NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

शंकर र वर्षमानको संवादमा कांग्रेसको प्रष्टीकरण

सोमवार माघ २८ , २०८१
Reading Time: 1 min read
A A
शंकर र वर्षमानको संवादमा कांग्रेसको प्रष्टीकरण
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२८ माघ,  काठमाण्डौ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आएदिन वर्तमान सरकार ढल्नै लागेको बताउने गरेका छन् । अहिलेको ओली नेतृत्वको सरकार छिटै नै ढल्ने र त्यसपछि बन्ने सरकारमा कांग्रेस नै आफ्नो पार्टनर बन्ने दाबी प्रचण्डले गर्दै आएका छन् ।

अर्कातर्फ यसअघि आफू सरकारमा हुँदादेखिनै भलै त्यतिबेला कांग्रेसलाई साइजमा राख्न किन नहोस् वामपन्थी वा कम्युनिष्ट एकता वा समाजवादीहरुको मोर्चा बनाउन उनी कसिएका थिए । अहिले सरकारबाट बाहिर रहँदा पनि उनको त्यो प्रयास जारी छ ।

LS Auto

उनको यो प्रयास र एमालेका केही नेताहरुको हाउभाउले फेरि पनि नेपाली कांग्रेसको मुटुमा ढ्याग्रो बज्न थालेको छ । हुन त कांग्रेसले आफ्नो साथ छाडेर माओवादीसंग मिल्न जाला भनेर ओलीलाई पनि डर नभएको होइन ।

जसका लागि उनी बेला बखत आफूले देउवालाई कुर्सी सुम्पिने मिति दोहोर्याइरहेकै हुन्छन् । तर पछिल्लो समय भने एमालेलाई भन्दा पनि बढी कांग्रेसको मुटु पोल्न थालेको देखिन्छ । त्यसैले त एमाले र माओवादीका नेताहरुबीच भएको टेलिफोन सम्बादमा समेत कांग्रेसले स्पष्टीकरण दिन थालेको छ ।

शनिबार शंकर पोखरेल र वर्षमान पुनबीच टेलिफोन संवाद भएको थियो । जसका बारेमा पछि दुई नेताबीच आरोप प्रत्यारोप समेत चल्यो । यी दुई नेताहरुबीच भएको संवाद र आरोपप्रत्यारोपमा भने कांग्रेसका पूर्व प्रमुख सचेतक समेत रहिसकेका केन्द्रिय नेता एवं गृहमन्त्री रमेश लेखकले प्रष्टीकरण दिएका छन् ।

लेखकले दुई नेताको संवादले सत्ता गठबन्धनमा समस्या नहुने बताएका हुन् । धनगढीमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले महासचिव पोखरेल र माओवादी उपमहासचिव पुनबीच फेरि वाम गठबन्धन गर्ने संवादले सत्ता गठबन्धनमा कुुनै समस्या नहुने उनको जिकिर गरेका हुन् ।

‘कुन नेताले कहाँ के बोल्छन् त्यो उहाँहरुको व्यक्तिगत र राजनीतिक कुरा हो तर संस्थागत रुपमा नेपाली कांग्रेस र एमालेबीच सत्ता सञ्चालनमा कुनै समस्या छैन,’ लेखकले भने, ‘त्यो उहाँहरु दुई जनाबीचको राजनीतिक गफ होला तर त्यसले सरकारलाई कुनै समस्या छैन ।’

गृहमन्त्री लेखकले नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार सञ्चालनमा कुनै समस्या नभएको र दुई दलबीचको सम्झौताअनुसार २०८४ को निर्वाचनसम्म सरकार चल्ने बताए । सरकारले आफ्ना कामलाई गति दिने उद्देश्यले अध्यादेश ल्याएको बताउँदै लेखकले उचित समयमा संसदमा पेश गरेर पास हुने बताए ।

तर सरकारले ल्याएको अध्यादेश तथा सदनमा पेश गर्ने भनिएका कतिपय विधेयकहरुमा काँग्रेसकै नेताहरुले असन्तुष्टी व्यक्त गरेका छन् । सामाजिक संजाल सम्बन्धी लगायतका विधेयकमा काँग्रेसका दुवै महामन्त्रीहरुले परिमार्जन अवास्यक रहेको बताएका छन् ।

यद्यपि गगन थापाले पनि अहिलेको सरकार ८४ सम्मै जाने दाबी गर्दै आएका छन् । काँग्रेस र एमाले दुवैले सरकारको आयुका बारेमा एकै दाबी गरिरहँदा दुवै एकअर्काप्रति आशंकित भने छन् । माओवादीले बीचमा बसेर खेल खेलिरहँदा दुवै दलबीच शंकाको विउँ झाँगिदै गएको छ ।

एमालेले माओवादीसंग अध्यादेश संसदबाट स्वीकृत गर्न साथ खोज्नु अनि विगतमा नेताका टाउका जोडेर गरिएको पार्टी एकता असफल भएकाले अब कार्यकर्ताका मन जोडेर बलियो कम्युनिष्ट आन्दोलको निर्माण अवको बाटो भन्ने एमालेको लाइनले काँग्रेस झक्किनु स्वभाविक नै हो ।

शंकरले वर्षमानाई फोन गर्नुको अन्तर्य त्यसका लागि वातावरण तयार गर्नु पनि त हुन सक्दछ भन्नुले महत्वपूर्ण अर्थ राख्ने केहीको बुझाई छ । तर यो कांग्रेसमाथि दबाव बनाइराख्ने रणनीति बाहेक अरु केही नभएको पनि केही ठान्दछन् ।

यसबीच नेकपा एकिकृत समाजवादीका तर्फबाट पनि एमालेलाई सकारात्मक संकेत मिलेको छ । आज मात्रै नेकपा एसका सम्मानित नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर अर्को जनमुखी सरकार बन्ने अवस्था नरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले ओली सरकार ढालेर अर्को जनमुखी सरकार बन्ने अवस्था नरहेको बताएका हुन् । खनाल ओलीप्रति सकारात्मक देखिरहँदा यता माओवादी अध्यक्ष पुष्पकमल दाहालले भने प्रधानमन्त्री केपी शर्मा ओली एमालेको नेतृत्वमा रहुन्जेलसम्म वामपन्थी एकता सम्भव नरहेको बताएका छन् ।

सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अहिले देशको स्थिति सहज रूपमा अघि बढ्न नसकेको बताएका हुन् । प्रधानमन्त्री ओली अहिलेको आन्दोलन, परिवर्तन बर्बाद गर्न र संविधान खारेज गर्न चाहने व्यक्ति भएको आरोपसमेत अध्यक्ष दाहालको छ ।

मधेशी जनताका लागि दुई पटक संसद्मा संविधान संशोधनको प्रस्ताव गर्दा प्रधानमन्त्री ओलीले नै रोकेको उनले आरोप लगाएका छन् । प्रचण्डले एमालेमा ओलीको नेतृत्वमाथि आरोप लगाइरहँदा पछिल्लो समय एमालेमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढेको छ ।

एमालेका नेताकार्यकर्तासंगको उनको बाक्लो भेटघाट र त्यसक्रममा जति खेर देश वा पार्टीलाई आवस्यकता पर्छ त्यतिबेला जुनसुकै स्वरुपमा पनि आफूले जिम्मेवारी लिनसक्ने उनको अभिब्यक्तिले एमालेमै तरंग पैदा गरेको छ ।

Tags: #कांग्रेसको प्रष्टीकरण#शंकर र वर्षमानको संवाद

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

00:18:44

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
९८६२२१३०५७
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.