन् ।

उनले यो विषय नेपाली सेनासँग नजोडिने समेत प्रष्ट पारेका छन् । यता परराष्ट्र मन्त्रालयले समेत अहिलेकै अवस्थामा रोकिएको गोर्खा भर्ती खुल्ने संभावना नरहेको बताएको छ । मन्त्रालय स्रोतले भनेको छ,जस्तो अवस्थामा रोकिएको थियो अहिले त्यस्तै अवस्था रहेको छ ।

सेनामा भर्ना हुने युवाको हितअनुकुल नभएसम्म भर्ती खुल्ने अवस्था छैन् । नेपाली नेताहरूले सन् १९४७ मा नेपाल, भारत र ब्रिटेनबीच भएको त्रिपक्षीय सन्धिअनुसार गोर्खा भर्ती चलिरहेको भन्दै भारतले एकलौटी रूपमा त्यसमा परिवर्तन गर्न नमिल्ने धारणा राख्दै आएका छन्।

नेपालको भर्ती रोक्ने एउटा प्रमुख कारण भारत सरकारको अग्निपथ योजना हो। सन् २०२२ मा आएको यो योजनामा चार वर्षका लागि सैनिक भर्ती गरिन्छ । सेवानिवृत्ति लाभका लागि कुनै प्रावधान छैन् । ७५% अग्निवीरहरू चार वर्षपछि सेनाबाट रिटायर हुन्छन्।

त्यसपछिको उनीहरुको भविष्य नै अन्योलग्रस्त हुन्छ । यसैले नेपाल सरकार अग्निवीर योजनाका सर्तहरूसँग सहमत छैन। नेपालले यसलाई सन् १९४७ को त्रिपक्षीय भारत–नेपाल–बेलायत सम्झौताको उल्लङ्घन भएको बताएको छ।

सन् २०२२ मा अग्निपथ सुरु भएपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा रहेको सरकारले भारतीय सेनामा गोर्खाहरूको भर्ती रोकेको थियो। यसलाई सन् १९४७ को त्रिपक्षीय सम्झौता मार्फत औपचारिक बनाइएको थियो।

यस सम्झौताले भारतीय र ब्रिटिस दुवै सेनालाई गोर्खाहरूको भर्ती जारी राख्न अनुमति दियो। सम्झौताका सर्तहरू अन्तर्गत, छवटा गोर्खा रेजिमेन्टहरू भारतलाई छुट्याइएको थियो र चारवटा ब्रिटिस सेनासँग रह्यो।

हाल, भारतीय सेनाले सातवटा गोर्खा रेजिमेन्टहरू राखेको छ, जसमा लगभग ३४,००० नेपाली सैनिकहरू यी एकाइहरूमा कार्यरत छन्। भर्ती बन्द हुनुअघि भारतीय सेनाले नेपालबाट वार्षिक १२०० देखि १५०० गोर्खाहरू भर्ती गर्ने गर्दथ्यो।

सन् २०२० देखि १४ हजार गोर्खा सैनिक सेवानिवृत्त भइसकेका छन् तर यी स्थानहरूमा नयाँ भर्ती गरिएको छैन। यसले परिचालन बटालियनहरूमा उल्लेखनीय कमी ल्याएको छ।यसअघि भारतीय सेनाले सशस्त्र सेनामा गोर्खाहरूको आवश्यकता पूरा गर्न नयाँ योजनामा काम गरिरहेको बताएको थियो ।

’अग्निपथ’प्रति नेपालमा असन्तोष व्यक्त भएपछि तत्कालीन भारतीय स्थल सेनाध्यक्ष मनोज पांडेले नेपालले कुनै निर्णय नगरे ’अग्निपथ’अन्तर्गतका कोटा अरूलाई उपलब्ध गराइने बताएका थिए। अहिले भारतीय सेनामा रहेका गोरखा सैनिकमध्ये ८५–९० प्रतिशत नेपाली छन्।

अहिले लगभग ३० हजार गोर्खा सैनिक सेनामा कार्यरत छन्। तीमध्ये ८५–९० प्रतिशत नेपाली गोर्खाहरू छन्। हरेक वर्ष करिब एक हजार गोर्खा सैनिक सेवानिवृत्त हुन्छन्। यति धेरै सिपाहीहरू भर्ती गर्न आवश्यक छ। भारतीय राजदूतावासको वेबसाइटका अनुसार नेपालमा एक लाख २२ हजार गोर्खा पेन्शनधारीहरू रहेका छन् ।

भारतले पछिल्लो पटक सन् २०१६–१७ मा सार्वजनिक गरेको एउटा आँकडाअनुसार उसले पेन्शनमा मात्रै ४.४७ अर्ब रुपैयाँ खर्च गरेको छ। नेपालीको भर्ती सुरु नभए केही वर्षमा भारतको गोर्खा रेजिमेन्ट नेपालीविहनि हुनेछ । यसलाई बाचाई राख्नका लागि भारतीय पक्षसँग भारतीय गोर्खाहरूमार्फत नै पूर्ति गर्नुको विकल्प रहने छैन् ।

Tags: #गोर्खा भर्ती#भारतीय सेनामा छटपटी

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.