×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

‘बालेनले मधेशी कुटेको भन्दै’ संसद हल्लियो,सिंहदरबार भत्काउन चुनौती

२८ माघ २०८१

२८ माघ, काठमाण्डौ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आजपनि संसद हल्लाएका छन् । सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई चुनौती दिएका छन् । उनले कवाड व्यवसायीमाथि डोजर चलाएको भन्दै नाजीवाद र फाँसीवादमा नभएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान र त्यसले दिएको नागरिक अधिकारमा ख्याल गर्न आग्रह गरेका हुन् ।

Advertisement
Advertisement

“हामी ०७२को गणतान्त्रिक संविधानमा शासित छौँ । काठमाडौं सातै प्रदेशको राजधानी हो । काठमाडौं महानगरपालिकाको मेयर जसरी जर्मनीमा नाजीवादको सुरुवात भएको थियो हिटलरबाट । त्यसरी नै प्रस्तुत हुँदैछन्,” अमरेशले भने, “हिजो माघ २७ गते कवाड व्यवसायीहरुमाथि डोजर चलाइयो । त्यहाँ मुस्लिम छ, दलित छ, काठमाडौंका पनि छन् । जो घाइते भएका छन् त्यहाँ कोही पनि शासक छैन ।” “म बालेनलाई च्यालेन्ज गर्न चाहन्छु हिम्मत छ भने संसद् भवन भत्काएर देखाऊ, हिम्मत छ भने सिंहदरवार भत्काएर देखाऊ, हिमम्त छ भने रामशाहपथको सर्वोच्च अदालत भत्काएर देखाऊ, हिम्मत छ भने बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ,” अमरेशले भने, “यो नाजीवादको शैली काठमाडौं महानगरको मेयरबाट चल्दैन।” त्यो मेयर कुन तानाशाह भएर निस्किएको छ ?

उनले गरिब मधेशी कुटेर बालेन नाजीकालीन हिटलर र मुसोलिनी बन्न खोजेको टिप्पणी पनि गरेका छन् । अमरेशले बालेनसँग दाजेका हिटलर र मुसोलिनी भने विश्वमै क्रुर फासीबादी शासकका रुपमा चिनिन्छन् ।

बेनीटो मुसोलिनी इटालीका एक तानाशाही शासक तथा फासीवादी नेताका रूपमा परिचित छन्। उनी फासीवाद का प्रवर्तक मानिन्छन् र सन् १९२२ देखि १९४३ सम्म इटालीका प्रधानमन्त्री तथा एकछत्र शासक बनेका थिए ।

उनले सन् १९२२ मा “मार्च अन रोम“ मार्फत सत्ता कब्जा गरेका थिए । प्रेस स्वतन्त्रता उन्मूलन, विरोधीहरूमाथि दमन, एकदलीय शासन उनका विशेषता थिए । द्वितीय विश्वयुद्धमा एडोल्फ हिटलरको जर्मनीसँग उनी मिलेका थिए ।

तर सन् १९४३ मा मित्रराष्ट्रहरूले इटाली कब्जा गरेपछि उनलाई सत्ता छोड्न बाध्य बनाइयो । सन् १९४५ मा जब मित्रराष्ट्रहरूले इटाली कब्जा गरे, उनी आफ्नी प्रेमिका क्लारेटा पेटाचीसँग भाग्ने क्रममा पक्राउ परे।

अप्रिल २८, १९४५ मा उनलाई गोली हानी हत्या गरियो र शवलाई मिलान शहरमा झुन्ड्याइएको थियो । यस्तै एडोल्फ हिटलर जर्मनीका तानाशाही नेता थिए, जसले नाजी पार्टीको नेतृत्व गर्दै द्वितीय विश्वयुद्ध सुरू गरेका थिए।

उनी पनि फासीवादको एक प्रमुख अनुयायी तथा नस्लवादी विचारधाराका पक्षधर थिए। हिटलरको शासनकालमा ६० लाख यहूदीहरूको हत्या र युरोपमा अराजकता फैलिएको थियो। उनको शासनकालमा एकदलीय व्यवस्था, प्रेस नियन्त्रण, विरोधीहरूमाथि दमन गरिएको थियो ।

सन् १९४५ मा मित्रराष्ट्रहरूले बर्लिन कब्जा गरेपछि उनले आत्महत्या गरेको मनिन्छ । एडोल्फ हिटलर इतिहासकै सबैभन्दा क्रूर तानाशाहहरूमध्ये एक मानिन्छन्।आइतबारको संसद बैठकमा आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साह पनि बालेनमाथि यही विषयमा खनिएका थिए ।

साहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहमाथि गुण्डागर्दीको आरोप लगाए । ‘टेकुको कवाडमा काम गर्ने मजदुरहरूमाथि साङ्घातिक हमला भएको छ । कथित महानगरको प्रहरी भन्नेहरूको जत्थाले हमला गरेका छन् ।  धेरै घाइते भएका छन्’, उनले भने, ‘म आग्रह गर्न चाहन्छु, कानुन र अदालतको आदेशविपरीत काठमाडौं महानगरले गुण्डागर्दी प्रस्तुत गरिरहेको छ । यो सरकार कानुन बहालीको सक्षम हो होइन, हो भने सबैको जिउधनको सुरक्षा गरोस्।’

आइतबार कवाडी खाली गर्ने क्रममा भएको झडपमा महानगर प्रहरीको लाठी चार्ज र आक्रमणमा परेर ४ जना श्रमिक घाइते भएका थिए । टेकुस्थित एक कबाड गोदाममा महानगरपालिकाले डोजर चलाएको थियो ।

गोदामका मजदुरहरू प्रतिकारमा उत्रँदा झडप भएको हो । सो क्रममा ४ मजदुर घाइते भएका छन् । नगर प्रहरीको कुटाइबाट उनीहरू घाइते भएका कबाड व्यवसायी संघर्ष समितिका संयोजक राम केवल गुप्ताले बताए ।

गुप्ताका अनुसार घाइतेहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । यस्तै २ जना नगर प्रहरी पनि घाइते भएको बताइएको छ । कवाडी गोदाम हटाउन पुगेको काठमाडौं महानगरपालिकाको नगर प्रहरी बललाई कवाड व्यवसायीहरूले अवरोध गर्न खोजेपछि झडप भएको हो ।

नगर प्रहरीको टोली डोजर लिएर कवाडी संकलन केन्द्र भत्काउन पुगेको थियो । तर, कवाड मजदुरहरूले प्रतिवाद गर्न खोजेपछि झडप भएको महानगरले जनाएको छ । काठमाडौं महानगरको नगर प्रहरी बलका कार्यवाहक प्रमुख एसपी विष्णु जोशीले भने कवाडी व्यवसायीले बोत्तल प्रहार गरेको र आत्म सुरक्षा गर्ने क्रममा दोहोरो झडपको स्थिति आएको बताएका छन् ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top